Skip to main content

Posts

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

यो अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi (नाकाबन्दी अपराध हो, मिस्टर मोदी) ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी जनकपुरमा आइपुग्ने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi ट्विटरको ट्रेन्ड लिस्टबाट हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा केही घन्टापछि त्यही ट्रेन्ड पुन: देखापर्‍यो । विगतमा बाहिर भएका केही ट्रेन्डहरु फेसबुक तथा ट्विटरले 'ट्विक' गरेको भन्ने खबर आएका कारण, सुरुमा यो सेन्सरसिप नै हो भन्ने लाग्यो । तर उक्त ट्रेन्ड ट्विटरबाट हराएर केही घन्टापछि फेरि आएबाट, सेन्सरसिप हैन भन्ने लाग्यो । मोदी र ट्विटर ट्रेन्डबारेको यो पडकास्ट 📻 सुन्नुहोस् ट्विटर ट्रेन्ड कसरी हुन्छ? ट्विटरमा ट्रेन्ड हुन यति नै ट्विट हुनुपर्छ भनेर कहिँ उल्लेख गरेको पाइँदैन तर पनि केही कुरा ट्रेन्डमा देखिनको लागि त्यस विषयमा एकैपटक, धेरै ठाउँबाट धेरैले एउटै विषय ट्विट गरेको हुनुपर्छ । एउटै विषयमा हजारौँले दिनभरि ट्विट गर्दा त्यो ट्रेन्डिङ टपिकमा देखिन्छ भन्ने हुँदैन । ट्विटरमा ट्रेन्ड हुन, कुनै पनि विष...

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन । दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ । ...

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो । एन्ड्रोइड नेपाली किबोर्ड मा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड , नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ । ➤ आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

अनि मैले पनि “हेए माईट” भन्न थालेँ। जिन्दगीको २३ बर्ष “नमस्कार”, “ओई”, “ओहो! के छ हालखबर”, “भाइ, सुन त”, “दाइ सुन्नुस् त” जस्ता सम्बोधनबाट वार्तालाप सुरु गरेर सकियो। त्यसपछि पलायन भईयो। त्यहाँ एक दशक बिताउँदा आफ्नै पारामा “हेलो” “हाई”, “एक्स क्युज मी”, “ए ! तपाई नेपाली हो” जस्ता सम्बोधनले वार्तालाप सुरु गरियो । अर्को अर्थमा भन्दा, यसैमा बानी परिसकेको थियो, त्यहाँ यही ढगंले बोलाउनु पर्छ भन्ने थिएन। मान्छेहरू सम्बोधन गरेकै आधारमा व्यवहार गर्दैनथे। आफुलाई जे ठिक लाग्छ त्यही अनुसार सम्बोधन गर्दा हुन्थ्यो। त्यसपछि जिन्दगीको नयाँ अध्याय सुरु गर्न गुँड सारेर बिल्कुलै नयाँ ठाउँमा लागियो। १४ घन्टाको फ्लाईटबाट निस्केर ईमिग्रेसनमा पुग्ने बित्तिकै एउटा पुलिस आएर “हेए माईट” भन्यो। यताकाले “माईट” भन्छन् भनेर त पहिलै यता आएका साथीहरूले च्याटमा “अ’राईट माईट” भनेको सुनेको थिएँ तर के, कति, कस्तो ठाउँमा, कति मात्रामा “माईट” प्रयोग गर्नु पर्ने हो भनेर चाँहि राम्रो संग बुझेको थिईन। ईमिग्रेसन सकेर बाहिर पुग्ने बित्तिकै एउटा साउथ एसियन उबर ड्राईभर “हेए माईट” भन्दै आयो र छुट्ने बेलामा “अ’राईट माईट” भन...

घरमा धारा बिग्रियो? टिभी वा फ्रिज बिग्रियो? कसलाई सम्पर्क गर्ने? कता बनाउन जाने? कसरी लाने? यो मेरो मात्र होइन, हामी प्राय: सबैको समस्या हो । यही समस्याको समाधान घर-घरमै गएर गर्न सजिलो मर्मत सेवा आइपुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर भित्र घर-घरमै पुगेर सेवा दिने लक्ष्य सहित स्थापना भएको सजिलो मर्मत सेवाले प्लम्बिङ, विद्युत, कम्प्युटर हार्डवेयर, नेटवर्किङ तथा अन्य घरायसी सामाग्रीहरुको जडान तथा मर्मत सेवा प्रदान गर्छ । सजिलो मर्मत सेवाका अनुसार, कम्पनीमा १ सय भन्दा धेरै अनुभवी प्लम्बर र इलेक्ट्रिसियनहरु उपलब्ध छन् । आफ्ना टेक्निसियनहरु काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा छरिएर रहेका हुनाले सेवा छिटो र भरपर्दो हुने कम्पनीको दावी छ । "जहाँ समस्या, त्यहाँ सजिलो" मन्त्र सहित आएको कम्पनीले सेवाग्राहीका लागि वार्षिकरुपमा करार तथा आवश्यकता अनुसार 'अन कल' सुविधा दिने जनाएको छ । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत रहँदा, आफूले घरायसी मर्मत सेवा सम्बन्धि सुविधा पाउन अप्ठ्यारो रहेको तर अर्कोतिर टेक्नीसियनहरुले बजारमा चाहिएको मात्रामा ग्राहक र काम नपाएको महशुस गरेर सजिलो मर...