Skip to main content

Posts

तपाईहरु प्राय: सबैलाई थाहा नै होला, अहिले संसार भरि ‘एङ्ग्री बर्ड’ (Angry Birds) नामक ‘खेल’ ले तहल्का मच्चाइरहेको छ । डिसेम्बर २००९ मा आइफोन बाट प्रवेश गरेको यो खेल अहिले प्राय: सबै मोवाइल र ब्राउजर मा अनलाइन र अफलाइन दुवै खेल्न मिल्छ । खेल को नियम साधारण छ, खास मा यो खेल हामीले गुगेली खेले झैँ खेल्न सक्छौँ । आइफोन हुँदै यो खेल, एन्ड्रोइड, विन्डोज फोन र अन्य फोनमा आइसकेको छ । यति मात्र होइन, यो खेल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा पनि आइसकेको छ । सन् २०१० मा सर्वाधिक सफल रहेको यस खेल, मोवाइल मा सबैभन्दा धेरै पटक डाउनलोड गरिएको खेल हो भने यस खेल नखेल्ने कमै मात्र व्यक्ति संसार मा होलान् । खेलको लोकप्रियता का कारण ‘एङ्ग्री बर्ड’ फेसबुक मा पनि आइसकेको छ । खेलमा गुलेली ताके झैँ, ताकेर चरा को ‘अण्डा’ चोरेर लाने हरिया रङ्गका ‘सुंगुर’हरुलाई ठहरै बनाउनु पर्ने हुन्छ । ‘रोभिओ मोवाइल’ (Rovio Mobile Ltd.) ले निर्माण गरेको यस खेलमा ‘लेभल’ नै पिच्छे फरक फरक शैलीमा ‘सुँगुर’हरु बसेका हुन्छन् । यो भन्दा अझ रमाइलो कुरा, ‘एङ्ग्री बर्ड’ को नेपाली भर्सन ‘क्रुद्ध चरा’ नेपाली ट्विटर प्रयोगकर्ताहरुका म...

आफ्नो ट्रेनको नाम थियो, दरभंगाबाट बेङ्लोर चल्ने ‘बाग्मती एक्सप्रेस’ ! ‘बाग्मती एक्सप्रेस’ हप्तामा एकपटक मात्र चल्ने रहेछ, बाँकी दिन पट्नाबाट ‘संघमित्र एक्सप्रेस’ चल्ने रहेछ । ‘स्लिपर क्लास’ मा जाने यात्रुहरु भएको ठाउँमा गएर बसेँ । त्यस प्रतिक्षालयमा बस्न नाम, ठेगाना, ट्रेन नम्बर सबै टिपाउनु पर्ने रहेछ, भित्रै बाथरुम पनि रहेछ । म सँगै एउटा केटा पनि थियो, उ पनि बारम्बार भित्तामा टाँगिएको मनिटरमा हेर्थ्यो । राती १२ बजेसम्म छुट्ने ट्रेनको नाम दिइसक्यो, आफ्नु ८:२० मा छुट्ने भनेको ट्रेन को कुनै अत्तोपत्तो छैन । सायद, उसको मुखबाट कुनै बेला ‘बाग्मती’ भन्ने शब्द सुनेको थिँए होला, धेरै बेर आफू चुपचाप एक्लै रहेको मैले उसलाई एक्कासी सोधेँ । “आपका भि बाग्मती एक्सप्रेस हे क्या” – मैले सोधेँ । “हाँ, बाग्मती एक्सप्रेस ही है” – उसले जवाफ दियो । उसलाई जवलपुर भन्ने ठाउँ जानुपर्ने रहेछ । पट्नाबाट उसको दिउँसोको ट्रेन रहेछ, तर १५ मिनेट ढिलो भएर ट्रेन छुट्यो भन्दै निन्याउरो अनुहार लाएर उ बसिरहेको थियो । गंगामाथि भएको पुलमा जाममा पर्दा, उसको ट्रेन छुटेको रहेछ । अनि उसले त्यो ट्रेनको टिकट ‘क्यान्सिल’ गरेर, अ...

सर्च जायन्ट गुगल ले, ‘सोसल नेटवर्क’मा एकपटक आफ्नो भाग्य फेरि परिक्षण गर्दैछ । गोप्य राखिएको प्रोजेक्ट ‘गुगल प्लस’लाई हिजो गुगल ले सार्वजनिक गरेको छ । बज, वेभ आदि को असफलताबाट पाठ सिक्दै गुगल ले फेरि एकपटक ‘सोसल नेटवर्क’ मा आफ्नो अस्तित्व खोज्दैछ । अनि यसपटक, गुगल, ‘गुगल प्लस’ मार्फत ‘सोसल नेटवर्क’ मा आफ्नो उपस्थिति जनाउन खोज्दैछ । हिजो देखि केही व्यक्तिहरुलाई गुगल ले ‘टेस्टिङ’ गर्न को लागि गुगल प्लस दिएको छ । अन्य का हकमा भने, गुगल प्लस को “एकाउन्ट” बिस्तारै पछि दिइने कुरा गुगल ले जनाएको छ । गुगल प्लस को आगमन सँगै गुगल ले आफ्ना सबै पेजहरुको ‘नेभिगेसन’ बारको रङ्गलाई पनि परिवर्तन गरेको छ । अब गुगल का सबैपेज को माथि ‘कालो रङ्’ को नेभिगेसन बार देखिने छ । गुगल प्लस को सुरुवाती ‘रिभ्यु’ सबैतिर बाट राम्रो आएको छ । क्लिन डिजाइन मा आएको गुगल प्लसलाई ‘टेक पण्डित’हरुले ‘फेसबुक किलर’ को संज्ञा दिएका छन् । गुगल को सामाजिक हुने प्रयत्नलाई, फेसबुक चलाउँदा चलाउँदा दिक्क भएका प्राय सबै प्रयोगकर्ता ले स्वागत गरेकाछन् । गुगल प्लस कस्तो छ ? उत्तर सिम्पल छ, ‘फेसबुक’ जस्तो हो, तर फेसबुक भन्दा धेरै फर...

Listen to Bulbul Episode-96 आज विशेष कारणवश नयाँ बुलबुल प्रशारण हुन नसकेको कारण, पहिले नै बजिसकेको ३७ औँ अंक फेरि यहाँ प्रशारण गर्दैछौँ ! शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing su...

A CNN Freedom Project Documentary ‘Nepal’s Stolen Children’ is going to release worldwide today on CNN. Actress Demi Moore partners with CNN Freedom Project for a compelling documentary. A passionate advocate for victims of human trafficking, Demi Moore travels to Nepal to meet 2010 CNN Hero of the Year Anuradha Koirala and some of the thousands of women and girls that Koirala’s organization has rescued from forced prostitution.” This documentary talk about the horror stories of former sex slaves, how were they taken and where were they sent? According to CNN , in documentary Demi Moore searches for answers in the fight to end this form of modern-day slavery. Moore hears horror stories from former sex slaves, plays games with their children, and joins one woman making the daunting trip home. Check Out short video clip from ‘Nepal’s Stolen Children’ WORLD PREMIERE on CNN on Following Date & Time. Sunday, June 26 Hong Kong 20:00 (Nepali Time is 22:15) London 20:00 ...

बेलुका ८:२० बजेको रेल चढ्न म पट्ना बसपार्कमा बिहान साँढे चार बजे ओर्लिएँ । बिहानको समय भएर होला, मौसम ठन्डा थियो । नौलो ठाउँ भएको र आफूले जिन्दगीमा कहिले रेल नदेखेको र नचढेको कारण आफ्नो रेल राती छुट्ने भएपनि बिहानै पट्ना आइपुगेको थिएँ । ‘गंगा’ पार गर्दै गर्दा पट्ना शहरमा बलेका बत्तिहरुले मलाई पट्ना शहर ठुलो होला भन्ने आभाष गराएको थियो । त्यति ठूलो शहरमा कहाँ जाने, स्टेशन कता छ, केही थाहा थिएन । तर पनि मेरो मनमा भने कुनै किसिम को प्लान थिएन, कुनै डर थिएन (अहिले सम्झिँदा आफैँलाई अचम्म लागिरहेको छ) । म त्यही बत्तिहरु हेर्दै शहर ठूलो होला भन्ने अनुमान गर्थेँ, अनि कुनै पनि चोकमा पुग्दा, रेल्वे स्टेशन पुग्ने बाटो त्यो होला भने जस्तो लाग्थ्यो । फेरि निरजले, हनुमान मन्दिर नजिक स्टेशन छ भनेको थियो, अनि हनुमान मन्दिर भनेपछि आफ्नो दिमागमा अर्कै किसिमको छाप परेको थियो । मलाई सर्लाहीको हरिऔनमा भएको हनुमानको मुर्ति जस्तै मुर्ति भएको हनुमान मन्दिर पट्नामा होला भन्ने लागेको थियो, र यो मेरो कोरा कल्पना थियो । हनुमान मन्दिर नजिक स्टेशन नभइ, स्टेशन नजिक हनुमान मन्दिर रहेछ भन्दा फरक नपर्ने रहेछ । बिहा...

टिकट काटिसकेका कारण, पट्ना पुगिन्छ भन्नेमा विश्वस्त थिँए । बाटो के कस्तो हुने हो, कहाँ बाट जाने हो, कता पुग्ने भन्ने कुनै पनि किसिमको कुरा दिमाग आएको थिएन, एकहिसाबले भन्दा मनमा कुनै किसिमको डर लागेको थिएन । त्यसमाथि निरजले, पट्ना हनुमान मन्दिर नजिक नै ट्रेन स्टेशन छ भनेको कारण, एक किसिमको ढुक्क जस्तो पनि थिँए, तर पनि मलाई के हनुमान मन्दिर, के ट्रेन स्टेशन, केही थाहा थिएन । हुन त निरज र भोजराज दाइले दिएको सल्लाह कै आधारमा रक्सौलबाट पट्ना ‘नाइट बस’ मा जाने सोच घरमै बनाएको थिँए । त्यसमाथि साथि प्रदिप मार्फत पट्ना कै एक स्थानियलाई पनि फेसबुक मार्फत साथि बनाएको थिँए । अनि पट्नामा उ सँग भेट्ने सबै चाँजोपाँजो मिलाइसकेको थिँए, उसको फोन नम्बर म सँग थियो, अनि फेसबुकबाटै ३-४ पटक म्यासेज आदानप्रदान भएको थियो, अत: एककिसिमको ढुक्क थिँए । बस काउन्टर सँगै राखिएको सोफामा सुतिरहको मलाई ‘भाइसाब, उठिए’ भन्दै काउन्टरमा बस्ने व्यक्ति ले ब्यँझायो । ‘अब मे काउन्टर बन्द करके घर जा रहा हुँ’ । राती ८:२० को बस छ, बेलुका ५ बजे काउन्टरको मान्छे घर जान्छु भन्छ, ठगियो कि क्या हो जस्तो लाग्यो । तर लगत्तै उसले भन्यो...

Listen to Bulbul Episode-95 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.co...

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Monday published the results of the School Leaving Certificate (SLC) 2067 examinations held last year. Under the regular category, a total of 2,20,766 students passed the exams, with pass percentage standing at 55.5, the OCE said in a press statement. Among them 1,24,305 are boys and 96,461 are girls. Of those passing the iron gate, 23,0499 achieved distinction marks; 82,619 passed in the first division; 1,09795 second division and the rest in 8241 third division. As many as 4,54,022 students had appeared in the exams conducted in March this year. Likewise, under the exempted category, 9733 students passed the exams with the pass percentage of 17.30. Combining both the categories 2,30,509 students made it through the iron gate. via ~ The Himalayan Times We have uploaded SLC Result 2067 in .txt  and .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who...

“आपको आइसी, साट्ना हे तो, आगे साट्लो” सिर्सिया खोलाको पुल तरेर दक्षिणतिर लागेपछि टाङ्गावालाले भन्यो । टाँगामा एक्लै छु, रक्सौल बजार छिरिसकेको छु, पैसा साट्ने बहानामा यसैले पो पैसो लुट्ने हो कि भन्ने शंकाले एक्कासी मनमा वास गर्‍यो । खल्तिमा ८-९ सय नेपाली रुपैयाँ र केही भारतिय रुपैयाँ थियो । भै’गो नेपाली पैसो पनि संगै लान्छु भन्ने सोचेर, ‘हमारे पास आइसी हे’ मैले भनेँ । त्यही नि टाङ्गावालाले दोहोर्‍यायो, ‘फिर आपको आगे साट्नेका जगा नहिँ मिलेगा’ । जति जति म सँगै टाङ्गा रक्सौल बजारको धुलोभित्र हराउन खोज्दै थियो, त्यति त्यति सबै कुरा विरानो लाग्दै आइरहेको थियो । मन ओइलाएको थियो, घरमा फोन गर्ने विचार गरेँ तर मोवाइलमा नेटवर्क सिग्नल थिएन । रेलको लिक कटे पछि भने अकस्मात टाङ्गावालालाई टाङ्गा रोक्न इशारा गरेँ । खल्ति छामछाम छुमछुम पारेजस्तो गरि पर्सबाट यस्तै ८-९ सय निकालेँ । बाटोको वायाँ छेउमा लस्करै भारु साट्नेहरु बसेका थिए, एक-एकवटा टेबल राखेर । उनीहरु भारत तिर जाँदै गरेकालाई आइसी साट्लो भन्थे अनि नेपाल तिर आउँदै गरेकालाई एनसी साट्लो भन्थे । मैले पनि टाङ्गा रोक्ने ईशारा गरेर भारु साटेँ । त्यसल...