राजा महाराजा को सवारी बाट आजित भएका नेपाली ले, गणतन्त्र आएपछि सवारी को सास्ति अब खेप्नु पर्दैन होला भन्ने लागेको थियो । ‘सिस्टम’ परिवर्तन भयो भनियो, देश को राष्ट्रप्रमुख जनता को छोरा भए भनियो । अझ हाम्रा राष्ट्रपति छानिएको बेला त, भैँसी चराउने, जनताका छोरा, राष्ट्रपति बने भनेर, गर्व सँग भनियो, चर्चा परिचर्चा गरियो । तर ती त सबै भन्ने कुरा न हुन् भन्या जस्तो गरेर, सत्ता मा उनै जनता का छोरा पुगेपछि, फेरि दुख पाउने जनता नै भा’का छन् । विरेन्द्र वा ज्ञानेन्द्र, जसका सवारी हुँदा पनि, सवारी का निहुँ मा जनता ले दुख पाएका थिए, र अहिले राष्ट्रपति को पनि ‘सवारी’ नै भन्ने गरिएको छ । हामीले सुशासन र समानता को लागि, राजतन्त्रलाई फालेको हैन र ? राजतन्त्र फालिसकेको अवस्था मा, उक्त संस्था को लागि अवलम्बन गरिएको ‘सवारी’ को संस्कार किन अझै जिवित छ ? दोष राष्ट्रपति को हो कि, सुरक्षा निकाय र प्रशासन को हो ? कि चाकडी र चाप्लुसी को संस्कारलाई नै अझै मलजल गर्न खोजिएको हो ? काठमाडौँ को सडक उसै साँघुरो, अझ उसमाथी जाम नपरी कुनै ठाउँमा पुग्छु भन्ने कल्पना पनि गर्नु पर्दैन । तर त्यही जाम र साँघुरो बाटो पनि, कहि...