तेस्रो दिन विहानको ४:०० बजे लगाइएको समय सुचक आवाजले ब्युँझाउनु भन्दा तीन धण्टा अगाडीनै मेरो निर्दा खल्बलि सकेको थियो। रातभरी जाडो, गर्मी दुवै भइरह्यो; कहिले सिरक कम भएर त कहिले धेरै भएर। मलाई घोरेपानीमा बसेको ठाँउ अझै राम्रो लागेको थिएन। जेहेन-तेहेन ४: ५० मा म र शेखर भएर अरु साथीहरुलाई पछाडी नै छाडी सूर्योदय छुट्ला भन्ने डरले पुनहिल तिर हिडिहाल्यौ। विशेष गरेर मलाई र शेखरलाई सूर्योदय कुनैपनि हालतमा छुटाउन मन थिएन। त्यसैले अलि अल्छी गरिरहेका साथीहरुलाई छाड्नु पर्यो। रात पुरै नसकिएकाले उज्जयालो भइसकेको थिएन। हामीसँग बाटोमा चाहिने वा भनौ अध्यारोमा चाहिने बत्ति केहीपनि थिएन। तर हाम्रो यात्रा जुनको प्रकाशले सजिलो बनाइदियो। घोरेपानिमा तेसैत जाडो बढी हुने अझ तेसमापनि हामी हिमालतिरै लम्किरहेकाले होला जाडो एकदमै बढी भइरहेको थियो। जाडोले मेरा दाँतहरु बजिरहेका थिए। केही समयको उकालो चढाइपछि भने जाडो कम हुन थाल्यो, जीऊ तातेकाले। अलिमाथि पुगेपछि मानिसका हुलहरु सलबलाएको देखिन थाल्यो। सबै उकालो चढीरहेका थिए। हामी लम्किरहेको दिशाको ठ्याक्क पछाडी आकाशमा लाली लाग्न सुरु भइसकेको थियो। लाली बढ्दै जाँदा मल...