Skip to main content

Posts

तिमीले निचोर्दै, चिथोर्दै खियाउन लाग्दा म कहिले आत्तिन्न । तिमी सँग शक्ति होला म सँग सामर्थ्य छ तिमी सँग क्रोध होला म सँग सहनशिलता छ तिमी सँग बुद्धि होला म सँग विवेक पनि छ ! त्यसैले तिमी र म वा म र तिमी जताबाट हेरौँ फरक स्पष्ट छ । तिमी पेल्न खोज्छौ म ढुंगा बन्छु तिमी उखेल्न खोज्छौ म अनन्त जरा गाड्छु तिमी धकेल्न खोज्छौ म हिमाल बन्छु तिमी पखाल्न खोज्छौ म अझै चम्किन्छु अनि तिमी थाक्दछौ किनकी म विर गाथा बोकेको गोर्खाली हुँ । सुस्ताहरु मा तिमी रजाँइ गर्न थाल्छौ अनि कालापानीहरुमा मलाई लाग्छ निभ्न लागेको दियो चम्के झैँ, मात्र त्यस्तै । तिमी कसैको अधीनमा रहँदा मैले कसै सामु शिर झुकाइन, कसैसामु घुँडा टेकिन र पिठ्युँ पनि आफ्नै धर्ति सामुन्ने नै थियो । तर पनि तिमी मलाई लाछी ठान्छौ, तिमी सँग क्रोध छ म सँग सहनशिलता छ, तिमी सँग बुद्धि छ तर म सँग विवेक पनि छ ! imgsrc: travel-nepal.com - घिमिरे सुनिल

Listen to Banira Giri's Karagar : Episode-4 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को चौथो अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । बा-आमा तिर्थ जाने कुरा सँगै आज को उपन्यास सुरु हुन्छ । तर बद्रिनाथ बाट फर्किँदा, बाटो मा हिउँ पहिरो मा परे रे, उनी अनाथ भइन् रे । एउटा संसार ३ वटा टुक्रमा बदलियो रे, सं, सा अनि र, 'ठुल्दाजु, सान्दाजु र म' । बा ले, इच्छापत्रमा ठूलो छोरो र सानो छोरोलाई बराबार अनि श्रीमती र छोरीको लागि बराबर अंश भाग लगाएका रहेछन्, तर श्रीमती पनि उनीसँगै टाढा गइसकेकी छिन्, कहिले नफर्किने गरी ! केटाहरु धेरै आए, तर आफूलाई सोध्दै नसोधी ठुल्दाइ, सान्दाइ र भाउजु ले सँधै प्रस्ताव अस्विक

Experience a cleaner Tweeting with Buzzom Desktop. Get Buzzom Desktop to manage your twitter account. Twitter (ट्विटर) एउटा माइक्रोब्लगिङ साइट, जसमार्फत आफ्नो स्टाटस भनौँ या समाचार या जानकारी पलपल अपडेट गर्न सकिन्छ । प्रायलाई थाहा नै होला, दिनानुदिन ट्विटर मार्फत आफ्ना स्टाटस ट्विट गर्ने को संख्या बढ्दैछ । यहि ट्विट गर्नका लागि सयौँको संख्यामा क्लाइन्ट एप्लिकेशनहरु बनेका छन् । ट्विटरफिड देखि ट्विट डेक सम्म का क्लाइन्ट एप्लिकेशनहरु मार्फत ट्विट गर्ने गरिएको छ । तर ती एप्लिकेशन मार्फत चाहिएका भन्दा नचाहिएका ट्विट बढि आयो, स्पामिङ भयो भनेर निकै गुनासो आउने गरेको छ । ट्विटरका प्रयोगकर्ताहरु ट्विटर मार्फत आफ्नो व्यापार, व्यवसाय बढाउन चाहन्छन्, अत नेटवर्क त ठूलो हुने नै भयो, तर यही नेटवर्क का कारण ट्विटर ले समेत धान्न नसक्ने गरि अनि दिक्कै लाग्ने गरि ट्विटहर आउने गर्छन्, अर्थात स्पामिङ धेरै भो भनेर गुनासो आउने गरेको छ । तर अब भने यहि ट्विट को कारण ले समस्या झेल्नुपर्ने छैन, किनकी यस्तै स्पाम कन्ट्रोल गर्न या भनौँ आफ्नो लागि उपयुक्त हुने ट्विटहरु मात्र हेर्न मिल्ने गरि, एउटा नयाँ एप्लिकेशन ब

कोटेश्वर को हिलो र वानेश्वर को धुलो खाँदै घन्टाघर पुगेको छु । घन्टाघर पुग्नासाथ, घन्टि बज्छ । घन्टि बजेकोले आफ्नो घडि को समय र घन्टाघरको समय हेर्छु । ठिकै जस्तो लाग्छ, जति बजेको घन्टि लाग्नुपर्ने त्यति नै बजेको छ, मेरो घडिमा पनि ! तर पनि मलाई शंका लागिरहेको छ, घन्टाघर को समय माथि । म अलि फरक महशुश गर्दैछु, समय मिलेको भएपनि मलाइ नमिलेको जस्तो लागिरहेको छ । हुन त प्राय: घन्टाघर को तलबाट हिँड्दा सँधै समय हेर्छु, समय मिलेको जस्तो लाग्छ आफ्नो घडिसँग । अब कहिले काँहि घन्टाघरको आफ्नै घडिहरु को समय नमिल्नु अलग कुरा हो तर पनि मलाई हरेक पटक घडि हेर्दा केही अजिब लाग्छ, केही गडबढ लाग्छ । त्रि चन्द्र कलेज सँगै रहेको घन्टाघर देश को शान अनि पुर्खा को नासो यति हुँदा हुँदै पनि मेरो मगज सड्किरहेको छ, घडि ले ठिक समय दिइरहेको छ, तर पनि लाग्छ केही त गढबढ छ । कस्तो कस्तो, आँखालाई पनि भ्रम भएजस्तो, केही नमिलेको जस्तो लागिरहेको छ । बाटा छेउ का शिरिष का बोटहरु हरिया छन्, शिरिष का फूलहरु बाटो मा छरिएका छैनन्, फूलहरु रुख को टुप्पा मै रहेर आनन्द लिइरहेकाछन् । लाग्दैछ, म धेरै बेर घन्टघर तल घोरिएर बसेकोले ती शिरिषक

Listen to Banira Giri's Karagar : Episode-3 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को तेस्रो अंक वाचन गर्दैहुनुहुन्छ । डा. वानिरा गिरी को उपन्यास 'कारागार' मा कुनैपनि पात्रहरु को नाम दिइएको छैन । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

काठमाडौँ भन्ने बित्तिकै हिजोआज, धुँवा धूलो उडेको, बाटोभरि फोहोर थुपारिएको, ढल बग्ने खोला, जाम हुने नाली, पानी नआउने धारा आदि इत्यादि याद आउँछ । हुन पनि हो, धुलो उडेको र फोहोर थुप्रिएको या भनौँ फोहोर को गन्ध ह्वास्स नाक मा ठोक्कियो भने, आँखा चिम्लेरै काठमाडौँ आइपुग्यो भन्ने जाने हुन्छ । चाहे वानेश्वर होस्, या न्युरोड वा दरबार मार्ग नै किन नहोस्, फोहोर को डंगुर भेटिन्छन्, बाटो भरि, फुटपाथ बाट हिँड्न पनि गाह्रो ! अझ खोला छेवैछेउ बनेको बाटो बाट त हिँड्छु भनेर नचिताएपनि हुन्छ । खोला कालो देखिन्छ, त्यसमाथि उस्तै नमिठो गन्ध, जति नै नाक थुनेपनि त्यसको गन्ध सिधै नाकबाट माथि मष्तिष्क मा पुग्छ । तर आज म एउटा अचम्म को कुरा देखाउँदैछु । जब मैले देखेँ म त छक्क परेँ, अरे यस्तो पनि हुन्छ काठमाडौँ मा ? काठमाडौँ को नाली मा पानी पनि बग्छ भन्ने कुरा थाहा थिएन, नाली भन्नेबित्तिकै फोहोर थुप्रिएर पानी नबग्ने नाली को याद आउँथ्यो तर जब यो देखेँ तब सबैतिर एकैनास हुँदैन रहेछ भन्ने लाग्यो । साँच्चै भन्दा, काठमाडौँ मा पहिलोपटक मैले यस्तो नाली देखेँ जहाँ संङ्लो पानि बगिरहेको थियो । यो देख्दा सपना हो कि, जस्तो पनि

Listen to Banira Giri's Karagar : Episode-2 "प्रकाशको निम्ति प्वाँख बेच्छन् बत्ति नगिचका डाँठहरु, विलासका निम्ति सबथोक बेच्छन् महल निवासी स्वाँठहरु, वरदान को निम्ति गर्दन बेच्छन् सिंङ्ग उम्रेका बोकाहरु, ज्यानका निम्ति केन बेचुन् हामी जस्ता भोकाहरु ।" हाँस्यव्यङ्ग्यकार 'भैरव अर्याल' को कविता सँगै सुरुहुने आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को दोश्रो अंक वाचन गर्दैहुनुहुन्छ । आज को यो श्रृंखला मा प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । डा. वानिरा गिरी को उपन्यास 'कारागार' मा कुनैपनि पात्रहरु को नाम दिइएको छैन । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

ए एक्युरियम का माछाहरु तिम्रो अस्तित्व केबल सिसा को बन्द घेरा भित्र मात्र सिमित छ । तिमी रंगिबिरङ्गी छौ तर केवल मनोरञ्जनको साधन मात्र यति नै हो तिम्रो अस्तित्व त्यहाँ भन्दा बाहिर तिमी कहिल्यै आउन सक्दैनौ किनकी तिमी पानी बिना बाँच्नै सक्दैनौ पानी तिम्रो घर हो खाने भाँडो हो त्यसैले त होला तिमी पानी विमुख हुनेबित्तिकै छट्पटाउन थाल्दछौ उफ्रन थाल्छौ पुच्छर ले वरपर हिर्काउन थाल्छौ किनकी तिमी आफ्नो मात्र सोच्छौ । तिम्रो उफ्राइले कति किट मरे होलान् तिम्रो छटपटाइले कतिलाई पेल्यौ होला तर तिमी महान छौ त्यसैले त तिमीलाई छानि छानि एक्युरियम मा राखेकाछौँ । तिमी मा उत्पादकत्व छैन सृजनशिलता छैन केबल छ त घमन्ड सेतो, कालो, हरियो, निलो, रातो हुनुको । परिवर्तन हुनु छ भने घमन्ड छोड अनि पानी बिना पनि बाँच्न सिक अनि तिमी महान हुनेछौ विश्वव्यापी हुनेछौ र प्रेरणाको स्रोत पनि नत्र फगत जन्मनु र मर्नुबाहेक केही अस्तित्व रहने छैन केही रहने छैन । नोट: एक्युरियम ले संसद/संविधानसभा भवन जनाउँछ भने माछाहरु ले हाम्रा संसद/सभासद जनाउँछ । imgsrc: mydigitallife.info

When I born, I black When I grow up, I black When I go in Sun, I black When I scared, I black When I sick, I black And when I die, I still black And you white fellow When you born, you pink When you grow up, you white When you go in sun, you red When you cold, you blue When you scared, you yellow When you sick, you green And when you die, you gray And you calling me colored? Note: I've got this piece of poem in my email. As email says, this poem was nominated by the United Nations as the best poem of 2008 & it was written by an African Kid. imgsrc: karamaureen.com

मकवानपुर गढी, इतिहासमा ठूलो प्रभाव रहेको तर अहिले एउटा भग्नावशेष मात्र । करिब १ महिना अघि जति मकवानपुर गढि सम्म पुगिएकोथियो, ख्यालख्याल मै ! हेटौँडा बाट करिब १५-१६ किलोमिटर पूर्वमा महाभारत डाँडा को टुप्पामा मकवानपुर गढि रहेको छ । नेपाल को एकिकरण हुनुपुर्व को एक शक्तिशाली राज्य, अनि त्यहाँ का सेन वंशीहरुले राज्य गर्थे भनेर खुबै पढिएको थियो । अस्ति को छुट्टि मा हेटौँडा पुग्दा, भाइ विवेक ले गढि जाउँ भन्यो, उसले भन्नेबित्तिकै मलाई हतार लागिहाल्यो, धेरै पहिलेदेखि जान मन लागेर पनि नगएको ठाउँ भएकोले, अनि अझ दरबार, ब्यारेक भनेपछि शनिबार को दिन गइयो, मकवानपुर गढिमा, एउटा भग्नावशेष भित्र हाम्रो इतिहास हेर्न ! बिहान खाना खाएर राजदेवी बाट जंगलै जंगल उकालो चढियो ! बाँकी कुरा फोटोहरुबाट प्रस्ट पार्ने कोशीस गर्छु है त ! मकवानपुर गढि प्रवेशव्दार यो, माटो को ढिस्को मुनि चाँहि उहिले राजा को 'सेतो हात्ति' गाडिएको थियो रे । पहिले त्यहाँमाथि एउटा साइनबोर्डमा लेखिएको थियो रे । दरबार प्रवेशव्दार, चारैतिर अग्ला पर्खाल, अनि पर्खाल बाहिर ठूला ठूला, गहिरा खाडलहरु । दरवार प्रवेश गर्ने यही एउटै मात्र ढोका,