मनका कुराहरु बुझेर बुझ्नै नसकिने… खै कस्तो कस्तो… कहिले नसोचेको जस्तो… कहिले थाहा नपाएजस्तो… कति राम्रो र मिठो अनुभव । आत्मियता को गहिरो आभास अनि माया… केबल माया, के भइरहेछ पत्तो छैन । उनलाई देखेकी सम्म पनि छैन… तर भावनात्मक आभाषमा यति धेरै डुबेकी छु… आफैँलाई अचम्म लाग्छ, सायद यही नै हो माया । जताततै चारैतिर केवल उनको मात्रै आभास भइरहेछ… उनलाई मात्र सम्झिरहेकी छु… उनको कल्पनामा लिप्त भएकी छु । आफ्नै कल्पना को डुंगामा म तैरिरहेकी छु… साथमा छन् उनकै भावनाहरु, उनकै आभाषहरु र उनकै कल्पनाहरु… सपना देख्छु अत्याधिक र त्यही सपनामा मैले उनलाई देखेँ… कालोवर्ण, मृगनयनी आँखा… घुम्रेको कपाल, पिताम्बर को लुगा, मजुरको प्वाँख साथमा मुरली… उनी मेरा हुन, मेरा… ‘मेरो कृष्ण’… पूर्वकालमा जन्मेकी भएँ, सायद म नै राधा हुन्थेँ होला वा सायद म नै गोपिनीहरु माझ कुनै एक हुन्थेँ होला… तर अफसोच म अभागिनि, त्यसकाल मा मेरो अस्तित्व रहेन… तर आज यस समयमा म केवल उनलाई सम्झिरहेकी छु… यो प्रेम हो वा होइन… तर मलाई लाग्छ, सायद म माया मा फसेकी छु । कल्पना नै एउटा साहारा बनेको छ, उनको माया पाउन… मेरा कृष्ण, केबल मेरा कृष्ण… उन...