हामी नेपाली को बानी नै नराम्रो, हरेक कुरा मा हामी कमेन्ट गर्छौँ । अझ सरकार को कामकारवाही प्रति त सँधै प्रतिपक्षी कै व्यवहार गर्छौँ, भन्या ! जे मा नि कमेन्ट गर्न हामी साह्रै खप्पिस छौँ के, अब घरमै पनि पहिले खाना खायो, अन्तिम मा कमेन्ट गर्दिहाल्छौँ, यो तरकारी मा नुन चर्को रै’छ । यी त भए, साधारण कुरा अनि प्राय: नोटिस पनि गरिँदैन । तर राष्ट्रिय स्तरमा भए गरेका त हामी हरेक कुरा मा खोट देख्छौँ, कमेन्ट गर्दिहाल्छौँ । तपाईहरुलाई थाहा छ, अहिले १६ घन्टे लोडसेडिङ को चर्चा चारैतिर छ, जो सँग भेट भो, कि त्यही कुरा बाट गफ सुरु गर्छ, अनि फेरी उही सरकारलाई धारे हात लाउँछ । ए बाबा ! हैन, सबैको किन दिमाग भ्रष्ट भा’को होला, लोडसेडिङ शब्द सुन्ने बित्तिकै । लोडसेडिङ को फाइदा कति छ, कति , ख्वै कोही पनि बुझ्नै चाहँदैनन् भन्या ! भन्छन् नि, मान्छेहरु “चर्चित हुनु छ भने, कि त राम्रो काम गर्नुपर्छ रे, कि साह्रै नराम्रो काम”, बिचका काम गर्नेहरु त सदा पेन्डुलम नै रहन्छन् । न उनीहरु को कहीँ चर्चा, न कहीँ खोजखबर, अस्तित्व नै नभएजस्तो, या भनौँ डायनोसर का प्रजाती लोप भए जस्तै बिचका त काम गर्ने त लोप नै भएर जान्छन् ! अध