“नहाँसेर बाँच्न नसकिने जिवन तर हाँसेर बाँच्न नपाएको मान्छे, आफैँमा कति ठूलो बिरोध हो ।” सायद यी माथिका हरफहरु साहित्यिक कार्यक्रम बुलबुल कै कुनै अंकमा सुनेझैँ लाग्छ । कहिलेकाँहि घोत्लिने गरेको छु, तिनै शब्दहरु माथि, तिनै भनाइहरु माथि ! साँच्चै, हाँस्नै नपाएको मन को पिडा कस्तो हुन्छ होला ? अनि पिडा कति अथाह हुन्छ होला ? अनुमान गर्न निकै नै मुस्किल छ । तिहार को टिका लगाइसकिएको थियो । अनि खाना खाएर दिउँसो एकछिन तेर्सो बसेथेँ, भुसुक्कै निदाएछु, बिउँझदा बेलुका को ४ बजिसकेको थियो । उठ्दा खेरि मोबाइल मा एसएमएस आ’को संकेत बजिरहेको थियो, हत्तपत्त एसएमएस हेरेँ, लगभग १ घन्टा भइसकेछ एसएमएस आएको, एसएमएस पढेँ । यहाँ एसएमएस मा के थियो भनेर उल्लेख नगरौँ तर एसएमएस मा कसैको वास्तविकता थियो, कसैको कथा थियो, अनि कसैको व्यथा थियो, अनि कसैको तितो यथार्थ थियो, अनि कसैका लागि बल्झिएको घाउ थियो । साँच्चै भन्ने हो भने, एसएमएस मा कसैको जिवन भोगाइको तितो यथार्थ र वास्तविकता थियो । अनि वर्णन नै गर्न नसकिने एउटा अथाह पिडा थियो, अनि ती पिडाहरु मेरो सामु छताछुल्ल पारिएको थियो एसएमएस मार्फत । “सुख बाँढ्दा सुख बढ्छ भन