“हामी त गाउँका मान्छे, ठूलै बिरामी पर्दा मात्रै काठमाडौँ आइन्छ । ठूलै बिरामी भन्दा को मतलब, यसो अप्रेसन नै गर्नुपर्ने व्यथा लागेको भए काठमाडौँ आइन्छ, नभए त गाउँ मै छ सबैथोक । बर्षौँ मा आइने काठमाडौँ हाम्रो लागि अपरिचत छ, तर हामीलाई काठमाडौँ हेप्छ, अलि कालो देखे “मधिसे”, टोपी लगाएको, मुजा परेर घुँडा माथि पुगेको सुरुवाल लगाएको देखे भने काठमाडौँ हामीलाई “पाखे” भन्छ, अनि दौरा-सुरुवाल लगाएको देखे भने सामन्ति नै ठान्छ । सायद, चिटिक्क परेर सुटबुट लगाउनुपर्थ्यो होला, अनि घाँटिमा दाम्लो भिर्नुपर्थ्योहोला । अनि जता पनि ठग्छन् हामीलाई हाम्रो अनुहार हेरेरै । काठमाडौँमा हाम्रा मान्छे छन्, कहिलेकाँहि आउँदा त्यहीँ नै बसिन्थ्यो, तर अस्ती काठमाडौँ आउँदा त हाम्रा मान्छे पनि टाढा भएछन्, उनीहरु शहरीया भएछन्, अनि उनीहरुकालागि हामी पाखे नै भएछौँ । यसै भन्दैथिए, उनी । तर यसो यता-उता आँखा डुलाएँ प्राय: सबै नै यही भनिरहेका थिए, आफन्त भनेर गएको थिँए तर तुरुन्तै फर्किहालोस् भन्ने पो गर्यो, अनि फर्किँए । हामी काठमाडौँ आउँदा केही दिन आउने पाहुनालाई पनि त्यसो गर्ने हो ?”- उनी झोक्किए । म छक्क परेँ उनको कुराले । घरम...