Skip to main content

Posts

नेपाली ईन्टरनेट प्रयोगकर्ताहरुका आवश्यकता र चाहना बमोजिम स्मार्ट तथा जीवनउपयोगी सुविधाहरु निरन्तर थप्दै गएको हाम्रोपात्रो ले तिहारको अवसरमा नयाँ र्इ-कार्डहरु सार्वजनिक गरेको छ । हाम्रोपात्रोको मोबाइल एप्स तथा वेबसाइट मार्फत विभिन्न सात भाषामा तिहारको शुभकामना ई-कार्डहरु बनाएर आफ्ना साथीभाइ, आफन्तलाई अाफ्नो फोटोसहित अनलाइनमा सेयर गर्न सकिन्छ । ई-कार्ड कसरी बनाउने? हाम्रोपात्रो ई-कार्डमा आफ्नो फोटो राखेर शेयर गर्नको लागि हाम्रोपात्रो वेबसाइट तथा एप्समा पहिले फेसबुकबाट लगइन गर्नुपर्छ । फेसबुक मार्फत लगइन गरिसकेपछि, वेबसाइट वा एप्समा भएका मन परेको कार्ड छान्नुपर्छ । अाफूलार्इ मनपरेको शुभकामना सन्देश सहितको कार्ड छनाैट गरे पश्चात् प्रयोगकर्ताको फेसबुकमा भएको प्रोफाइल तस्बिर उक्त कार्डमा बस्नेछ र तत्कालै फेसबुकमा सेयर गर्न सकिनेछ। यमपञ्चकको विशेष पाँचदिने दैनिकीसहितको गतिविधि सुहाउँदो ईकार्डसहरु पहिलो चरणमा नेपाली, नेवाः, भोजपुरी, मैथिली, पश्चिमी थारू, तामाङ र अंग्रेजी भाषामा उपलब्ध छन् । तपाई यी भाषा बाहेक अन्य कुनै भाषामा ई-कार्डहरु चाहनुहुन्छ भने 'हाम्रोपात्रो...

नेपालमा ई-कमर्स साइट तथा एप्सहरुको बढोत्तरी सँगै अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुँदैगएका छन्। यसकै सेरोफेरोमा, ईन्टरनेट सुरक्षाको विषयमा रिगो टेक्नोलोजी ले प्रकाशित गरेको ब्लग यहाँ पुन: प्रकाशित गरेका छौँ । आजकल नेपालमा सस्तोडिल, केमु जस्ता अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुँदैगएका छन्। यस्ता साइटहरुमा धेरै किसिमका सामान एकै ठाउँमा पाइने, एउटा सामान खोज्न पसल-पसल चाहारी राख्नु नपर्ने, विभिन्न पसलका सामानको मूल्य तुलना गर्न पाइने, बार्गेनिंग गरिराख्नु नपर्ने हुँदा खरिद गर्न सजिलो हुन्छ। तर सजिलोका साथसाथै सुरक्षित खरिदका केहि कुरामा ध्यान पुर्‍याइएन भने उल्टो नोक्सानी पनि हुन सक्छ। इन्टरनेटको माध्यमबाट खरिद गर्दा तपाइको कम्प्युटर, मोबाइल अथवा ट्याब्लेट सुरक्षित हुनु जरुरी छ। दशैँ, तिहार जस्ता चाडहरूमा, बढी खरिद बिक्रि हुने बेलामा अझ धेरै चनाखो हुनु जरुरी हुन्छ। यस्तो बेलामा विभिन्न किसिमका फटाहा, ठगहरु तथा इन्टरनेट अपराधीहरुको गतिबिधि अरु बेला भन्दा अलि बढी नै हुने गर्छ। निकै आकर्षक लाग्ने र अलि बढी नै छुट दिन्छौ भन्ने लोभ लाग्द...

अघिल्लो महिना भिडियो कलिङ एप 'डुओ' सार्वजनिक गरेको गुगलले, हिजो नयाँ च्याट एप् 'आलो' (Allo) सार्वजनिक गरेको छ । स्मार्ट मेसेजिङ एप्‌को रुपमा सार्वजनिक भएको गुगलको 'आलो'ले, हामीले दैनिक प्रयोग गर्ने विभिन्न च्याट एप्सहरुमा उपलब्ध फिचरहरुलाई एकै ठाउँमा ल्याउन कोशिस गरेको झैँ देखिन्छ । 'आलो'मा गुगल असिस्टेन्टसँग च्याट गर्ने देखि लिएर, स्न्यापच्याटको जस्तो केही समयपछि 'मेसेज' आफैँ डिलिट हुने, आईमेसेजको जस्तो 'टेक्स्ट' ठूलो बनाउने फिचरहरु छन् । यसका साथै प्राय: सबै च्याट एप्सहरुमा उपलब्ध ग्रुप च्याट, ईमोजी, फोटो, स्टिकरहरु, डुडल आदि पनि एलोमा उपलब्ध छ । गुगल असिस्टेन्ट तथा स्मार्ट 'रिप्लाइ' बाहेक अर्को राम्रो फिचर भनेको, आलोको प्राइभेट च्याट हो, इनकग्‌निटो मोडमा गरिने च्याट, 'इन्क्रिप्ट' हुनुको साथै, यति समयपछि 'मेसेज' आफैँ डिलिट गर्ने भनेर समय सिमा तोक्न सकिन्छ । गुगल असिस्टेन्ट गुगल नाउलाई विस्थापित गर्दै गुगल असिस्टेन्ट आलो च्याट मार्फत प्रयोगकर्ताहरु माझ आइपुगेकोछ । गुगल असिस्टेन्टलाई, गुगल नाउमै उपलब्ध फि...

हामी मोबाइलबाट दिनहुँ दर्जनौँ फोटो खिचिरहेका हुन्छौँ, तर मोबाइलबाट खिचिएका अधिकांश फोटोहरुको गुणस्तर राम्रो हुँदैन। मोबाइलबाट खिचिएका फोटोहरुलाई थरिथरिका फिल्टरहरु प्रयोग गरेर, राम्रो र आकर्षक देखाएर, सेयर गर्नको लागि केभिन सिस्ट्रोमले सन् २०१० मा ' इन्स्टाग्राम 'को निर्माण गरेका थिए । 'इन्स्टाग्राम'लाई पच्छ्याउँदै मोबाइलमा फोटो सम्पादन गर्न, तथा सामाजिक सञ्जालमा सेयर गर्नको लागि सयौँ एन्ड्रोइड तथा आइओएस एप्सहरु निर्माण भएकाछन् । यो ब्लगमा फोटो सम्पादन गर्न सरल र सहज बनाउने ५ मोबाइल एप्सहरुबारे चर्चा गर्दैछु। १) स्न्यापसिड स्न्यापसिडमा फोटो सम्पादनका लागि चाहिने आधारभूत सबै 'फिचर'हरु उपलब्ध छ। स्न्यापसिडमा 'टुल्स' र 'फिल्टर्स' गरेर फोटो सम्पादनलाई दुई भागमा बाँडिएको छ । स्न्यापसिडको 'टुल्स' प्रयोग गरेर, आफूलाई चाहिएको जस्तो फोटो बनाउन सकिन्छ । फोटोमा विशेष रुची हुनेले स्न्यापसिडको 'टुल्स' चलाउन (सिक्न) जरुरी छ । तपाई सामान्य प्रयोगकर्ता हो, र 'म्यानुअल' मोडमा काम गर्न गाह्रो लाग्छ भने स्न्यापसिडको 'फिल्टर्स' ल...

फेसबुक, ट्विटर, युट्युब लगायतका साइटहरु मोबाइलमा चलाउनेको संख्या दिनहुँ बढ्दो छ। भन्ने नै हो भने, नेपाल लगायत एसियाली देशहरु मोबाइल 'फस्ट' भनेर चिनिएकाछन् । हामीकहाँ कम्प्युटरमा इन्टरनेट चलाउनेको भन्दा मोबाइलमा इन्टरनेट चलाउनेको संख्या धेरै छ, र यही ट्रेन्ड नै जारी रहनेछ । नेपालमा ६० लाख भन्दा धेरै प्रयोगकर्ता हरुले फेसबुक चलाउँछन् । नेपालका अधिकांश भेगमा मोबाइल डाटा उपलब्ध छ, कहीँ राम्रो चल्ला, कहीँ नेटवर्क कमजोर होला, तर देशमा टुजी र थ्रिजीको राम्रो पहुँच छ भन्दा फरक नपर्ला । तर एनसेल, एनटिसी लगायतका डाटा प्रयोगकर्ताहरुको एउटै गुनासो हुन्छ, डाटाले पैसो स्वाहा पार्‍यो, केही चलाएकै हुन्न, त्यही नि पैसो जान्छ आदि इत्यादि । त्यसो त नेपालका अन्य इन्टरनेट सेवा प्रदयाक (आइएसपी)हरुले पनि 'भोल्युम बेस्ड' इन्टरनेट सेवा दिइरहेकाछन्, डाटा हुन्जेल छिटो चल्ने फेसबुक , ट्विटर , युट्युब आदि, हाइस्पिड डाटा सक्किएपछि ढिलो चल्न थाल्छन् । वाइफाइ प्रयोगकर्ताहरु पनि मोबाइल मा विभिन्न साइट र एप्सहरु चलाइरहेका हुन्छन्, तर प्रयोगकर्ताहरु वाइफाइ चलाउँदा, मोबाइल डाटा चलाउँदा जस्तो चनाखो द...

अघिल्लो हप्ता गुगलले 'डुओ' नामक भिडियो कलिङ एप् सार्वजनिक गरेको छ । च्याट, मेसेन्जर हरुका बिचमा फेरि अर्को एक मेजेन्जर थपिए झैँ लागे पनि, 'डुओ' भिडियो कलको लागि मात्र बनाइएको एप हो । अत्यन्तै साधारण 'इन्टरफेस' भएको गुगल को 'डुओ' एन्ड्रोइड प्रयोगकर्ताहरुको लागि नौलो किसिमको भिडियो कलिङ एप हो। आइफोन प्रयोगकर्ताहरुले आपसमा कुरा गर्न 'फेसटाइम' प्रयोग गर्दै आइरहेकाले, यो खासै नयाँ नहुन सक्छ तर आइफोन र एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले एकआपसमा 'डुओ' प्रयोग गर्न सक्ने कारण, यो फेसटाइम भन्दा फरक छ । भाइबर जस्तै, डुओ चलाउनको लागि पनि मोबाइल नम्बरबाट रजिष्ट्रर गर्नुपर्ने हुन्छ, यसअघिका गुगलका एपहरुमा जिमेलबाट साइन इन गर्नुपर्ने बाध्यता थियो। फोनमा भएका कन्ट्याक्टबाट डुओ राखिएका व्यक्तिहरु देख्न सकिन्छ । डुओ एपमा, भिडियो कल गर्न मात्रै मिल्छ, फोन आउँदा आउँदै कसले फोन गर्यो, कस्तो अवस्थामा छ, कल नउठाइ देख्न सकिन्छ । गुगल ब्लग का अनुसार 'डुओ' छिटो र भरपर्दो छ । अन्य एपहरुमा भिडियो कल गर्दा, कनेक्टिङ वा डायलिङ भनेर केही समय लागिरहे...

आफ्ना ट्याक्सीहरु नभएको यातायात कम्पनी 'उबर' (Uber), आफ्ना घर/होटलहरु नभएको तर घर भाडामा दिने कम्पनी 'एयर बि एन बी' (Airbnb) आदि 'अन डिमान्ड सर्भिस' (चाहिएको बखत तुरुन्तै सेवा) दिने कम्पनीहरुले अहिले विश्व बजारमा तहल्का मच्चाइरहेका छन् । आफैँ खाना नबनाउने तर विगत १ सय २५ वर्ष देखि आफ्ना ग्राहकलाई निरन्तर खाना ख्वाँउदै आइरहेको कम्पनी 'मुम्बई डब्बावाला'ले पनि आफ्नो सेवाबाट सबैलाई चकित तुल्याउँदै आएको छ । मुम्बई डब्बावालाका डा. पवन अग्रवालको कुरा मान्ने हो भने, न त डब्बावालाहरु पढे लेखेका छन्, न त प्रविधिकै उपयोग गर्छन् तर निरन्तर १ सय २५ वर्ष देखि काम गरिरहेकाछन्, न त कहिले डब्बा साटिन्छन्, न त डब्बावालाहरु ढिलो नै पुग्छन्, न त कहिले काम नै रोकिएको छ, डब्बावालाहरु कामलाई 'भगवान' मान्छन् । को हुन् मुम्बईका डब्बावाला? मुम्बई सहरमा, बिहान घरमा बनेको खाना, दिउँसो अफिसमा पुर्याउने व्यक्तिहरु डब्बावाला हुन् । अफिसमा काम गर्ने धेरैजसो व्यक्तिहरु घरकै खाना खान रुचाउँछन्, तर उनीहरुको अफिस २-३ घन्टा रेल चढेर जानुपर्ने हुन्छ । अत: ९ बजे अफिस पुग्न, धेर...

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

भर्चुअल रियालिटि गेम पोकेमन गो'को संसारभर व्यापक चर्चा भइरहँदा, गुगल 'ले "भर्न : द हिमालयज" नामक एन्ड्रोइड एप सार्वजनिक गरेको छ । सगरमाथा तथा आसपासका क्षेत्रहरुको थ्रिडी म्याप समेटेर बनाइएको यो खेलमा 'भर्न' नाम गरेको यति सँगै सगरमाथा तथा खुम्बु क्षेत्रको यात्रा गर्न सकिन्छ । ५ सय फिट अग्लो भर्न (Verne) नामक ' यति ' सँगै सगरमाथाको टुप्पामा कुद्दै जान सकिन्छ । भर्न सँगै कहिले याक धपाउन सकिन्छ भने, कहिले 'जेटप्याक' लाएर त कहिले ग्लाइडर लिएर हिमालको माथि माथि उड्न सकिन्छ । थ्रिडीमा सगरमाथा तथा आसपासका हिमाल, बजार, गुम्बा, ताल, जिवजन्तु आदिबारे यो एपबाट सजिलोसँग जान्न सकिने, घुम्न सकिने कुरा गुगल म्यापले आफ्नो ब्लगमा उल्लेख गरेको छ। गुगल म्यापमा विश्वका केही चर्चित ठाउँहरु थ्रिडीमा समेटिएकाछन् । यसैको निरन्तरता स्वरुप सगरमाथा तथा आसपासका क्षेत्रहरु बारे थ्रिडीमा सहज रुपमा जानकारी दिने उदेश्यले, यो एप बनाइएको हो । सन् २०१३ मा गुगलले सगरमाथा क्षेत्रको ३६० डिग्री तस्विरहरु गुगल म्यापमा सार्वजनिक गरेको थियो भने गत वर्ष गुगल स्ट्रिट भ्युमा सगरमाथ...

हिजोआज ट्विटरमा सेयर हुने प्राय: लिंकहरुमा अगाडी 'लिङ्कइज' (ln.is) झुन्डिएको हुन्छ । ट्विट गर्नेहरुले सायद पत्तो पाउँदैनन् तर उनीहरुका फलोवरका लागि भने यो 'लिङ्कइज', आतंक को दोस्रो नाम झैँ भएको छ, ट्विटरमा । जुनसुकै लिंक खोल्दा पनि ब्राउजरमा माथि लिङ्कइजको बार देखिन्छ । लिङ्कइजलाई एकपटक ट्विटरमा कनेक्ट गरिसकेपछि, हामीले ट्विट गर्ने हरेक लिंकहरु अटोमेटिक रुपमा लिङ्कइजको लिङ्कमा परिवर्तन हुन्छ। लिङ्कइज कसरी हटाउने? यदि तपाईले ट्विट गरेका लिंकहरु अटोमेटिक रुपमा लिङ्कइजमा परिवर्तन भइरहेकाछन् भने ट्विटरको सेटिङबाट एपमा जानुहोस् (ट्विटर एप सेटिङ, मोबाइलमा उपलब्ध छैन, अत: तपाईले ल्यापटप/कम्प्युटरबाट ट्विटरको एप सेटिङमा जानुपर्नेहुन्छ)। लिङ्कइजले आफ्नो एपको नाम परिवर्तन गरेर 'बुस्ट योर सेल्फ प्रमोशन' (Boost your self-promotion) नाम राखेको छ, अत: ट्विटरको एप सेटिङमा 'बुस्ट योर सेल्फ प्रमोशन' भन्ने एप खोज्नुहोस् र त्यसको छेउमा रहेको 'रिभोक एक्सस' (Revoke Access) बटन क्लिक गर्नुहोस् । यति गरेपछि तपाईको ट्विट लिङ्कइजबाट मुक्त हुन्छ। Go to Twitter...