Skip to main content

Posts

गोरु किनबेच हुने बजार भएका कारण, सायद बरहथवा नाम रहन गएको होला । पूर्व-पश्चिम राजमार्गबाट करिब १२ किलोमिटर दक्षिणमा अवस्थित बरहथवा बजार (हाल नगरपालिका) मा हप्ताको दुई दिन बजार लाग्छ। राजमार्गबाट जम्मा १२ किलोमिटर भएपनि, यो बाटो छिचोल्न गाडीमा लगभग ४५ मिनेट देखि १ घन्टासम्म लाग्छ। सम्भवत सर्लाही जिल्लामा सबैभन्दा धेरै कारोबार हुने ठाउँ बरहथवा हो, तर मैले थाहा पाएदेखि बरहथवाको रुप लगभग उस्तै छ । केही नयाँ घर बनेका छन्, गाविस नगरपालिकामा परिणत भएको छ, केही थान बोर्डहरुमा मधेस सरकार थपिएको छ तर बाँकी कुरामा खासै केही फेरबदल देखिएको छैन । सम्भवत: पहिलो पटक बस मैले यहीँ बरहथवामा नै देखेँ हुँला, चढेँ हुँला । बिहानै दूध बोक्ने टायरमा बसेर २ घन्टाको यात्रा पछि, बरहथवा पुगेर धेरै पटक बस चढिएको छ । बरहथवा वरिपरिको भू-भाग/वस्ती कृषीको लागि उर्वर मानिन्छ, अनाज बेच्ने देखि लिएर, दैनिक उपभोग्य वस्तु किन्ने/बेच्ने, गाइवस्तु किनबेच आदि सबैको लागि बरहथवा नै एकमात्र बजार हो। बरहथवा बजारमा दुईवटा चलचित्र हल पहिले देखि नै छन्, सायद पहिलो फिल्म पनि यहीँ हेरियो होला । पहिलो पटक फोन पनि यहीँ देखियो होला । प...

भारतीय कम्पनी रिङ्गिङ बेल्सले करिब ४ सय नेपाली रुपैँया (२५१ आइसी) मूल्य पर्ने स्मार्टफोन "फ्रिडम २५१" सार्वजनिक गरेको छ। सुन्दा अपत्यारिलो लाग्ने यो खबर साँचो हो, रिङ्गिङ बेल्सले बिहिबार एक कार्यक्रमका बिच आफ्नो नयाँ स्मार्टफोन "फ्रिडम २५१" नयाँ दिल्लीमा सार्वजनिक गरेको हो । ४ इन्चको डिस्प्ले (९६०x५६०) भएको फोनमा, १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ। १ जिबी र्याम र ८ जिबी इन्टरनल स्टोरेज रहेको फोनमा ३.२ मेगापिक्सलको क्यामेरा छ । फोनमा १४५० मिलिएम्पियर आओर ब्याट्रि राखिएको फोनमा, दुईवटा थ्रिजी सिम लाग्छ । साइटमा राखिएको विवरण र मुल्य अनुसार हेर्दा, यसलाई सस्तो र राम्रो स्मार्टफोन मान्न सकिन्छ । एन्ड्रोइड अपरेटिङ सिस्टम ५.१ ललिपप रहेको फोनमा फेसबुक, ह्वाट्सएप, युट्युब लगायत भारतलाई लक्षित गरि बनाइएका एप्सहरु राखिएकाछन् । " फ्रिडम २५१ " स्मार्टफोन शुक्रबार बिहान देखि अनलाइन बुकिङ गरेर भारतमा किन्न सकिन्छ। यसरी बुकिङ गरिएको फोन जुनसम्म'मा प्रयोगकर्ताको हातमा पुर्याउने कम्पनीको लक्ष्य रहेकोछ । भारत सरकारको 'मेक इन इन्डिया' कार्यक्...

हिजो स्कुल गइएन । स्कुलमा अनुपस्थित हुन्छु भनेर निवेदन पनि लेखिएन । निवेदन लेखिएको भए, साथीले पहिलो घन्टी हाजिर गर्ने सरलाई निवेदन दिन्थ्यो होला। अघिल्लो महिना लक्ष्मणले निवेदन लेखेर पठाएको थियो, उसको बुवाको हस्ताक्षर सहित । तर पनि भोलिपल्ट उसले पहिलो घन्टीमा बाँसका सिर्कनाले कुटाइ खाएको थियो । सर सहित, हामी सबैले, उसको बुवालाई  नरेश भनेर चिन्थ्यौँ,  तर हस्ताक्षरमा राम नरेश लेखिएको थियो । अरुलाई नक्कली हस्ताक्षर गराएर ल्यायो भनेर, उसले पिटाइ खाएको थियो । भोलिपल्ट लक्ष्मणले आफ्नु बुवालाई स्कुलमा लिएर आयो, मैले हस्ताक्षर गरेर पठाउँदा पनि मेरो छोरालाई कुट्ने भनेर नरेश काकाले सरहरुलाई गाली गरेपछि, सुरेश सरले केही दिनका लागि कसैलाई कुनै कार्वाही गरेनन् । तर दोस्रो, तेस्रो हप्ता देखि नै नभनी बिदा बस्ने, निवेदन नपठाउनेहरु, अनि फर्जी हस्ताक्षर गराउने विद्यार्थीहरुले कुटाइ खान थालेका थिए । आज पालो मेरो थियो, कुटाइ खाने। निर हालेर धोएको सेतो सर्ट, सेतो पाइन्ट अनि कपडाकै सेतो जुत्ता, तेलले चिपिक्क पारेर वाँया फर्काएर कोरिएको-कलप लगाइएको कालो कपाल, सर्टको खल्तीमा रातो र कालो क...

" सेफर ईन्टरनेट डे २०१६ " को अवसर पारेर, यसवर्ष पनि गुगल'ले आज आफ्नो एकाउन्टको सेक्युरिटि चेकअप गर्ने प्रयोगकर्ताहरुलाई २ जिबी स्पेश गुगल ड्राइभमा निशुल्क थपिदिने भएको छ । ईन्टरनेटमा सेक्युरिटि, गम्भिर भएर सोच्नुपर्ने विषय हो । हामी कतिपयले ईन्टरनेटमा एकदमै कमजोर पासवर्ड राखिरहेका हुन्छौँ, आफ्ना व्यक्तिगत डाटाहरु अरुले सजिलै भेट्ने किसिमले सेयर गरिरहेका पनि हुनसक्छौँ। नचाहिएका डिभाइस वा एपहरुमा कनेक्ट गरिरहेका हुनसक्छौँ । त्यसैले, ईन्टरनेटमा सुरक्षित रहौँ भन्ने सन्देश सहित, गुगल ले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो गुगल एकाउन्टको सेक्युरिटि चेकअप गर्न सुझाएको छ । सेक्युरिटी चेकअपमा, तपाईले आफ्नो फोन नम्बर, रिकभरी ईमेल ठिक छ कि छैन, कनेक्ट भएका एप्स र डिभाइस ठिक छन् कि छैनन्, साइन ईन देखाएका लोकेशन ठिक छन् कि छैनन्, आदि चेक गर्नसक्नुहुन्छ। साथै, सेक्युरिटि चेकअप गरेको खण्डमा, गुगल'ले निशुल्क २ जिबी स्पेश गुगल ड्राइभमा उपलब्ध पनि गराउनेछ । गत वर्ष पनि गुगल'ले यस्तै किसिमको बोनसको व्यवस्था गरेको थियो । पोहोर, सेक्युरिटि चेकअप गर्नेहरुले पनि, अहिले चेक...

च्याट तथा मेसेजिङ एप् ह्वाट्सयाप (ह्वाट्स अप) अब सँधैको लागि 'फ्रि' हुने भएको छ (ह्वाटस्एप चलाउन पैसा नलाग्ने) । विज्ञापन नदेखाउने बरु ह्वाट्सयाप चलाएको दोस्रो वर्ष देखि प्रयोगकर्तासँग वार्षिक ९९ सेन्ट (करिब १०० रुपैयाँ) लिने ह्वाट्सयपको बिजनेस मोडल थियो । केही वर्षअघि फेसबुकले ह्वाट्सयापलाई १९ अरब डलरमा खरिद गर्दा, यसको बिजनेस मोडलको खुबै चर्चा भएको थियो । फेसबुकले यति महंगो मुल्य हालेर, ह्वाट्सएपलाई नभइ आफ्नो प्रतिद्वन्दीलाई खरिद गरेको थियो भन्ने कुरा पनि चर्चाको विषय भएको थियो, किनकी प्रयोगकर्ताहरु फेसबुक भन्दा धेरै ह्वाटस्एप चलाउँथे । करिब १ अरब प्रयोगकर्ता रहेको दाबी गरिएको ह्वाट्सयाप निकै रुचाइएको च्याटिङ एपहरु मध्यमा पर्छ। ह्वाट्सयापले हिजो ब्लग मार्फत ह्वाटस्एपको बिजेनस मोडलले सोचे जस्तो काम नगरेको सार्वजनिक गर्दै, ह्वाट्सयाप अब सँधैको लागि फ्रि हुने घोषणा गरेको हो । सबै प्रयोगकर्तासँग डेबिट/क्रेडिट कार्ड नभएको तर दोस्रो वर्ष देखि पैसा तिर्नुपर्ने हुँदा, आफन्तजनसँग ह्वाट्सयाप मार्फत नजिक हुन नपाएको कुरा ब्लगमा उल्लेख गरिएकोछ । यसको अर्थ, प्रयोगकर्ताहरु पैसा तिर्...

युट्युबमा आजबाट नेपालमा ट्रेन्डिङ भइरहेका भिडियोहरु हेर्न सकिने भएकोछ । गुगल'ले नेपाललाई लक्षित गरेर युट्युब सञ्चालन सुरु गरे सँगै युट्युबमा यो सुविधा उपलब्ध भएको हो । गुगलको एसिया प्यासेफिक ब्लग का अनुसार नेपाल सहित पाकिस्तान र श्रीलंकामा पनि यसै प्रकारको सेवाको सुरुवात गरेको जनाएको छ । युट्युबको लोगोमा NP लेखेर, गुगल'ले, युट्युब नेपाल को जनाउ दिएको छ। युट्युबको नेपाल संस्करणले नेपाल र नेपालीलाई लक्षित गरेर भिडियो बनाउने युट्युबप्रयोगकर्ताहरुलाई, धेरै नेपाली प्रयोगकर्ताहरु सम्म पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ । त्यस्तै युट्युबमा भिडियो हेर्ने नेपाली प्रयोगकर्ताहरुले पनि नेपालमा रुचाइएका, धेरैले हेरेका, भिडियोहरु हेर्न पाउनेछन् । अब ट्रेन्डिङ भिडियो सेक्सनमा नेपालमा रुचाइएका, चलिरहेका भिडियोहरु देखिनेछ । तपाईले हेर्ने भिडियोहरु या भनौँ तपाईको भिडियो हेर्ने शैलीको अनुसन्धान गरेर, गुगल'ले तपाईलाई मनपर्न सक्ने भिडियोहरु देखाउँदै आएकोछ । अब यो लिस्टमा नेपालमा प्रचलनमा रहेका भिडियोहरु पनि थपिनेछन्। नेपाललाई लक्षित गरेर गतवर्ष नै युट्युबले नेपाली भाषामा उपलब्ध गराइसकेक...

गुगलको प्लेस्टोर तथा एप्पलको एपस्टोरमा गरेर ३० लाख भन्दा धेरै मोबाइल एप्सहरु छन् । सबैले, सबै एप्स चलाउन सम्भव छैन । स्थान, भाषा, रुची आदि विविध कारणले सबै एप्सहरुको आफ्नै महत्व र आफ्नै किसिमका प्रयोगकर्ताहरु छन् । आजको यस ब्लगमा भने, एन्ड्रोइड र आइफोनमा राख्नैपर्ने १० एपहरुको चर्चा गर्दैछौँ । १) हाम्रो नेपाली किबोर्ड - नेपाली लेख्न चाहनेहरुको पहिलो रोजाइ ‘हाम्रो किबोर्ड’ बन्ने गरेको छ । दश लाख भन्दा बढि पटक डाउनलोड भएको हाम्रो किबोर्ड, एन्ड्रोइड २.२ भर्सन देखि माथिका सबै एन्ड्रोइडफोनहरुमा चल्छ । नेपाली लेख्नका लागि गुगलको किबोर्ड देखि लिएर अन्य दर्जनौँ किबोर्डहरु प्लस्टोरमा उपलब्ध छन् तर हाम्रो किबोर्डमा फरक फरक ३ प्रकारले लेख्न मिल्ने कारण सबैको रोजाइमा परेको हो । एउटै किबोर्डबाट, नेपाली ट्रान्सिलिरेसन, रोमन युनिकोड, नेपाली युनिकोडमा लेख्न मिल्छ । नेपाली टाइप आउने र नआउने दुबैका लागि यो एप उपयोगी छ । नेपाली टाइप आउनेले नेपाली युनिकोड प्रयोग गर्न सक्छन् भने, मदन पुरस्कार पुस्तकालयले बनाएको रोमन नेपाली किबोर्डमा हात बसेकाले, रोमन नेपाली युनिकोड लेआउट छान्न सक्छन्, त्यस्तै गुगल ...

३२ वर्षअघि, सन् १९८३ जुनमा, एप्पलका संस्थापक स्टिभ जब्सले एक कन्फेरन्समा प्रस्तुत गरेका “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को अवधारणा यहाँ सम्म आइपुग्दा विकसित भइसकेको छ । “म्युजिक स्टोरमा छानी छानी गित सुन्न किन्न सकिए झैँ, सफ्टवेयर पनि त्यसरी नै स्टोरमा छानी छानी किन्न सकिने हुनुपर्छ, धेरैजसोलाई आफ्नो कम्प्युटरमा कुन किसिमको सफ्टवेयर चाहिन्छ भन्ने कुरा पनि थाहा छैन”, स्टिभ जब्सले उतिबेलै नयाँ किसिमको सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टरबारे आफ्नो अवधारणा राख्दै बोलेका थिए । त्यसको बिस वर्षपछि २००३ मा एप्पल’ले आईट्युन्स सार्वजनिक गर्यो, जहाँबाट आफूलाई चाहिने गित छानेर किन्न सकिन्छ । स्टिभ जब्सकै भिजनको बृहत रुपनै अहिलेका एपस्टोर, प्लेस्टोर, आइट्युन्स, मोबाइल एप्स आदि हुन्। उनले १९८३ मै “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को कुरा राखेपनि, मोबाइलमा चाँहि सन् २००७ पछि मात्रै यस किसिमको अवधारणा भित्रियो । २००७ को जुनमा, स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेर, स्मार्ट मोबाइलफोन युगको प्रारम्भ गरिदिएका थिए । आईफोन सँगै एन्ड्रोइड स्मार्टफोनहरु पनि भित्रिए, बजारमा पुरानै शैलीबाट चलिरहेका नोकिया, मोट...

नेपाली ईन्टरनेट प्रयोगकर्ताहरु माझ, बहुप्रतिक्षित, ईन्टरनेटविना भिडियो हेर्न सकिने "युट्युब अफलाइन प्लेब्याक" फिचर अब नेपालमा सुरु भएकोछ । युट्युबमा आफूलाई मनलागेका भिडियोहरु "सेभ" गरेर आफ्नो अनुकुल समयमा, विना इन्टरनेट हेर्न सकिन्छ। युट्युब अफलाइन भिडियो कसरी हेर्ने? युट्युबको मोबाइल एपमा, आफूले सेभ गरेका भिडियोहरु, ईन्टरनेट नभएको समयमा पनि हेर्न सकिन्छ । युट्युबमा भिडियो अफलाइन हेर्न, ईन्टरनेट भएको समयमा, युट्युबमा उपलब्ध भिडियोहरु सेभ गरेर राख्नुपर्छ । युट्युबमा अपलोड गरिएका भिडियोहरुमा दायाँ तर्फ, "डाउनलोड" बटन देख्न सकिन्छ। डाउनलोड बटन क्लिक गरेपछि, भिडियोको गुणस्तर आफूले छान्नु पर्छ। भिडियो डाउनलोड भइसकेपछि, विना इन्टरनेट फेरि त्यही भिडियोहरु आफ्नो युट्युब एपमा हेर्न सकिन्छ । युट्युबका अनुसार, एकपटक डाउनलोड गरेको भिडियो, ४८ घन्टा सम्म मात्र अफलाइन हेर्न मिल्छ । साथै, भिडियो अपलोडकर्ताले भिडियो अफलाइन हेर्नको लागि डाउनलोड गर्न दिने वा नदिने 'अप्सन'मा 'डाउनलोड गर्न नदिने' पनि भनेका हुनसक्छन् । यस्तो अवस्थामा, उक्त भिडियो डाउनलोड...

नेपालमा तराईको आन्दोलन कारण देखाउँदै, भारतले अघोषित नाकाबन्दी गरेका कारण, पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको अभाव भएको समयमा, भारतीय दुतावासले नेपाल आयल निगमसँग डिजल-पेट्रोल माग गरेको समाचार बाहिर आएपछि, नेपाली ट्विटर प्रयोगकर्ताहरुले ट्विटर मार्फत नै दुतावासलाई तेल दिने अभियान चलाएका थिए । भारतको अघोषित नाकाबन्दीको कारण, पेट्रोलियम पदार्थ नेपाल नभित्रिएको तर भारतीय दुतावासले तेलको माग गरेपछि, नेपाली ट्विटर प्रयोगकर्ताले व्यंग्यको रुपमा सुरु गरेको #DonateOilToIndianEmbassy ह्यासट्याग, बुधबार दिउँसो संसार भरि ट्रेन्ड भएको थियो । अतिथीलाई स्वागत सत्कार गर्ने प्रचलन भएको भन्दै, दुतावासले माग गरेपछि, हामीले तेल दिनुपर्छ भन्दै, ट्विटरमा भारतीय दुतावासलाई तेल दिन आग्रह गरिएको थियो । ट्विटरमा आग्रह गरिएको केही समयमै करिब २ सय युवाहरु स्वतस्फुर्त रुपमा भारतीय दुतावास अगाडी लैनचौरमा, प्लेकार्ड तथा पेट्रोल लिएर उपस्थित भएका थिए । #BackOffIndia लेखिएको प्लेकार्ड सहित भेला भएका युवाहरुले भारतको नाकाबन्दीको सांकेतिक विरोध गरेका थिए । यो ब्लग तयार गर्दासम्म, ट्विटरमा #...