जब पनि कसैले ‘सोसल मिडिया’ को प्रयोग कसरी भइरहेको सोध्दा, मलाई सँधै गुगलका अभिनाष कौशिकको ट्विट याद आउँछ । अभिनाषले ‘सोसल मिडियालाई किशोरावस्थाको सेक्ससँग लगेर जोडेकाछन्’ । उनको भनाइले मलाई सँधै झक्झक्याइरहन्छ, उनले भनेकाछन्, “Social media is like teen sex. Everyone wants to do it. No one actually knows how. When finally done, there is surprise its not better.” अत: सोसल मिडियाको अभ्यास गर्दै जाँदा यस्तै लाग्छ ! अनि विभिन्न तरिकाले सोसल मिडियाको अभ्यास गर्ने गरिएकोछ । ब्लग पनि सोसल मिडिया नै हो । तर आज यही ब्लगलाई नै अरु सोसल मिडिया टुलहरु प्रयोग गरेर कसरी ब्लगरले फाइदा लिन सक्छन् भन्ने कुरा गर्दैछु । ‘सोसल मिडिया’ भनेको अनलाइन ‘टुल’ हो, जसको प्रयोगबाट हामी सजिलोसँग अनलाइनमा आफ्ना भनाइहरु सेयर गर्न सक्छौँ, एकअर्का सँग अन्तरक्रिया गर्न सक्छौँ । ब्लग, फेसबुक , ट्विटर , युट्युब, स्लाइडसेयर, गुगलप्लस आदि सबै सोसल मिडिया हुन् । साँच्चै भन्ने हो भने, वेव २.० टेक्नोलोजी भएका सबै साइटहरु नै सोसल मिडिया हुन् । सोसल मिडिया भनेको एउटा अनलाइन ‘माध्यम’ हो । पासवर्ड प्रोटेक्ट नभएका वा भनौँ प्राइभ