Skip to main content

Posts

Showing posts with the label Photo Blog

गोरु किनबेच हुने बजार भएका कारण, सायद बरहथवा नाम रहन गएको होला । पूर्व-पश्चिम राजमार्गबाट करिब १२ किलोमिटर दक्षिणमा अवस्थित बरहथवा बजार (हाल नगरपालिका) मा हप्ताको दुई दिन बजार लाग्छ। राजमार्गबाट जम्मा १२ किलोमिटर भएपनि, यो बाटो छिचोल्न गाडीमा लगभग ४५ मिनेट देखि १ घन्टासम्म लाग्छ। सम्भवत सर्लाही जिल्लामा सबैभन्दा धेरै कारोबार हुने ठाउँ बरहथवा हो, तर मैले थाहा पाएदेखि बरहथवाको रुप लगभग उस्तै छ । केही नयाँ घर बनेका छन्, गाविस नगरपालिकामा परिणत भएको छ, केही थान बोर्डहरुमा मधेस सरकार थपिएको छ तर बाँकी कुरामा खासै केही फेरबदल देखिएको छैन । सम्भवत: पहिलो पटक बस मैले यहीँ बरहथवामा नै देखेँ हुँला, चढेँ हुँला । बिहानै दूध बोक्ने टायरमा बसेर २ घन्टाको यात्रा पछि, बरहथवा पुगेर धेरै पटक बस चढिएको छ । बरहथवा वरिपरिको भू-भाग/वस्ती कृषीको लागि उर्वर मानिन्छ, अनाज बेच्ने देखि लिएर, दैनिक उपभोग्य वस्तु किन्ने/बेच्ने, गाइवस्तु किनबेच आदि सबैको लागि बरहथवा नै एकमात्र बजार हो। बरहथवा बजारमा दुईवटा चलचित्र हल पहिले देखि नै छन्, सायद पहिलो फिल्म पनि यहीँ हेरियो होला । पहिलो पटक फोन पनि यहीँ देखियो होला । प

तपाई अब दोस्रो देखि चौधौँ शताब्दीमा प्रवेश गर्दैहुनुहुन्छ भन्ने आशय लेखिएको स्वागतव्दारबाट भित्र प्रवेश गरियो । दोस्रो देखि चौधौँ शताब्दी भन्ने बित्तिकै मन यसै रोमाञ्चित भइसकेको थियो । पहाडको फेदीमा रहेको बुजाङ पुरातात्विक संग्राहलयको हातामा पुग्दा, सोचेको भन्दा बेग्लै समय र परिवेशमा पुगियो । शान्त, हरियाली, शताब्दीऔँ लामो ईतिहास बोकेको संग्राहलय लगभग खाली थियो, मान्छेको भिडभाड थिएन । तर त्यहाँ देखिएका र भेटिएका पुरातात्विक वस्तुहरुले भने एउटा अनौठो किसिमको तरङ्ग छाडिरहेको थियो। मलेसियामा एक हप्ते लामो बसाइका क्रममा, जुनको अन्तिम साता बुजाङ भ्यालीमा रहेको पुरातात्विक संग्राहलय गइएको थियो । कम्बोडिया, थाइल्यान्ड लगायत देशमा पुराना हिन्दू मन्दिरहरु छन् भन्ने सुनेको थिँए, तर मलेसिया मुस्लिम देश भएका कारण मैले यस किसिमको संग्राहलयको आशा राखेको थिँइन । मैले हिन्दुहरुको बारेमा बखान गर्न खोजेको होइन, तर हिन्दु धर्मको प्रवाह धेरै पहिले देखि नै रहेको थाहा पाउँदा छक्क परियो, अनि छाती पनि ढक्क फूल्यो । दोस्रो शताब्दी देखि चौधौँ शताब्दीको बिचमा बनेका मन्दिरहरुका भग्नावशेष, त्यस समयमा प्रयोग ह

पृथ्वी जयन्ती तथा एकता दिवसको शुभकामना। नयाँ नेपालको निहुँमा केही वर्ष यता, पृथ्वीनारायण शाह र उनको योगदानलाई अवमुल्यन गरिए झैँ लाग्दैछ, पृथ्वी जयन्ती तथा एकता दिवस मान्न छोडिएकोछ । कसैले मानुन् वा नमानुन् तर २० वर्षको उमेरमा गोरखाका राजा बनेर, नेपाल एकिकरणको अभियान चलाएर, विशाल नेपालको निर्माण गर्ने श्रेय उनैलाई जान्छ । वि. सं १७७९ पौष २७ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरेर गोरखा राज्य विस्तार गर्ने कार्यको सुरुवात गरेकाथिए । त्यही राज्य विस्तारको अभियानबाट विशाल 'नेपाल'को निर्माण भएको हो, त्यसैले त आज सगर्व 'नेपाल' र 'नेपाली' भन्न पाइएकोछ । उनले आफ्नो शासनकालमै १८२५ मा काठमाडौँ र ललितपुर अनि १८२६ मा भक्तपुरमाथि बिजय प्राप्त गरेकाथिए ।  त्यसअघि काठमाडौँका राजा जयप्रकाश मल्लको आग्रहमा, अंग्रेजी सेनाका कप्तान किन्लाकको नेतृत्वमा आएको टोलीलाई गोरखाली फौजले परास्त गरेर सिन्धुलीगढीबाट नै फर्काइदिएका थियो । हामीले पृथ्वीनारायण शाहलाई बिर्सदैँ गएको अवस्थामा, पृथ्वी जयन्तीको अवसर पारेर  ग्राफ नेपालले आफ्नो नयाँ इन्फोग्राफिक  (तलको फोटो)

म जहिले सोच्थेँ, सगरमाथा बेसक्याम्प कस्तो छ, खुम्बु आइसफल कहाँ छ, हिलारी स्टेप कस्तो देखिन्छ आदि इत्यादि । फोटो र चलचित्रमा धेरै पटक सगरमाथा हेरियो तर सगरमाथाको खासै भेउ पाउन सकिएको थिएन । अप्रिल तेस्रो साता खुम्बुमा हिमपहिरो गएसँगै 'डिस्कभरी'ले केही हप्ता पहिले 'एभरेष्ट अभलान्चे ट्याजिडी' साइट सार्वजनिक गरेकोछ , जसबाट घरै बसेर सगरमाथा चढेको अनुभव (थ्रिडी अनुभव) गर्न सकिन्छ। सगरमाथा बेसक्याम्पबाट सुरु हुने ट्रेक, खुम्बु आइसफल, हिलारी स्टेप हुँदै  सगरमाथाको टुप्पामा पुगेर टुंगिन्छ । सगरमाथाको टुप्पाबाट हिमालहरुको दृश्यावलोकन पनि मज्जाले गर्न सकिन्छ, सायद यसै कारण पनि होला, सबैजना सगरमाथा चढ्न मरिहत्ते गरेका । साइटमा, खुम्बुमा गएको हिमपहिरोको पनि वर्णन गरिएकोछ, ब्याकग्राउन्डमा मान्छेहरु बोलेको, अनि हिमालको चिसो स्याँठको आवाजको अनुभव गर्नसकिन्छ, ट्रेकभरि नै । साइटको वाँया भागमा उचाइको जानकारी देखिन्छ, बाटोलाई रातो धर्सोले देखाइएको छ । बेसक्याम्प देखि टुप्पासम्मको यात्रा कठिन रहेछ भन्नेकुरा डिस्कभरीको थ्रिडी ट्रेक गरेपछि अनुभव भयो । खुम्बुमा गएको हिमपहिरो

"आज मसँग चानचुन भएन, चिया खानुपर्नेथियो?” एकजना बूढाबा आफू बसेको कुर्सी नजिकै आएर नजाँनिदो किसिमले 'चानचुन' दिन आग्रह गर्छन् । उनको 'चानचुन'को आग्रह सुनेर हामीबिच हाँसोको फोहोरा छुट्छ, काकाबाले ती बुढाबालाई केही चानचुन दिनुहुन्छ, हामी फेरि 'चानचुन' बाको कुरा काट्दै चिया सुरुप्प पार्छौँ । चानचुन'बा पनि अघिल्लो महिना इन्द्रदह हाइकिङ जाँदा भेटिएका 'कान्छा काका' बिर्साउने किसिमका रहेछन्, तर उनलाई हामीले धेरैबेर अल्मल्याएनौँ । पावर हाउसबाट पोखरी जाने उकालो सिँढि चढ्दै गर्दा केही अघि तिनै बूढाबा भेट भएका थिए । ती बूढाबा ओरालो झर्दैथिए, हामी उकालो चढ्दै थियौँ । ३ घन्टा घाममा सेकिँदै हिँडेका हामीलाई भोक लागिसकेको थियो, काकाबाले ती बूढाबालाई सोध्नुभयो, “यता खाने ठाउँ कता छ?” । ती बूढाबाले हातले ईशारा गर्दै, 'एउटा उ तल छ, एउटा यता घर माथि छ' भने । चित्तबुझ्दो जवाफ नभेटेकोले उनका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदियौँ । १० – १२ वटा खुड्किलो के चढिएको थियो, ती बूढाबाले घरपछाडी भनेर ईशारा गरेको घरको पछाडी देखियो, भोज भतेरको लागि धमाधम पकाउ

इन्द्र दह नाम सुन्दा, एउटा सुन्दर पोखरीको कल्पना गरेको थिँए । डाँडाको माथि जंगलमा छ भनेपछि, दहको कल्पना झनै सुन्दर बनेको थियो । जंगलको बिचमा पोखरी, रङ्गी बिरङ्गी माछाहरु, मन्दिरहरु आदि आदि । हिँड्न भनेपछि रमाईलो लाग्छ, केही हप्ता पहिले मात्रै पनि घान्द्रुक सम्म पुगेर आइयो । अस्तिको शनिबार इन्द्र दह हाइकिङ जाने प्लान बनेको थियो, केहि दिन अघि मात्रै । काठमाडौँको भिडभाड, अझ भनौँ पछिल्लो समय बढेको धुँवा धुलोबाट केही छिनको लागि भने पनि प्रत्यक्ष राहत मिल्ने, हाइकिङ जाने प्लान अन्तर्गत साँढे सात बजे कलंकी चोक पुगियो । तर सबै साथीहरु जम्मा हुन करिब १ घन्टा नै लाग्यो, बिहान कलंकीको पुल छेवैको चियापसलमा चिया पिउँदै बिताइयो । दिउँसो डाँडाको माथि पुगियो, बलम्बुको रिन्छेन गुम्बा, तोरीबारीहरु, चियापसल र जंगल हुँदै । माथि पुग्दा हाम्रा @kakabaa का साथीले खानेकुराको बन्दोबस्त गरिसक्नुभएको रहेछ -- लोकल कुखुरा । पुग्ने बित्तिकै खाजा अनि दह घुमेर आएपछि खाना खाने सहमति भयो तर खाजा नै यति धेरै खाइयो कि खाना बल्लतल्ल सकाइयो । सँधै हाइकिङ गइरहने हामीलाई, यो पटक पिकनिक गएझैँ रमाईलो भयो । नेपाल एकिकरण