जब जब परिवर्तनको लहर सुरु हुन्छ, इतिहास हेर्ने हो भने, बलिया वर्लिनका पर्खालदेखि निरंकुश शासनको पतन निमेषमै हुन पुग्दछ । नेपालको राजनितिक इतिहासमापनि प्रजातन्त्रको लडाँई, पञ्चायती व्यवस्थाको अन्त्य तथा गणतन्त्रको स्थापना यसका उदाहरण हुन । नेपाली राजनितिमा परिवर्तनको निम्ति युवा शक्तिको अग्रणी भूमिका रहन्छ । शाहीकालको अस्तपछि नेपाल मेटामोरफोसिसको स्तिथिमा छ जुन आमूल राजनितिक परिवर्तनको प्रक्रियउ हो । यस संक्रमणकालमा राजनितिक अस्थिरता, सामुदायिक द्वन्द, दण्डहिनताले गर्दा हिंसा तथा असुरक्षा बढ्दै ज्ञानुका साथै अर्थतन्त्र धरासायी बन्दै गएको छ। युवा जमात देश विकासको मेरुदण्ड हो, नयाँ विचारको केन्द्रविन्दु हो तर यसलाई हरेकपटक पार्टीगत नितिमात्र लादेर निहित स्वार्थको निम्ति तोडफोड तथा उच्छृङखल कार्य, युद्धमा प्रयोग गरिनु हामीमाझ विडम्वना छ । आजभोलि बढिरहेको एजुकेशनल ड्रिफ्टलाई हेर्ने हो भने बौद्धिक समाजको पलायन लगातार भइरह्यो भने एउटा थप समस्याको सुरुवात निश्चित छ जसलाई विश्लेषण गर्दा राजनितिक अस्थिरताको शिकार, अस्तव्यस्त शैक्षिक निति, शिक्षाक्षेत्रमा राजनितिक हस्तक्षेप तथा अवसरको कमि मा