हाइवे इलामबाट सुरु हुन्छ र काठमाडौँमा गएर सकिन्छ, यही बिचमा कथाका हरेक पात्रलाई ‘स्थापित’ गरिन्छ, अनि ‘हाइवे’मा ती पात्रहरुको जिवन कसरी जोडिएकोछ भनेर दर्शकले थाहा पाउँदा नपाउँदै चलचित्र सकिन्छ । चलचित्र सकिएपछि यसले दर्शकलाई ‘हाइवे’का विभिन्न आरोह अवरोहका बारेमा सोच्न बाध्य बनाउँछ । ईलामबाट काठमाडौँको लागि गुडेको बस राजन खतिवडाले चलाएकाछन्! बस यात्रीका रुपमा दयाहाङ राई, सृष्टि घिमिरे, ईलम दिक्षित लगायतछन्, उनीहरुको सबैको जिवन काठमाडौँसँग जोडिएकोछ, अर्को अर्थमा भन्दा ‘हाइवे’मा जोडिएकोछ । भारतिय लाहुरे दयालाई ३६ घन्टा भित्र घर पुग्नुपर्नेछ, ईलमलाई अनलाइनबाट बनाएको आफ्नो ‘गे’ साथिलाई भेट्नुछ, सृष्टिको बिहे अमेरिकाबाट फर्केको बच्चाबेलाको साथि कर्मासँग हुँदैछ, अर्की एकजना आफ्नो छोरीज्वाईको बिग्रेको सम्बन्ध सुधार गराउने धुनमा काठमाडौँ जाँदैछिन, ड्राइभरलाई पनि आफ्नी प्रेमिका ‘डान्सबार’ डान्सर रिचालाई भेट्नुछ । तर उनीहरुको बस बन्दको मारमा पर्छ । सबैलाई काठमाडौँ पुग्ने हतार भएको हुँदा दयाले बिहेको नाटक गरौँ भन्दै सृष्टि र इलमको बिहे गराएर, बन्दबाट आफ्नो गाडि फुत्काउँछन् । कहिले फ्ल्यासब्य...