नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रोले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ ।
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ ।
थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “बकमन” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् ।
इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा प्रयोगकर्ताको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थप गरिएकोछ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ ।
➤ हाम्रो नेपाली किबोर्ड अपडेट गर्नुहोस्
हाम्रो नेपाली किबोर्डमा नयाँ के छ?
स्टिकरहाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ ।
थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “बकमन” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् ।
इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा प्रयोगकर्ताको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थप गरिएकोछ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ ।
— Aakar Anil (@aakarpost) December 31, 2018
➤ हाम्रो नेपाली किबोर्ड अपडेट गर्नुहोस्
Comments
Post a Comment