यो अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi (नाकाबन्दी अपराध हो, मिस्टर मोदी) ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु ।
मोदी जनकपुरमा आइपुग्ने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi ट्विटरको ट्रेन्ड लिस्टबाट हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा केही घन्टापछि त्यही ट्रेन्ड पुन: देखापर्यो । विगतमा बाहिर भएका केही ट्रेन्डहरु फेसबुक तथा ट्विटरले 'ट्विक' गरेको भन्ने खबर आएका कारण, सुरुमा यो सेन्सरसिप नै हो भन्ने लाग्यो । तर उक्त ट्रेन्ड ट्विटरबाट हराएर केही घन्टापछि फेरि आएबाट, सेन्सरसिप हैन भन्ने लाग्यो ।
मोदी र ट्विटर ट्रेन्डबारेको यो पडकास्ट 📻 सुन्नुहोस्
ट्विटर ट्रेन्ड कसरी हुन्छ?
ट्विटरमा ट्रेन्ड हुन यति नै ट्विट हुनुपर्छ भनेर कहिँ उल्लेख गरेको पाइँदैन तर पनि केही कुरा ट्रेन्डमा देखिनको लागि त्यस विषयमा एकैपटक, धेरै ठाउँबाट धेरैले एउटै विषय ट्विट गरेको हुनुपर्छ । एउटै विषयमा हजारौँले दिनभरि ट्विट गर्दा त्यो ट्रेन्डिङ टपिकमा देखिन्छ भन्ने हुँदैन । ट्विटरमा ट्रेन्ड हुन, कुनै पनि विषयमा निश्चित समय/अवधिमा उल्लेख्य रुपले ट्विटहरु देखिनुपर्ने हुन्छ ।
ट्विटरका अनुसार, ट्रेन्डिङ टपिक हुनको लागि कुनै कुरा पपुलर (Popular Tweet) अर्थात धेरै समयसम्म एउटै कुरा निरन्तर रुपमा ट्विट गरिरहेको भन्दा पनि कुनै निश्चित समयमा देखिएको ट्विटको संङ्ख्याले (Tweets Volume) ट्रेन्डिङ टपिक निर्धारण गर्ने गर्छ । प्राय ब्रेकिङ न्युजहरु ट्विटरमा छिटो ट्रेन्ड हुने गर्छन् । ट्विटरले समाचार, सूचना ‘रियल टाइम’मा प्रवाह गर्ने भएकोले ट्विटरले ब्रेकिङ न्युजको लागि आफ्नै किसिमले अलगोरिदम डिजाइन गरेकोछ । ट्विटरमा पपुलर (धेरै कुरा गरिएको) मात्र नभइ अहिले के विषयमा कुरा भइरहेको छ भन्ने आधारमा पनि ट्रेन्डिङ टपिक हुनेगर्छ ।

#BlockadeWasCrimeMrModi is back on the trend list. Not sure, if that was a censorship. pic.twitter.com/RPD4AqrSpO— Aakar Anil (@aakarpost) May 11, 2018
Comments
Post a Comment