५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्सले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो ।
क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो ।
त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई लिएर क्याम्ब्रिज एनालिटिकाले अमेरिकी निर्वाचनमा ट्रम्पको पक्षमा क्याम्पेन चलाएको थियो । त्यसरी फेसबुकबाट लिइएको तथ्यांकमा प्रयोगकर्ताहरुको आनीबानी, राजनैतिक झुकाव, ईमेल, फोन, फोटो, लाइक आदि विभिन्न कुराहरु समावेश थियो । यिनै कुराहरुको आधारमा एनालिटिकाले कस्तो मान्छेलाई के भन्दा हुन्छ, कस्तो मान्छेले कस्तो कुरा, कसरी भन्दा पत्याउँछन्, सुन्छन्, मान्छन् आदि भन्ने अध्ययन गरेर भएका-नभएका विभिन्न सामाग्रीहरु फेसबुकमा राखेको थियो । एनालिटिका’को यस्तो ‘टार्गेट’ गरिएको विज्ञापनहरुले अमेरिकी जनताहरुलाई गतल समाचार, सूचना प्रवाह गरेको थियो, जसका कारण ट्रम्पलाई जित्न सहज भएको समाचारमा दावी गरिएको छ । त्यसैगरि युरोपियन युनियनबाट युके छुट्याउन (ब्रेक्जिट) मा पनि क्याम्ब्रिज एनालिटिका’को हात रहेको उल्लेख गरिएको छ । च्यानल फोर न्युज’ले गरेको स्टिङ अपरेशनमा एनालिटिका’का सिइओ एलेक्जेन्डर निक्सले खुलेआम रुपमै अमेरिका, केन्या लगायतका देशमा यसै गरि राजनैतिक क्याम्पेन चलाएको बताएका छन् ।
फेसबुकबाट तथ्यांक कसरी दुरुपयोग भयो?
क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर एलेक्जेन्डर कोगनले ‘दिस इज योर डिजिटल लाइफ’ नामक एप बनाएका थिए । मनोवैज्ञानिक पक्षबारे शोध गर्नको लागि भनेर पैसा तिरेरै हजारौँ फेसबुक प्रयोगकर्ताहरुलाई उक्त एपमा ‘पर्सनालिटि टेस्ट’ लिन लगाइएको थियो । यसरी उक्त एप चलाउनेहरुको तथ्यांक त फेसबुकबाट भनेरै लिइएकै थियो, तर भित्र भित्रै उक्त एप नचलाएका तर एप चलाएका व्यक्तिका साथीहरुको तथ्यांक पनि फेसबुकबाट उनीहरुले लिए । जस्तो कि, मैले उक्त एप चलाएको छैन, तर मेरो फेसबुकमा भएका एकजना साथीले उक्त एप चलाए भने, मेरो सम्पूर्ण जानकारी त्यो एपले लिन्छ । भन्नको मतलब, मलाई थाहा नै नदिइकन, नभइकन, मेरो फेसबुकको साथी मार्फत मेरो सम्पूर्ण जानकारी जस्तो कि, मेरो नाम, फोटो, इमेल, फोन, ठेगाना, मेरो लाइक, स्टाटस अपडेट आदि विविध कुराहरु चोरी हुन्छ । २०१४ मा फेसबुकले नै यो सुविधा एपहरुलाई दिएको थियो, तर फेसबुकले प्रयोगकर्ताहरुलाई यसबारेमा जानकारी गराएको थिएन । आफूले एप चलाएर, एपले मागेका आफ्ना जानकारीहरु दिन त पाइयो, तर आफूले एप नै नचलाइकन मेरा गतिविधिहरु अरुले चोरी गर्नु, थाहा पाउनु त हजम भएन । यसरी, केही लाख प्रयोगकर्ताले यो एप प्रयोग गरे पनि साथीहरु मार्फत करिब ५ करोड प्रयोगकर्ताहरुको तथ्यांक फेसबुकबाट चोरी भएको थियो । यसरी लिइएको तथ्यांकलाई अध्ययन गरेर अमेरिकी निर्वाचनका लागि विभिन्न किसिमका राजनैतिक क्याम्पेनहरु चलाइएको थियो ।
रसियाले फेसबुकमार्फत प्रपोगान्डा गरेर “फेक” समाचारहरु फैलाएर, अमेरिकी निर्वाचनको परिणामलाई नै उल्ट्याउन सघाएको, र ती कुराहरु फेसबुकले रोक्न नसकेको आदि कुराहरु सेलाउन नपाउँदै फेसबुक मार्फत क्याम्ब्रिज एनालिटिकाले ५ करोड प्रयोगकर्ताको तथ्यांक चोरी गरेको र निर्वाचनको दौरान त्यही तथ्यांकहरु प्रयोग भएको कुरा सार्वजनिक भयो । यही घटनालाई लिएर ब्रिटिस अधिकारीहरुले फेसबुक र एनालिटिका माथि केही हप्ता अघिबाट छानविन सुरु गरे । छानविन थालिएपछि र मिडियाले यस विषयमा समाचार प्रकाशन, प्रशारण गर्ने थाहा पाएपछि; फेसबुकले क्याम्ब्रिज एनालिटिका र कोगनलाई, तथ्यांकको दुरुपयोग गरेको भन्दै फेसबुक प्लेटफर्मबाट निष्काशन गरेको घोषणा ब्लग मार्फत गर्यो । २०१४ मा घटेको तथ्यांक चोरीको घटना, २०१५ मा गार्डियनले रिपोर्टिङ गर्यो, अहिले आएर क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले सूचना दिएपछि ब्रिटिस अधिकारीहरुले यस घटनाको छानविन सुरु गरे । गार्डियन, न्युयोर्क टाइम्स तथा च्यानल फोर न्युजले यस सम्बन्धि समाचार ब्रेक गरे । समाचार सार्वजनिक भएसँगै फेसबुकले गार्डियनलाई गलत समाचार प्रवाह गरेको भन्दै मुद्दा हाल्ने धम्की दिएको दावी गार्डियनले गरेको छ ।
यो तथ्यांक चोरीको घटना सार्वजनिक भएपछि, यति धेरै घटनाहरु घट्दा पनि फेसबुकले प्रयोगकर्ताहरुलाई जानकारी नदिएको, प्रयोगकर्ताहरुको तथ्यांक विना स्विकृती अरुलाई दिएको, प्रयोगकर्ताको गोप्यताको ख्याल नगरेको भन्दै ‘डिलिट फेसबुक’ क्याम्पेन नै सुरु भयो । यसै पनि फेसबुक केही समय देखि मोनोटोनस हुँदै गइरहेको, फेक समाचारको बिगबिगी रहेका कारण प्रयोगकर्ताहरुले फेसबुक चलाउन छोडेको समाचारहरु सार्वजनिक भइरहेको थियो । यो घटना पछि त ‘डिलिट फेसबुक’ भन्दै क्याम्पेन नै सुरु भयो । यो क्याम्पेन सँगै, कतिले फेसबुक चलाउन छोडे भन्ने तथ्यांक त छैन तर धेरैले आफ्नो फोनबाट फेसबुक तथा मेसेन्जर हटाएको समाचारहरु चाँहि सार्वजनिक भइरहेका छन् । हाम्रो न्युजफिडमा कमेन्टमा ‘बि एफ एफ’ लेखेर फेसबुक सुरक्षित भए वा नभएको कुरा थाहा पाउनुस् भन्ने हावा कुरा फैलिरहेका बेला, उता फेसबुक एप तथा अकाउन्ट नै डिलिट गर्ने क्याम्पेन चलिरहेको छ ।
फेसबुक तथ्यांक चोरी काण्ड सार्वजनिक भइरहँदा, उता फेसबुक भने तथ्याङ्क चोरी भएको होइन भन्नेमै लागिरह्यो । फेसबुक’का सुरक्षा प्रमुखले ट्विटरमा फेसबुक’को वचाउ गर्दै ट्विट गरे, तर पछि सबै ट्विट मेटाए । उता फेसबुकले यो घटना सार्वजनिक गर्ने क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीको फेसबुक र इन्स्टाग्राम अकाउन्ट निलम्बन गरिदियो । त्यस्तै क्याम्ब्रिज एनालिटिका'को बोर्डले यसका सिइओ एलेक्जेन्डर निक्सलाई निलम्बन गरेको घोषणा गर्यो । डिलिट फेसबुक क्याम्पेन चल्न थाल्यो, फेसबुक’को सेयर एकै पटक करिब ६ प्रतिशतले घट्यो । तथ्यांक चोरीको समाचार सार्वजनिक भएको ३ दिन पछि फेसबुक’का सुरक्षा प्रमुखले फेसबुकबाट राजिनामा दिँदैछन् भन्ने अर्को समाचार आयो । तर यस घटनाका सम्बन्धमा फेसबुकका संस्थापक मार्क जकरवर्गको धारणा आएन । यति ठूलो घटना हुँदा पनि मौन रहे, जसले केहि शंका उपशंकाहरु पनि उब्जायो, डिलिट फेसबुकलाई झनै मलजल गर्यो ।
अन्तत: सबै दुविधाहरुलाई चिर्दै घटना सार्वजनिक भएको पाँच दिन पछि मार्क जकरवर्गले आफ्नो धारणा फेसबुक पोष्ट मार्फत राखे ।
“प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्नु फेसबुकको कर्तव्य हो, यदि सुरक्षित राख्न सक्दैनौँ भने प्रयोगकर्ताका लागि हामी योग्य छैनौँ” फेसबुक सिइओ मार्क जकरवर्गले, आफ्नो पोष्टमा लेखेकाछन् ।
“फेसबुक मैले सुरु गरेको हुँ, फेसबुकमा हुने कुराहरुमा म नै जिम्मेवार रहन्छु । फेसबुकलाई सुरक्षित बनाउन म प्रतिबद्ध छु । क्याम्ब्रिज एनालिटिकासँगको जस्तो घटना अहिलेका एपहरुसँग हुँदैन, तर जे भयो त्यसलाई परिवर्तन गर्न पनि सकिन्न । हामीले पहिलेका आफ्ना अनुभवहरुबाट सिकेर फेसबुकलाई अझै सुरक्षित बनाउँदैछौँ।” भन्दै जकरवर्गले प्रयोगकर्ताहरु सँग माफी मागेकाछन् । यस घटनापछि फेसबुक एपहरुको लागि नयाँ नियम ल्याउन लागिएको जानकारी पनि जकरवर्गले गराएकाछन् ।
गर्ने के?
फेसबुक लगायत हामीले प्रयोग गर्ने विभिन्न एपहरुले के, कसरी काम गर्छ, प्रयोग गर्नु अघि प्रयोगकर्ताले बुझ्नु जरुरी छ । फेसबुक, ट्विटरमा फलानाले यस्तो भन्यो, त्यस्तो भन्यो भन्ने एप् चलाउँदै गर्दा यो एपले के-के जानकारी माग्छ सजग हुनुपर्छ । यसका अलावा आफ्नो फोन तथा फेसबुक अकाउन्टमा राखिने एप्सहरुले के कस्तो सहमति माग्छन् याद गर्नुपर्छ । जस्तो, कहिले फोटो वा क्यामेराको आवश्यकता नपर्ने मोबाइल एपले मोवाइलको क्यामेराको ‘एक्सेस’ माग्यो भने, यसलाई किन क्यामेरा चाहियो भनेर एक पटक सोचौँ । प्राय: धेरैजसो एपले तपाईको कन्ट्याक्ट लिस्टको एक्सेस मागिरहेको हुन्छ, त्यस्ता एपहरुलाई सोच, विचार गरेर मात्र एक्सेस दिनुपर्छ ।
फेसबुक, ट्विटर, गुगलको सेटिङ्समा गएर हेर्नु भयो भने तपाईले आफ्नो तथ्यांक कुन कुन एपलाई दिनुभएको छ, देख्न सकिन्छ । त्यहाँ गएर काम नलाग्ने वा प्रयोगमा नभएका एपहरुलाई हटाउन सक्नुहुन्छ ।
क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई दिएको अन्तरवार्ता
च्यानल फोर न्युजको स्टिङ अपरेसन
मार्क जकरवर्गको स्विकारोक्ति
फेसबुक तथ्यांकको दुरुपयोग र घटनाक्रम
सन्दर्भ सामाग्री तथा तस्विर स्रोत: द गार्डियन, न्युयोर्क टाइम्स, भर्ज

Comments
Post a Comment