अनि मैले पनि “हेए माईट” भन्न थालेँ।
जिन्दगीको २३ बर्ष “नमस्कार”, “ओई”, “ओहो! के छ हालखबर”, “भाइ, सुन त”, “दाइ सुन्नुस् त” जस्ता सम्बोधनबाट वार्तालाप सुरु गरेर सकियो। त्यसपछि पलायन भईयो। त्यहाँ एक दशक बिताउँदा आफ्नै पारामा “हेलो” “हाई”, “एक्स क्युज मी”, “ए ! तपाई नेपाली हो” जस्ता सम्बोधनले वार्तालाप सुरु गरियो । अर्को अर्थमा भन्दा, यसैमा बानी परिसकेको थियो, त्यहाँ यही ढगंले बोलाउनु पर्छ भन्ने थिएन। मान्छेहरू सम्बोधन गरेकै आधारमा व्यवहार गर्दैनथे। आफुलाई जे ठिक लाग्छ त्यही अनुसार सम्बोधन गर्दा हुन्थ्यो। त्यसपछि जिन्दगीको नयाँ अध्याय सुरु गर्न गुँड सारेर बिल्कुलै नयाँ ठाउँमा लागियो।
१४ घन्टाको फ्लाईटबाट निस्केर ईमिग्रेसनमा पुग्ने बित्तिकै एउटा पुलिस आएर “हेए माईट” भन्यो। यताकाले “माईट” भन्छन् भनेर त पहिलै यता आएका साथीहरूले च्याटमा “अ’राईट माईट” भनेको सुनेको थिएँ तर के, कति, कस्तो ठाउँमा, कति मात्रामा “माईट” प्रयोग गर्नु पर्ने हो भनेर चाँहि राम्रो संग बुझेको थिईन। ईमिग्रेसन सकेर बाहिर पुग्ने बित्तिकै एउटा साउथ एसियन उबर ड्राईभर “हेए माईट” भन्दै आयो र छुट्ने बेलामा “अ’राईट माईट” भनेर गयो।
नयाँ ठाउमा जिन्दगीको नयाँ अध्याय सुरु गर्दैगर्दा, घर खोज्न होस् या जागिर खोज्न धेरै नै हिँड्नु पर्यो। सधैँ नयाँ नयाँ मान्छेसँग भेट हुन्थ्यो जसलाई भेटे पनि वार्तालाप भने “हेए माईट” बाटै शुरु गर्ने। ग्रोसरीमा होस या कफीसपका काउन्टर, रियलस्टेट एजेन्ट हुन् या जागिर खोज्दिने रिक्रुटर जता गए पनि, जसलाई भेटे पनि सम्बादको शुरुवात “हेए माईट” बाटै गर्छन। आफू भने “हाई”, “हेल्लो”, “एक्स क्युज मी” को बानी लागेको, त्यही अनुसार सुरु गरियो।
एक दिन एक जना साथीसँग कफीसप गईयो, आफ्नो लागेको बानी, गएर “हाई, क्यान ह्याब टु कफि ल्याते” भनेर अडर गरेँ । टेबलमा फर्केपछी साथीले भन्यो, “मु*, पाखे पारा नदेखा न, यहाँ कसैलाई बोलाउनु पर्दा "हेए माईट" भन्ने गर, नत्र यहाँ नयाँ रहेछ भनेर हेप्छन्”। उसको कुरो ठिकै लाग्यो। उसले भन्नु अघि पनि कति ठाउँमा “हाई” “हेल्लो” “एक्स क्युज मी” भन्दा मान्छेले भिन्नै नजरले हेरेको अनुभव लिई सकेको थिए।
मलाई पनि “हेए माईट” भन्न मन नलागेको त होईन तर साह्रै अफ्ठ्यारो लाग्ने हेर्नोस, आफ्नोपन नै नभएको झैँ लाग्ने। झन् साउथ एसियनहरूले भन्दा त "सो अफ" गरेको झैँ लाग्ने। जे जस्तो भए पनि पलायन भै नै हालियो, देश अनुसारको भेष गर्नुमा नै भलाई छ भन्ने ज्ञान नभएको पनि होइन। त्यसैले धेरै पटक ग्रोसरी, कफिसपहरूमा जाँदा आज त “हेए माईट” भन्छु भन्छु भनेर आटँ गरेँ तर पटक्कै निस्केन मुखबाट, कता कता आफैँलाई लाज लागे झैँ लाग्ने। आएको डेढ महिना भै सक्दा पनि एक पटक पनि “हेए माईट” भन्न सकिरहेको थिईन।
एक विकईन्डको साँझ जहान सँगै रेस्टुरेन्टमा खान खान गइयो। त्यँहा पनि शुरुमा “हेए माईट” भन्न मन नलागेको त होईन तर आफ्नो मनको दकस त्यसमाथी जहान पनि साथमै थिईन, लाज लाग्यो हेर्नोस्। “हाई” बाटै काम चलाएर अडर दिईयो। तर मनमा भने आज पनि “हेए माईट” भन्न सकिएन झै लागिरह्यो। एक बोतल बियर सक्दा रमरम पारी सकेको थियो, अर्को बोतल अडर गर्न वेटर बोलाउनु पर्ने भयो अनि मैले फ्याट्ट हात उठाए र भनेँ “हेए माईट, क्यान आई ह्याब ओन मोर बियर?”। जहानले पुलुक्क मेरो मुखमा हेरेर मुसुक्क हाँस्दै भनिन्, “ल्या, तिमीले पनि माईट भन्न सुरु गर्यौ?” मैले पनि मुसुक्क हाँस्दै भने “हो त, मैले पनि हेए माईट भन्न थालेँ”।

यो कथा हाम्रो ईमेलमा आइपुगेको हो । लेखकले आफ्नो नाम खुलाउन नचाहेका कारण, लेखकको नाम गोप्य राखिएको छ ।
Comments
Post a Comment