अनि मैले पनि “हेए माईट” भन्न थालेँ। जिन्दगीको २३ बर्ष “नमस्कार”, “ओई”, “ओहो! के छ हालखबर”, “भाइ, सुन त”, “दाइ सुन्नुस् त” जस्ता सम्बोधनबाट वार्तालाप सुरु गरेर सकियो। त्यसपछि पलायन भईयो। त्यहाँ एक दशक बिताउँदा आफ्नै पारामा “हेलो” “हाई”, “एक्स क्युज मी”, “ए ! तपाई नेपाली हो” जस्ता सम्बोधनले वार्तालाप सुरु गरियो । अर्को अर्थमा भन्दा, यसैमा बानी परिसकेको थियो, त्यहाँ यही ढगंले बोलाउनु पर्छ भन्ने थिएन। मान्छेहरू सम्बोधन गरेकै आधारमा व्यवहार गर्दैनथे। आफुलाई जे ठिक लाग्छ त्यही अनुसार सम्बोधन गर्दा हुन्थ्यो। त्यसपछि जिन्दगीको नयाँ अध्याय सुरु गर्न गुँड सारेर बिल्कुलै नयाँ ठाउँमा लागियो। १४ घन्टाको फ्लाईटबाट निस्केर ईमिग्रेसनमा पुग्ने बित्तिकै एउटा पुलिस आएर “हेए माईट” भन्यो। यताकाले “माईट” भन्छन् भनेर त पहिलै यता आएका साथीहरूले च्याटमा “अ’राईट माईट” भनेको सुनेको थिएँ तर के, कति, कस्तो ठाउँमा, कति मात्रामा “माईट” प्रयोग गर्नु पर्ने हो भनेर चाँहि राम्रो संग बुझेको थिईन। ईमिग्रेसन सकेर बाहिर पुग्ने बित्तिकै एउटा साउथ एसियन उबर ड्राईभर “हेए माईट” भन्दै आयो र छुट्ने बेलामा “अ’राईट माईट” भन...