अपडेट: माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज स्टोरमा राख्ने भएकोछ । एमएस पेन्ट हटाइने खबर फैलिएपछि, माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज अपरेटिङ सिस्टमबाट हटाइएपनि, विन्डोज स्टोरमा राखिने कुरा आफ्नो ब्लगमा उल्लेख गरेको हो । एमएस पेन्ट चलाउन चाहनेहरुले विन्डोज स्टोरबाट डाउनलोड गरेर निशुल्क चलाउन सक्नेछन् ।
सन् १९८५ मा माइक्रोसफ्ट विन्डोजको पहिलो भर्सनसँगै सार्वजनिक भएको माइक्रोसफ्ट पेन्ट (एमएस पेन्ट), विन्डोज १० को नयाँ अपडेटसँगै बन्द हुने भएकोछ । माइक्रोसफ्टका अनुसार अब सार्वजनिक हुने क्रम'मा रहेको विन्डोज १० को नयाँ अपडेटमा एमएस पेन्ट सफ्टवेयर समावेश गरिएकोछैन ।
विन्डोज कम्प्युटर चलाउने सबैको पहिलो "ग्राफिक इटिडिङ टुल" एमएस पेन्ट हो भन्दा फरक नपर्ला । कम्प्युटर चलाउन थालेदेखि वा भनौँ ब्लगका सुरुवातका दिनमा ब्लगमा प्रयोग गरिएका ग्राफिक्सहरु एमएस पेन्टकै सहारामा सम्पादन गर्ने गर्थेँ । सबैको पहिलो ग्राफिङ इटिडिङ टुल'लाई माइक्रोसफ्टले ३२ वर्षपछि बिदा दिँदैछ । एसएस पेन्ट सँगै आउटलुक एक्सप्रेस पनि विन्डोजबाट हट्ने भएको छ ।
यस अघि नै माइक्रोसफ्टले विन्डोज १० मा "पेन्ट थ्रीडी" सफ्टवेयर ल्याइसकेको छ, जसबाट थ्रिडी र टुडी ग्राफिक्स बनाउन सकिन्छ । तर पेन्ट थ्रीडी एमएस पेन्टकै विकल्प भने होइन ।
तस्विर: ट्विटर @Economistaken
- - -

RIP MS Paint. RIP our childhoods pic.twitter.com/UpNYEDe4cA— Ramsha (@Economistaken) July 24, 2017
तस्विर: ट्विटर @Economistaken
Comments
Post a Comment