इन्टरनेट विनाको ईमेल ? 🤔
५९ औँ प्रहरी सञ्चार दिवसको अवसरमा आइतबार नेपाल प्रहरीले इन्टरनेट बिनाको ईमेल प्रविधिको सुरुवात गरेकोछ । हाइ फ्रिक्वेन्सी रेडियो डाटा (H.F. Radio Data) को प्रयोग गरेर यस किसिमको प्रविधि सुरु गरेको नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । यो मिलिट्री स्ट्यान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड रेडियो (Software-defined radio) प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै ईमेल पठाउन सकिन्छ । यो प्रविधिलाई ईन्टरनेट सर्भर सँग जडान गरिने हो भने, इन्टरनेट चलाउन सकिन्छ । त्यस्तै ईमेल सर्भर सँग जडान गरिने हो भने व्यक्तिगत ईमेल ठेगानामा, यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ ।
ईन्टरनेट नपुगेको ठाउँबाट अब प्रहरीले यसै प्रविधि मार्फत ईमेल, फोटो पठाउन सक्नेछन् । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि भएकोले नेपाल प्रहरीका लागि यो प्रविधि उपयोगी हुने देखिन्छ । यसका साथै दैवी प्रकोप र अन्य विपत्तीहरुमा सूचना आदान प्रदान गर्न यो प्रविधि प्रयोग गरेको खण्डमा निकै लाभदायक हुने देखिन्छ ।
स्रोत: नेपाल प्रहरीको फेसबुक पेज

Comments
Post a Comment