Skip to main content

नेट टिभी - मोवाइलमा नेपाली टिभी च्यानलहरु हेर्ने सजिलो तरिका

net tv nepal

अनलाइनमा नेपाली टिभी च्यानलहरु हेर्नको लागि भनेर दर्जनौँ मोबाइल एप अनि सयौँको सङ्ख्यामा वेबसाइटहरु छन्। तर आफूले हेर्न खोजेको बेला अधिकांशले काम गर्दैनन् । अर्को कुरा इन्टरनेट 'स्पिड' का कारण, नेपालमा इन्टरनेटमा टिभी हेर्न सजिलो पनि छैन ।

गत हप्ता नेपाल र केन्याविच किर्तिपुरमा भएको क्रिकेट म्याच 'एन टिभी प्लस' (नेपाल टेलिभिजन) ले प्रत्यक्ष प्रशारण गरेको थियो । नेपाल टेलिभिजनकै साइटमा उक्त खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था थियो । केही मिनेट ढिलो गरि आइरहेको प्रशारण, त्यसमाथि राम्रो भनिएको इन्टरनेटमा पनि भिडियो अड्किरहने समस्या भयो ।  यसै त कमशल गुणस्तरको भिडियो, त्यसमाथि अनेक समस्या, जति नै प्रयास गरेपनि एनटिभीकै साइटमा उक्त प्रशारण हेर्न सकिएन । त्यसपछि विकल्पको रुपमा युट्युब च्यानलहरु चहारियो, करिब दर्जन जति युट्युब च्यानलहरुमा उक्त खेलको प्रत्यक्ष प्रशारण आइरहेको थियो, जुन एनटिभीको साइटमा भएको भन्दा राम्रो त थियो, तर आफूले खोजेजस्तो भेटिएन । अफिसमा कर्मठ दाइले सुझाउनु भयो, नेट टिभीको एप्‌मा राम्रो आइरहेको छ, लौ यसैलाई टिभी स्क्रिनमा हेर्ने व्यवस्था मिलाउँ । अन्तिम विकल्पको रुपमा नेट टिभीको एन्ड्रोइड एपमा टिभी चलाइयो, अनि क्रोमकास्ट मार्फत टिभी स्क्रिनमा प्रोजेक्ट गरेर उक्त खेल हेरियो ।

नेट टिभी एप धेरैको लागि नौलो नहुनसक्छ । १ लाख भन्दा धेरै पटक डाउनलोड भइसकेको नेट टिभी एप्, सन् २०१५ को अन्त्यतिर सार्वजनिक गरिएको हो । पहिले चलाइएका टिभी हेर्ने एप्‌हरुले दिएको दुखका कारण, यो पनि उस्तै नै त हो भनेर चलाएको थिइन । गतवर्ष उनीहरुले वल्डलिंक तथा भायानेट मार्फत आइपी टिभी सुरु गरेपछि भने, नेट टिभीका बारेमा चासो बढेको थियो ।


नेट टिभीमा कसरी टिभी हेर्ने?
नेट टिभीमा टिभी हेर्ने दुईवटा विकल्प छन् । पहिलो फ्रि च्यानलहरु; यस अन्तर्गत सम्पूर्ण नेपाली टिभी च्यानलहरु तथा केही विदेशी च्यानलहरु निशुल्क हेर्न सकिन्छ । दोस्रो - श:शुल्क च्यानल; यस अन्तर्गत नेट टिभीमा उपलब्ध सय भन्दा धेरै च्यानलहरु पैसा तिरेर हेर्न सकिन्छ ।

नेट टिभी हेर्नको लागि, मोबाइलमा एप डाउनलोड गरिसकेपछि एप्‌मा खाता खोल्नुपर्छ (साइन अप)। साइन अप गरेपछि नेपाली तथा विदेशी टिभी च्यानलहरु हेर्न सकिन्छ । नि:शुल्क भनिएका च्यानलहरु त प्रयोगकर्ताले नि:शुल्क नै हेर्न पाइहाल्छन् । श:शुल्क हेर्नुपर्ने च्यानलहरु भने प्रयोगकर्ताले प्रति च्यानल, प्रति महिना १० रुपैँया तिर्नुपर्छ (एकमुष्ट प्याकेजमा शुल्क फरक पनि हुनसक्छ) । आफूलाई हेर्न मनलागेको श:शुल्क च्यानलहरुका लागि, टिभी च्यानल छानेर आइपे, ईसेवा लगायतबाट सजिलै पैसा तिर्न सकिन्छ ।

एप्‌मा लाइभ टेलिभिजनका अतिरिक्त, समाचार, देशी-विदेशी चलचित्रहरु, तथा टेलिभिजन कार्यक्रमहरु हेर्न पाइन्छ । स्थानिय स्तर (नेपालमै) होस्ट गरिएका कारण एप्‌मा सम्पूर्ण टिभीहरु, सरर चल्छन् । केही चलचित्र तथा टेलिभिजन कार्यक्रमहरु भने युट्युबमा राखिएकाछन् ।

net tv

भविष्यमा के हुन सक्ला?
संसारभरि नै 'अन-डिमान्ड भिडियो सर्भिस'को प्रयोग बढिरहेको छ । नेटफ्लिक्स, एचबिओ नाउँ, हुलु, अमेजन भिडियो सर्भिस आदि अहिलेका चर्चित भिडियो अन डिमान्ड सर्भिसहरु हुन् । नेटफ्लिक्स, हुलु आदिकै लागि भनेर दर्जनौँ कार्यक्रमहरु निर्माण तथा प्रशारण हुँदै आएकाछन् ।

नेट टिभीले साँच्चै नै अन-डिमान्ड अनलाइन कन्टेन्टमा हात हाल्ने हो भने, अहिलेलाई आफ्नै कार्यक्रम निर्माण नगरेपनि नेटफ्लिक्स जस्ता कम्पनीसँग सहकार्य गर्नसक्छ । नेटफ्लिक्स नेपालमा उपलब्ध भएपनि, पैसो तिर्ने बाटो नभएका कारण प्रयोगकर्ताले हेर्न पाएका छैनन्, यसको विकल्पको रुपमा अहिले 'टोरेन्ट'बाट डाउनलोड गरेर कार्यक्रमहरु हेरिन्छ । तर नेटटिभीमा नेटफ्लिक्सका भिडियोहरु आउने हो भने, इन्टरनेट टिभीका लागि तम्तयार जमातले पक्कै पनि आफूलाई मन परेका कार्यक्रमहरु पैसो तिरेर, स्थानिय स्तर मै हेर्नेछन् । अर्को कुरा, सिमित आइएसपीमा उपलब्ध नेटटिभी भविष्यमा अरु आइएसपीमा पनि उपलब्ध हुनसक्लान्, जुन नेटटिभीको सेट-टप बक्स प्रयोग गरेर हेर्नसकिन्छ ।

अहिले पनि एप्‌मा उपलब्ध केही टिभिहरु 'अफलाइन' छन् । सबै टिभीहरु अनलाइन, सुचारु रुपले चलाउन पनि नेट टिभीलाई चुनौती हुनसक्ने देखिन्छ । भर्खर भर्खर इन्टरनेटको 'स्पिड'मा सुधार हुँदै गइरहेको परिप्रेक्षमा, नेट टिभी केही समय नेपालमा टिकेर चल्ने हो भने, अनडिमान्ड कन्टेन सर्भिसमा एउटा ठूलो कोसेढुंगा बन्नेछ ।

नेट टिभी हेर्नको लागि एप् डाउनलोड गर्नुहोस् । (नोट: नेट टिभी नेपालमा मात्र हेर्न मिल्छ)
एन्ड्रोइडका लागि नेट टिभी एप
आइफोन / आइप्याडका लागि नेट टिभी एप

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

SLC Result 2065/2066

Download SLC Result 2065/2066. SLC को रिजल्ट हुँदैछ भनेपछि, कम्प्युटरमा आँखा जोडेर बसियो रिजल्ट हेर्न, कारण धेरैले नम्बरहरु दिएकाथिए, रिजल्ट हेरिदे भन्दै । हुन त रिजल्ट थाहा पाउन एसएमएस,फोन सबै छ तर पनि अहिले चाहिएको बेला इन्टरनेटमा हेर्न खोज्दा निकै समस्या पर्‍यो । नतिजा देखाउने साइटहरु खुल्दै नखुल्ने भए, कुनै साइट त क्र्यास नै भए । खुलेका साइटहरुले पनि रेसपोन्ड गर्न छाडे । बल्लतल्ल कसो कसो ‌ईकान्तिपुर बाट .txt फर्म्याटमा रिजल्ट डाउनलोड गरेँ, अनि धेरै प्रयासपछि दैनिकी डटकम बाट पनि .pdf फर्म्याटमा रिजल्ट डाउनलोड गरेँ । कोठामा भिड बढ्दैगयो, रिजल्ट हेरिदेउ भन्दै साथीहरुको । खै मेरो मा साइट नै खुल्दैन भन्न थाले, अनि अनलाइनमा भेटिएका साथीले पनि रिजल्ट हेर्न सकिएन भने, अत: समस्या केही मात्र भएपनि हल होला भनेर, दैनिकी डटकम बाट डाउनलोड गरेको .pdf फाइल र ईकान्तिपुरबाट डाउनलोडगरेको .txt फाइललाई मैले zip गरेर मैले फेरी अपलोड गरेको छु । तलको लिंक क्लिक गरेर डाउनलोड गरि रेगुलर र एक्जाम्टेड को रिजल्ट हेर्न सकिन्छ । .zip फाईल मा चाँहि Distinction, 1st, 2nd Division आदि सबै छुट्याइएको छ र फाइल साइज प

ठगाईमा उपभोक्ता

के तपाईहरुलाई थाहा छ, एनटिसि, स्पाइस र युटिएल का रिचार्ज कार्डहरुका कारण ठूलो संङ्ख्यामा उपभोक्ता ठगिएकाछन् भने व्यापारीहरु यसैबाट लाखौँ कुम्ल्याउँदै छन् । खासमा याद नगरिने तर प्राय: सँधै खड्किने कुरा हो, ब्यालेन्स ट्रान्सफर या नयाँ रिचार्ज कार्ड किन्दा त्यससँगै व्यापारीलाई दिनुपर्ने चार्ज । चाहे तपाई, १०, २०, ५० या १०० वा २०० कै रिचार्ज किन नगर्नुहोस्, व्यापारीहरु ले हामी बाट ५ रुपैँया बढि लिन्छन् । १० को रिचार्ज गर्नुपरे, १५ रुपैँया, अनि १०० को रिचार्ज गर्नु परेपनि १०५ रुपैँया । विचार गरौँ त, व्यापारीहरुले १०० रुपैँया कै कार्डबाट अधिकतम ५० रुपैँया सम्म कमाउन सक्ने रहेछन्, यदि त्यसबाट १० जनाले १०-१० रुपैँया को रिचार्ज गरेमा ! नेपाल टेलिकम ले ५० र १०० रुपैयाँ को रिचार्ज कार्डहरु भर्खरै निकालेको छ । अनि ती कार्डहरुमा अधिकतम खुद्रा मुल्य भनेर क्रमश ५१ रुपैँया र १०२ रुपैँया राखिएको छ, भ्याट सहित । तर ती कार्डहरु आम उपभोक्ता ले किन्दा भने क्रमश ५५ रुपैयाँ र १०५ रुपैँया पर्ने गरेको छ, अझ उस्तै ठाऊँमा परे १०० रुपैँया को कार्डलाई ११० रुपैँया नै लिनेगरिएको छ । के व्यापारीहरुले, साइबर क्याफे, प

प्रवृत्ति

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post