सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal फलो गर्न सकिन्छ। इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्...