फेसबुक, ट्विटर, युट्युब लगायतका साइटहरु मोबाइलमा चलाउनेको संख्या दिनहुँ बढ्दो छ। भन्ने नै हो भने, नेपाल लगायत एसियाली देशहरु मोबाइल 'फस्ट' भनेर चिनिएकाछन् । हामीकहाँ कम्प्युटरमा इन्टरनेट चलाउनेको भन्दा मोबाइलमा इन्टरनेट चलाउनेको संख्या धेरै छ, र यही ट्रेन्ड नै जारी रहनेछ । नेपालमा ६० लाख भन्दा धेरै प्रयोगकर्ताहरुले फेसबुक चलाउँछन् । नेपालका अधिकांश भेगमा मोबाइल डाटा उपलब्ध छ, कहीँ राम्रो चल्ला, कहीँ नेटवर्क कमजोर होला, तर देशमा टुजी र थ्रिजीको राम्रो पहुँच छ भन्दा फरक नपर्ला । तर एनसेल, एनटिसी लगायतका डाटा प्रयोगकर्ताहरुको एउटै गुनासो हुन्छ, डाटाले पैसो स्वाहा पार्यो, केही चलाएकै हुन्न, त्यही नि पैसो जान्छ आदि इत्यादि ।
त्यसो त नेपालका अन्य इन्टरनेट सेवा प्रदयाक (आइएसपी)हरुले पनि 'भोल्युम बेस्ड' इन्टरनेट सेवा दिइरहेकाछन्, डाटा हुन्जेल छिटो चल्ने फेसबुक, ट्विटर, युट्युब आदि, हाइस्पिड डाटा सक्किएपछि ढिलो चल्न थाल्छन् । वाइफाइ प्रयोगकर्ताहरु पनि मोबाइलमा विभिन्न साइट र एप्सहरु चलाइरहेका हुन्छन्, तर प्रयोगकर्ताहरु वाइफाइ चलाउँदा, मोबाइल डाटा चलाउँदा जस्तो चनाखो देखिन्नन् । अत: इन्टरनेटको हाइस्पिड डाटा छिटो सकिन्छ, अनि इन्टरनेट धिमा गतिमा चल्न थाल्छ ।
मोबाइल डाटा तथा भोल्युम बेस्ड वाइफाइ इन्टरनेट चलाउँदा, यी निम्न तरिकाहरु अपनायौँ भने, इन्टरनेट डाटा बचत गर्न सक्छौँ ।
१) ब्याकग्राउन्ड डाटा बन्द गर्ने
एन्ड्रोइड फोनको ब्याकग्राउन्डमा विभिन्न एपहरु चलिरहेका हुन्छन् । कुनैले नयाँ ईमेल चेक गरिरहेका होलान् भने कुनैले फेसबुक वा ट्विटरको नयाँ नोटिफिकेसन । अत: हामीले मोबाइलमा डाटा कनेक्ट गरेर कुनै एप् चलाएका छैनौँ भने पनि ब्याकग्राउन्डमा भइरहेका गतिविधिले हाम्रो डाटा घटिरहेको हुन्छ, पैसो गइरहेको हुन्छ । अत: मोबाइलमा डाटा बचत गर्नको लागि फोनको सेटिङबाट डाटा प्रयोगमा गएर ब्याकग्राउन्ड डाटा अफ गर्न सकिन्छ ।
२) प्लेस्टोरको अटो अपडेट बन्द गर्ने
मोबाइलमा राखिएका एप्सहरुमा दिनहुँ नयाँ अपडेट आइरहेका हुन्छन् । अब एप्सहरुको नयाँ संस्करण नै आउने भएपछि त अपडेट गर्नै पर्यो, तर मोबाइल डाटा जोगाउनको लागि प्लेस्टोरको अटो अपडेट बन्द गर्न सकिन्छ । या भनौँ, वाइफाइमा मात्र एप्स अपडेट हुने सेटिङ्स गर्न सकिन्छ, प्लेस्टोरको सेटिङस्बाट।
पहिले पहिले, इन्टरनेट चलाउनलाई 'ओपेरा मिनी' राख्ने सल्लाह दिइन्थ्यो, हिजोआज चाँहि मिनीको सट्टा ओपेरा म्याक्स चलाउने सल्लाह दिने गरेको छु । ओपेरा सफ्टवेयरले मोबाइल डाटा बचत गर्नको लागि 'ओपेरा म्याक्स' एप ल्याएकोछ, जसलाई अन गरेपछि ५० प्रतिशत सम्म डाटा बचत हुने, ओपेराको दावी छ । ओपेरा म्याक्स मोबाइल डाटा र वाइफाइ दुवैमा प्रयोग गर्न सकिन्छ । ओपेरा म्याक्स प्लेस्टोरमा उपलब्ध छ । (ब्याकग्राउन्ड डाटा बन्द गरेको खण्डमा ओपेरा म्याक्स नचल्न नि सक्छ, अत: ओपेरा म्याक्स प्रयोग गर्दै हुनुहुन्छ भने, ब्याकग्राउन्ड डाटा चल्नदिनुहोला)
४) क्रोम ब्राउजरमा डाटा सेभर अन गर्ने
गुगलको क्रोम ब्राउजरमा डाटा सेभ गर्नको लागि 'डाटा सेभर' भन्ने अप्सन छ । 'डाटा सेभर' अन गरेको खण्डमा गुगलले, हामीले क्रोममा हेर्ने साइटहरुलाई मोबाइलको लागि अप्टिमाइज गरिदिन्छ । क्रोम ब्राउजरमा डाटा सेभ गर्नको लागि क्रोमको सेटिङस्बाट डाटा सेभर अन गर्न सकिन्छ ।
बोनस: क्रोम डाटा सेभर, डेस्कटपमा पनि उपलब्ध छ । यदि तपाई डेस्कटप ब्राउजरमा धेरै साइटहरु हेर्नुहुन्छ र भोल्युमबेस्ड इन्टरनेट छ भने, गुगलको क्रोम वेबस्टोरबाट डाटा सेभर एक्सटेन्सन आजै राख्नुहोस् । डाटा सेभर क्रोममा राख्नै पर्ने एक्सटेन्सन हो ।
Comments
Post a Comment