हिजोआज ट्विटरमा सेयर हुने प्राय: लिंकहरुमा अगाडी 'लिङ्कइज' (ln.is) झुन्डिएको हुन्छ । ट्विट गर्नेहरुले सायद पत्तो पाउँदैनन् तर उनीहरुका फलोवरका लागि भने यो 'लिङ्कइज', आतंक को दोस्रो नाम झैँ भएको छ, ट्विटरमा । जुनसुकै लिंक खोल्दा पनि ब्राउजरमा माथि लिङ्कइजको बार देखिन्छ ।
लिङ्कइजलाई एकपटक ट्विटरमा कनेक्ट गरिसकेपछि, हामीले ट्विट गर्ने हरेक लिंकहरु अटोमेटिक रुपमा लिङ्कइजको लिङ्कमा परिवर्तन हुन्छ।
लिङ्कइज कसरी हटाउने?
यदि तपाईले ट्विट गरेका लिंकहरु अटोमेटिक रुपमा लिङ्कइजमा परिवर्तन भइरहेकाछन् भने ट्विटरको सेटिङबाट एपमा जानुहोस् (ट्विटर एप सेटिङ, मोबाइलमा उपलब्ध छैन, अत: तपाईले ल्यापटप/कम्प्युटरबाट ट्विटरको एप सेटिङमा जानुपर्नेहुन्छ)।
लिङ्कइजले आफ्नो एपको नाम परिवर्तन गरेर 'बुस्ट योर सेल्फ प्रमोशन' (Boost your self-promotion) नाम राखेको छ, अत: ट्विटरको एप सेटिङमा 'बुस्ट योर सेल्फ प्रमोशन' भन्ने एप खोज्नुहोस् र त्यसको छेउमा रहेको 'रिभोक एक्सस' (Revoke Access) बटन क्लिक गर्नुहोस् । यति गरेपछि तपाईको ट्विट लिङ्कइजबाट मुक्त हुन्छ।
Go to Twitter settings > app and revoke access to "Linkis".— Aakar Anil (@aakarpost) July 9, 2016
Stop spreading malware! Linkis is tooooo annoying! #SMM #socialMediaTips
Update: लिङ्कइजले आफ्नो नाम परिवर्तन गरेको छ । 'Put your button on any page' भन्ने एपलाई ट्विटरको सेटिङ्समा गएर हटाउनुपर्छ । ट्विटरको एप सेटिङ डेस्कटप/वेब भर्सनमा मात्र उपलब्ध छ।
Looks like, Linkis changed its name to "Put your button on any page" https://t.co/dgLdfEsonx Go to Twitter settings & revoke access to it!— Aakar Anil (@aakarpost) September 22, 2016
Update:लिङ्कइजले फेरि पनि आफ्नो नाम परिवर्तन गरेको छ । Linkis: turn sharing into growth भन्ने एपलाई ट्विटरको सेटिङ्समा गएर हटाउनुपर्छ ।
लिङ्कइज ln•is ले फेरि पनि आफ्नो नाम परिवर्तन गरेर 'Linkis: turn sharing into growth' राखेछ । हटाउँ है हटाउँ यसलाई ! https://t.co/luC9xyFlAO
— Aakar Anil (@aakarpost) March 20, 2017
Comments
Post a Comment