आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु।
नागको चित्र कसरी बनाउने?
सादा कागजमा पहिले 'ब्र्याकेट' ( ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ ।
विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् ।
नाग पञ्चमी के हो? कसरी मनाइन्छ? (हाम्रो पात्रोबाट साभार)
आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसँग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भनेँ हाम्रो सँस्कारलाई नागपन्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो । श्रावण शुक्लपक्षको पन्चमीमा पर्ने यस दिन नागदेवताका लागी छुट्याइएको दिन हो, यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जस्मा अनन्त, वासुकी, शेष, पधम, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यि सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।
यिनै नागहरु अकिंत चित्र र डोराहरु लिएर ब्राह्मण पुरोहितहरु आआफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दुबो र डोरो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।
नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परिक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे । उक्त यज्ञको हवन कुण्डमा यति शतिmशाली आगो प्रज्वलीत हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क पर्दछन् । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् । यस दिन नागदेवताको पूजा अर्चनाकालागी दुध, मिठाई, फूल अनि धान भूटेर तयार भएको लाभा (अर्थात भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नागदेवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पुजा गरिन्छ ।

Comments
Post a Comment