केही हप्ता देखि एउटा मोबाइल एपको चर्चा चुलिँदै गएको छ, इन्स्टाग्रामका फिडहरुमा पेन्टिङ जस्ता फोटोहरु छ्यापछ्याप्ति देखिन थालेकाछन् । इन्स्टाग्रामका फिल्टरहरुको सट्टामा धमाधम यही मोबाइल एपका फिल्टरहरु चलाउन थालिएकोछ । आइफोन प्रयोगकर्ताहरुका माझ परिचित प्रिज्म एप, अब एन्ड्रोइडको लागि उपलब्ध भएको छ । प्रिज्म एप मार्फत, विभिन्न फिल्टरहरु लाएर, आफ्नो फोटोलाई पिकासोको पेन्टिङ जस्तै कलात्मक बनाउन सकिन्छ ।
प्रत्येक फोटोलाई कलामा बदल्नुस् (Turn Every Photo into Art) भन्ने ट्यागलाइन सहित आएको प्रिज्म एपले मेसिन लर्निङको (डाटाहरुको मद्दतले कम्प्युटरलाई पढाउने/सिकाउने) मद्दतले तपाईका हरेक फोटोहरुलाई कलात्मक पेन्टिङमा बदलदिन्छ। भ्यान गग्, पिकासो लगायत प्रख्यात कलाकारहरुको शैली (तरिका) प्रिज्म एपबाट बनाइने पेन्टिङमा देख्न सकिन्छ ।
प्रिज्म एपले मेसिन लर्निङ पद्धतिबाट, हामीले अपलोड गरेको फोटोलाई पढेर, विश्लेषण गरेर, हामीले छान्ने फिल्टर अनुसार, नयाँ फोटो बनाउने भएका कारण, प्रिज्म एप चलाउन इन्टरनेट अावश्यक हुन्छ । सरल रुपमा भन्दा, हामीले अपलोड गरेको फोटो, प्रिज्मको कम्प्युटरले पहिले अध्ययन गर्छ, अनि उक्त फोटोलाई हामीले छानेको फिल्टर अनुसार नयाँ फोटो/पेन्टिङ बनाइदिन्छ। हामीले अपलोड गरेको फोटो अध्ययन गरेर, शैली पत्ता लगाएर, सोही अनुसार पेन्टिङ बनाउनु पर्ने भएका कारण, अहिलेको लागि प्रिज्म एप चलाउन इन्टरनेटको आवश्यकता परेको हो । भविष्यमा अफलाइनमै प्रिज्मबाट पेन्टिङ बनाउन सकिएला । हामीले अपलोड गरेको फोटो पढेर, कम्प्युटरले फोटोको बारेमा जान्नु र सोही अनुसार फोटो बनाउनुलाई 'मेसिन (कम्प्युटर) लर्निङ' पद्दति भनेर बुझ्न सकिन्छ ।
नयाँ फोटो खिचेर वा ग्यालरीबाट पुराना फोटो छानेर, प्रिज्मबाट नयाँ फोटो - पेन्टिङ बनाउन सकिन्छ । यसरी प्रिज्मबाट बनाइका फोटो - पेन्टिङ, सिधै फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सोसल नेटवर्कमा सेयर गर्न सकिन्छ । प्रिज्ममा ३० भन्दा धेरै फिल्टरहरु छन्। प्रिज्मले छिट्टै नै भिडियोको लागि पनि फिल्टर सार्वजनिक गर्ने भएको छ ।
एप्पल एप स्टोर तथा गुगल प्लेस्टोरबाट प्रिज्म एप डाउनलोड गर्नुस्।

Prisma launches on Android! #PRISMA pic.twitter.com/v0H2kwkSnF
— Aakar Anil (@aakarpost) July 25, 2016
नयाँ फोटो खिचेर वा ग्यालरीबाट पुराना फोटो छानेर, प्रिज्मबाट नयाँ फोटो - पेन्टिङ बनाउन सकिन्छ । यसरी प्रिज्मबाट बनाइका फोटो - पेन्टिङ, सिधै फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सोसल नेटवर्कमा सेयर गर्न सकिन्छ । प्रिज्ममा ३० भन्दा धेरै फिल्टरहरु छन्। प्रिज्मले छिट्टै नै भिडियोको लागि पनि फिल्टर सार्वजनिक गर्ने भएको छ ।
एप्पल एप स्टोर तथा गुगल प्लेस्टोरबाट प्रिज्म एप डाउनलोड गर्नुस्।
Comments
Post a Comment