"सेफर ईन्टरनेट डे २०१६" को अवसर पारेर, यसवर्ष पनि गुगल'ले आज आफ्नो एकाउन्टको सेक्युरिटि चेकअप गर्ने प्रयोगकर्ताहरुलाई २ जिबी स्पेश गुगल ड्राइभमा निशुल्क थपिदिने भएको छ ।
ईन्टरनेटमा सेक्युरिटि, गम्भिर भएर सोच्नुपर्ने विषय हो । हामी कतिपयले ईन्टरनेटमा एकदमै कमजोर पासवर्ड राखिरहेका हुन्छौँ, आफ्ना व्यक्तिगत डाटाहरु अरुले सजिलै भेट्ने किसिमले सेयर गरिरहेका पनि हुनसक्छौँ। नचाहिएका डिभाइस वा एपहरुमा कनेक्ट गरिरहेका हुनसक्छौँ । त्यसैले, ईन्टरनेटमा सुरक्षित रहौँ भन्ने सन्देश सहित, गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो गुगल एकाउन्टको सेक्युरिटि चेकअप गर्न सुझाएको छ ।
सेक्युरिटी चेकअपमा, तपाईले आफ्नो फोन नम्बर, रिकभरी ईमेल ठिक छ कि छैन, कनेक्ट भएका एप्स र डिभाइस ठिक छन् कि छैनन्, साइन ईन देखाएका लोकेशन ठिक छन् कि छैनन्, आदि चेक गर्नसक्नुहुन्छ। साथै, सेक्युरिटि चेकअप गरेको खण्डमा, गुगल'ले निशुल्क २ जिबी स्पेश गुगल ड्राइभमा उपलब्ध पनि गराउनेछ ।
गत वर्ष पनि गुगल'ले यस्तै किसिमको बोनसको व्यवस्था गरेको थियो । पोहोर, सेक्युरिटि चेकअप गर्नेहरुले पनि, अहिले चेकअप गरेको खण्डमा, फेरि पनि २ जिबी स्पेश बोनस पाउनेछन् । यहाँबाट आफ्नो एकाउन्टको सेक्युरिटि चेकअप गर्नुहोस् । ईन्टरनेटमा सुरक्षित रहनुहोस् ।
(यो पनि --> बलियो पासवर्ड राख्ने तरिका)
Comments
Post a Comment