फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा, च्याटमा डि: पी: सँगै हाहा, हेहे, लोल आदि लेख्ने बानी हामी सबैको छ । कसैलाई हाहा लेख्न मनपर्छ त कसैलाई हेहे, कोही भने ईमोजी नै प्रयोग गर्न रुचाउँछन् । कसैलाई भने 'लोल' को प्रयोग पटक्कै मन पर्दैन । स्माइली वा हाँसोको भाषा नराखी सोसल मिडियामा पोष्ट गर्दा के नपुगेको के नपुगेको लाग्नु स्वभाविक भइसक्यो । यदी जोकमा, च्याटमा स्माईली राखिएको छैन भने, प्रतिक्रिया दिनु अघि सोच्नुपर्ने बेला भइसक्यो, यो जोक नै हो या सिरियस कुरो । यही हाम्रो विभिन्न थरिको हाँसो माथि फेसबुकले अनुसन्धान गरेको थियो, आज त्यही कुरा यहाँ लेख्दैछु ।
केही महिना अघि न्युयोर्करमा छापिएको एउटा लेखबाट प्रभावित भएर फेसबुकले, प्रयोगकर्ताहरु फेसबुकमा कसरी हाँस्छन् भन्नेबारेमा अघिल्लो हप्ता रमाइलो तथ्य सार्वजनिक गरेकोछ । मे महिनाको पछिल्लो हप्तामा फेसबुकले, 'पोष्ट्' तथा प्रतिक्रियाहरुमा लेखिएका (हाँसो जनाउने शब्दहरु) 'हाहा' (haha), 'हेहे/हिही' (hehe), 'इमोजी' (emoji), 'लोल' (lol) आदि शब्दहरुको सुक्ष्म विश्लेषण गरेकोथियो । फेसबुकले अमेरिकी प्रयोगकर्तामाथि गरेको अनुसन्धानमा, उक्त हप्ता १५ प्रतिशत प्रयोगकर्ताहरुले आफ्नो पोष्ट तथा कमेन्टमा हाँसो जनाउने शब्दहरु लेखेकाथिए।
फेसबुक'का अनुसार सबैभन्दा धेरैले आफ्नो फेसबुक पोष्ट तथा कमेन्टमा 'हाहा' लेखेका थिए । त्यस्तै प्रयोगकर्ताले दोस्रोमा 'इमोजी' तथा तेस्रोमा 'हेहे' प्रयोग गरेकाथिए । हाहा, हेहे मा हाहाहाहहा, हेहेहे/हिहिही आदि सबै समेटिएकोछ ।
उमेर, लिंग र स्थान अनुसार झनै रोचक तथ्य निस्कियो, फेसबुक रिसर्चब्लगमा उल्लेख छ । युवा तथा महिलाहरुले 'ईमोजी' प्रयोग गरेको देखियो भने, अधिकांश पुरुषहरुले 'हेहे' प्रयोग गरेको थाहा पाइयो ।
त्यस्तै सिकागो र न्यु योर्कका प्रयोगकर्ताहरु धेरैजसो 'ईमोजी' राख्ने रहेछन् भने, सियाटल् र सान फ्रान्सिस्कोका प्रयोगकर्ताहरु 'हाहा' प्रयोग गर्न रुचाउने रहेछन् ।
"हेहे/हिही" र "लोल" त आउट-डेटेड नै भइसकेछन् । तपाई चाँहि फेसबुकमा कसरी हाँस्नुहुन्छ?
➤ आकारपोष्ट एन्ड्रोइड एप् डाउनलोड गर्नुस्
Comments
Post a Comment