नेपाली मोबाइल एप डेभ्लपर्स र नेपाली प्रयोगकर्तालाई लक्षित गरेर सुरु भएको एप्सझोलाबाट अब एन्ड्रोइड एप्सहरु किन्न र बेच्न सकिने भएकोछ । एप्सझोलाले, परिक्षणको रुपमा अस्ति देखि अनलाइन बाघचाल एपको बिक्रिवितरण सुरु गरेकोछ ।
नेपालमा मोबाइल एप्स बनाइए पनि, गुगल प्लेस्टोरमा राख्न समस्या भएको र एप्समा देखाइने 'विज्ञापन' बाहेक, डेभ्लपर्सले अन्य कुनै स्रोतबाट आम्दानी गर्न नसक्ने भएकोले, एप्सझोलाको सुरुवात गरिएको हो। डेभ्लपरहरुले मोबाइल एप्सबाट ३ किसिमले आम्दानी गर्नसक्छन्:
१) एप्समा विज्ञापन देखाएर
२) एप्स बेचेर
३) फ्रि एप्स तर केही फिचरहरुको लागि पैसा लिएर
नेपाल र नेपालीलाई लक्षित गरेर बनाइएको एप्स, अन्तराष्ट्रिय पे-मेन्ट गेटवे नभएका कारण, गुगल प्लेस्टोरमा राखेर बेच्न सकिने अवस्था छैन, अत: नेपाली डेभ्लपर्सका लागि एप्समा विज्ञापन देखाउनु बाहेक अन्य कुनै विकल्प छैन। पहिलो त नेपालबाट गुगल प्लेस्टोरमा एप्स राख्नै समस्या छ, डेभ्लपर खाता खोल्न २५ डलर लाग्नेगर्छ, पैसा तिरेर खाता खोल्छु भन्दा पनि, तिर्ने अप्सन छैन। अनि प्रयोगकर्ताहरुलाई एप्समा विज्ञापन राखेको मन पर्दैन, तर फ्रिमा पाइने एप्स, विज्ञापन विना पाइन, प्राय: असम्भव नै छ। प्रयोगकर्ताले पनि नेपालबाट पैसा तिरेर प्लेस्टोरबाट एप किन्न समस्या छ। अन्तराष्ट्रिय पे-मेन्ट गेटवेमा समस्या भएपनि, नेपाल भित्रको पे-मेन्टको समस्या ई-सेवा, आइपे आदिले समाधान गर्ने प्रयत्न गरिरहेकाछन् र केही हदसम्म सफल पनि भएकाछन् ।
एप्सझोलाका संस्थापक, भुपाल सापकोटाका अनुसार, एप्सझोलामा हालसम्म ३० जना डेभ्लपरको ६५ वटा भन्दा धेरै एप्सहरु उपलब्ध छ। एप्स डेभ्लपरले १ हजार रुपैयाँ तिरेर एप्सझोलामा खाता खोल्न सक्छन् र आफ्ना एप्सहरु बेच्न सक्छन् । एप्सझोलामा ई-सेवा मार्फत कारोबार गर्न सकिन्छ ।
परिक्षणको रुपमा पहिलो चरणमा, अनलाइन बाघचाल एप ९९ रुपैयाँमा बिक्रीमा राखिएकोछ । एप्सझोलामा अनलाइन बाघचालको पेजमा गएर, ईसेवा मार्फत पैसा तिरेर बाघचाल एप डाउनलोड गर्न सकिन्छ । एप्सझोलाबाट फाइल डाउनलोड गरेर इन्सटल गर्नुपर्ने भएका कारण, हाललाई पैसा तिरेर किन्नुपर्ने एप्समा पाइरेसीको समस्या ज्युँ का त्युँ छ। तर भुपाल सापकोटामा अनुसार, यसलाई व्यवस्थित गराउने तर्फ पनि काम भइरहेकोछ ।
➤ आकारपोष्ट एप्स झोला र गुगल प्लेस्टोरमा उपलब्ध छ।

Comments
Post a Comment