एन्ड्रोइड फोन तथा ट्याबलेटमा, नेपाली टाइप गर्नको लागि, हाम्रो नेपाली किबोर्ड लगायत अन्य केही नेपाली किबोर्डहरु प्लेस्टोरमा भेट्न सकिन्छ । तर सानो 'स्कृन' भएका फोन प्रयोगकर्ताहरुलाई त्यही किबोर्डहरु पनि चलाउन गाह्रो परिरहेको देखिन्छ, कतिलाई बानी नभएका कारण नेपाली टाइप गर्नै झन्झट लाग्छ। तर, नेपाली टाइप आउँदैन भने पनि चिन्ता नलिनुस्, अब गुगल'ले, मोबाइलमा नेपाली लेख्न झनै सजिलो बनाइदिएकोछ ।
एन्ड्रोइडको लागि, यो हप्ताबाट गुगलको अर्को नयाँ किबोर्ड 'हेन्ड राइटिङ इनपुट' थपिएको छ, यो किबोर्ड चलाउँदा, टाइप गर्नु पर्दैन । कापीमा कलमले जसरी नेपाली लेखिन्छ, त्यसैगरि मोबाइलमा खरर नेपाली लेख्नसकिन्छ । हामीले यो किबोर्डमा लेखेको कुरालाई, गुगल'ले अटोमेटिक रुपमा 'ट्रान्सलेट' गरिदिन्छ । हामीले नेपाली अक्षर लेख्ने तरिका देखि लिएर नेपाली अक्षरको बनोट आदि विविध कुराहरु वर्षौँ अध्ययन गरेर गुगल'ले यो इनपुट टुलको निर्माण गरेको हो। गुगल रिसर्च ब्लगका अनुसार, 'हेन्ड राइटिङ इनपुट' किबोर्ड, नेपाली सहित ८२ भाषामा उपलब्ध छ।
गुगल प्लेस्टोरबाट गएर 'हेन्ड राइटिङ इनपुट' इन्स्टल गरेपछि, मोबाइलको भाषा सेटिङमा गएर नेपाली भाषा छान्नुपर्छ । नेपाली भाषा छानेपछि, नेपालीको लागि करिब ७ एमबी बराबरको 'प्याकेज' डाउनलोड हुन्छ। त्यसपछि यो किबोर्डबाट कापीमा लेखे जसरी नेपालीमा खरर लेख्नसकिन्छ । नेपाली भाषाका लागि उपलब्ध भएपनि, केही प्रयोगकर्ताका लागि नेपालमा यो किबोर्ड उपलब्ध नहुनसक्छ । गुगल प्लेस्टोरमा उपलब्ध नभएको खण्डमा यहाँबाट डाउनलोड गरेर प्रयोग गर्नुहोला। केही दिन अघि मात्रै, युट्युब नेपाली भाषामा उपलब्ध भएको थियो।
➤ अब आकारपोष्टको एन्ड्रोइड एप गुगल प्लेस्टोरमा उपलब्ध छ। डाउनलोड गर्नुभयो?

हातले लेखेको ट्वीट परिक्षण । टाइप गर्नु पर्दैन । :) pic.twitter.com/Houmte3bC8
— Aakar Anil (@aakarpost) April 17, 2015
गुगल प्लेस्टोरबाट गएर 'हेन्ड राइटिङ इनपुट' इन्स्टल गरेपछि, मोबाइलको भाषा सेटिङमा गएर नेपाली भाषा छान्नुपर्छ । नेपाली भाषा छानेपछि, नेपालीको लागि करिब ७ एमबी बराबरको 'प्याकेज' डाउनलोड हुन्छ। त्यसपछि यो किबोर्डबाट कापीमा लेखे जसरी नेपालीमा खरर लेख्नसकिन्छ । नेपाली भाषाका लागि उपलब्ध भएपनि, केही प्रयोगकर्ताका लागि नेपालमा यो किबोर्ड उपलब्ध नहुनसक्छ । गुगल प्लेस्टोरमा उपलब्ध नभएको खण्डमा यहाँबाट डाउनलोड गरेर प्रयोग गर्नुहोला। केही दिन अघि मात्रै, युट्युब नेपाली भाषामा उपलब्ध भएको थियो।
➤ अब आकारपोष्टको एन्ड्रोइड एप गुगल प्लेस्टोरमा उपलब्ध छ। डाउनलोड गर्नुभयो?
नेपालमा अझै पनि उपलब्ध छै यो तपाईले डाउनलोड गर्न खोज्नु भयो भने Not Available in Your Country भन्छ , सायद यो bug नि हुन सक्छ , तपाईले चलाको चाही APK file होला ।
ReplyDeleteमैले एपिके फाइल नै चलाएको हुँ । एपिके डाउनलोड लिंक पनि माथि राखिदिएको छु।
ReplyDelete
ReplyDeleteयुट्बको भीडीयोमा यसरी देखाइको छ...
https://www.youtube.com/watch?v=8n9SOE_jlB0