सोसल मिडिया, विशेषत ट्विटर र फेसबुक एकहप्ता यता प्रा.डा. गोविन्द केसीमय भएको छ । फेसबुक र ट्विटरमा देखिने पोष्टमा सरकार प्रति आक्रोश र डा. केसी र उनको अनसन प्रति सहानुभुती देखिन्छ । एकहिसाबले भन्दा सोसल मिडिया एकपक्षिय नै देखिन्छ, डा. केसीको समर्थनमा दिनहुँ सयौँ ट्विटहरु बर्सिरहेकाछन् ।
टप्सीबाट लिइएको तथ्यांक अनुसार पछिल्लो एघार दिनमा ट्विटरमा, "आइ एम विद डा. केसी" (#IamwithDrKC) भनेर दश हजार भन्दा धेरै ट्विट भएको देखिन्छ, यसबाहेक हामीले ट्रयाक नगरेका र ह्यासट्याग प्रयोग नगरी पनि हजारौँ ट्विटहरु गरिएकाछन् । कतिले आफ्नो नाम र फोटोमा समेत "आइ एम विद डा. केसी" नै राखिएको भेटिएकोछ ।
ट्विट गरेर, फेसबुकमा पोष्ट गरेर समर्थन हुन्छ?
डा. केसी अनसन बसेकाछन्, अरु ट्विटरमा कराएर बसेकाछन् भन्नेहरु पनि देखिए, समर्थन गर्ने भए 'टिचिङ' नै जाउ यता नलेख/हल्ला नगर भन्ने पनि भेटिए । जानेहरुले फोटो सहित ट्विट गरे, आफ्नो एक्यबद्धता जनाए, अनसनस्थल नपुग्नेहरुले ट्विटरबाटै समर्थन गरेर डा. केसीको अनसनमा एक्यबद्धता जनाए। अनसनकै निहुँमा ट्विटरमा चर्काचर्का कुरा पनि देखिए, प्रधानमन्त्री शुशिल कोइराला देखि मन्त्री र एमाले नेताहरु माथि निकै कडा टिप्पणीहरु आए । समग्रमा सरकार लाचार र उदासिन देखियो, मेडिकल माफिया र छोटेराजाहरुको हालीमुहाली भयो भन्ने आशयकै ट्विटहरु देखिए।
ट्विट गरेर मात्र केही हुँदैन, सडकमै जानु पर्छ भन्ने मत प्रकट गर्नेहरु पनि थिए, सायद उनीहरु सही पनि होलान् तर ट्विटबाट मात्र केही हुन्न भन्ने कुरा चाँही म मान्दिन। अनलाइनमा हुने गतिविधिले बिस्तारै अफलाइनमा 'एक्सन' गराइरहेको हुन्छ, र यो स्वतस्फूर्त रुपमा हुन्छ, कसैको करले वा डरले हुने होइन, तर एकजना वा समूहले नै यसलाई 'लिड' गरिरहेको हुन्छ । सबैले सबैकाम गर्नुपर्छ भन्ने छैन, आफ्नो रुची, क्षमता र समय अनुकुल सबैले आफ्नो ठाउँबाट योगदान दिएका हुन्छन् ।
डा. केसीकै आन्दोलनमा पनि, कुनै एक व्यक्तिले 'ह्यासट्याग' सुरु गरे, डा. केसीको आन्दोलन जायज लाग्नेहरुले त्यो ह्यासट्याग प्रयोग गर्नथाले, बिस्तारै एकबाट सयौँले एउटै ह्यासट्याग प्रयोग गर्नथाले, यो एउटा एक्यबद्धता जनाउने तरिका पनि हो, अनलाइनमा । ट्विटर आफैँमा केही होइन, तर चलाउन जान्दा ट्विटर सबैथोक पनि हो । ट्विटरलाई अरु केही भन्नु भन्दा पनि, यो अवस्थामा एउटा 'माध्यम' हो भनेर बुझ्दा सही हुन्छ, जुन 'ट्रेडिसनल मिडिया' भन्दा फरक छ ।
ट्विटरमा ट्विट गर्नेहरु, केही दिनपछि आफैँ संगठित हुनथाले, लौ एक्यबद्धता जनाउन 'टिचिङ' जाउँ भन्दै, गएर फोटो ट्विट गरे, भिडियो ट्विट गरे - यसबाट अझ धेरैले यसबारे जानकारी पाए । आन्दोलनका बारेमा अनभिज्ञ भएकाहरु पनि ह्यासट्याग र साथीहरुका ट्विट पच्छ्याउँदै केसीको अवस्था 'फलो' गर्नथाले । मलाई लाग्दैन, कसैले एसएमएस वा फोन गरेर टिचिङ जान कसैले-कसैलाई बोलायो, सोसल मिडियामा भएकाहरु प्राय: एउटा ट्विट र एउटा फेसबुकपोष्टबाटै अनशनस्थल पुगे । अनलाइन गतिबिधीले अफलाइनमा आउन मान्छेहरुलाई उत्प्रेरित गर्छ, समूह सानो हुनसक्ला तर त्यसको शक्तिलाई सानो आँक्न मिल्दैन । ट्विट फर कज, नेपाल युनाइट्स, अकुपाइ बालुवाटार, फिल द बकेट आदि अभियानले पनि यो कुराको पुष्टि गरिसकेको छ।
को हुन् डा. केसी? (हेर्नुस् इन्फोग्राफिक)
तस्विर: फलानो (पहिलो) / ग्राफ नेपाल (इन्फोग्राफिक)

10K+ Tweets on #IamwithDrKC in last one week. Impressive. #SocialMedia is becoming a voice. #Nepal
— Aakar Anil (@aakarpost) April 1, 2015
ट्विट गरेर मात्र केही हुँदैन, सडकमै जानु पर्छ भन्ने मत प्रकट गर्नेहरु पनि थिए, सायद उनीहरु सही पनि होलान् तर ट्विटबाट मात्र केही हुन्न भन्ने कुरा चाँही म मान्दिन। अनलाइनमा हुने गतिविधिले बिस्तारै अफलाइनमा 'एक्सन' गराइरहेको हुन्छ, र यो स्वतस्फूर्त रुपमा हुन्छ, कसैको करले वा डरले हुने होइन, तर एकजना वा समूहले नै यसलाई 'लिड' गरिरहेको हुन्छ । सबैले सबैकाम गर्नुपर्छ भन्ने छैन, आफ्नो रुची, क्षमता र समय अनुकुल सबैले आफ्नो ठाउँबाट योगदान दिएका हुन्छन् ।
डा. केसीकै आन्दोलनमा पनि, कुनै एक व्यक्तिले 'ह्यासट्याग' सुरु गरे, डा. केसीको आन्दोलन जायज लाग्नेहरुले त्यो ह्यासट्याग प्रयोग गर्नथाले, बिस्तारै एकबाट सयौँले एउटै ह्यासट्याग प्रयोग गर्नथाले, यो एउटा एक्यबद्धता जनाउने तरिका पनि हो, अनलाइनमा । ट्विटर आफैँमा केही होइन, तर चलाउन जान्दा ट्विटर सबैथोक पनि हो । ट्विटरलाई अरु केही भन्नु भन्दा पनि, यो अवस्थामा एउटा 'माध्यम' हो भनेर बुझ्दा सही हुन्छ, जुन 'ट्रेडिसनल मिडिया' भन्दा फरक छ ।
The crowd is growing the momentum is building #IamwithDrKc pic.twitter.com/H2KZBEUIt7
— Ajit Baral (@AjitBaral) March 30, 2015
ट्विटरमा ट्विट गर्नेहरु, केही दिनपछि आफैँ संगठित हुनथाले, लौ एक्यबद्धता जनाउन 'टिचिङ' जाउँ भन्दै, गएर फोटो ट्विट गरे, भिडियो ट्विट गरे - यसबाट अझ धेरैले यसबारे जानकारी पाए । आन्दोलनका बारेमा अनभिज्ञ भएकाहरु पनि ह्यासट्याग र साथीहरुका ट्विट पच्छ्याउँदै केसीको अवस्था 'फलो' गर्नथाले । मलाई लाग्दैन, कसैले एसएमएस वा फोन गरेर टिचिङ जान कसैले-कसैलाई बोलायो, सोसल मिडियामा भएकाहरु प्राय: एउटा ट्विट र एउटा फेसबुकपोष्टबाटै अनशनस्थल पुगे । अनलाइन गतिबिधीले अफलाइनमा आउन मान्छेहरुलाई उत्प्रेरित गर्छ, समूह सानो हुनसक्ला तर त्यसको शक्तिलाई सानो आँक्न मिल्दैन । ट्विट फर कज, नेपाल युनाइट्स, अकुपाइ बालुवाटार, फिल द बकेट आदि अभियानले पनि यो कुराको पुष्टि गरिसकेको छ।
को हुन् डा. केसी? (हेर्नुस् इन्फोग्राफिक)
तस्विर: फलानो (पहिलो) / ग्राफ नेपाल (इन्फोग्राफिक)
"ट्विटबाट मात्र केही हुन्न भन्ने कुरा चाँही म मान्दिन। अनलाइनमा हुने गतिविधिले बिस्तारै अफलाइनमा 'एक्सन' गराइरहेको हुन्छ, र यो स्वतस्फूर्त रुपमा हुन्छ, कसैको करले वा डरले हुने होइन, तर एकजना वा समूहले नै यसलाई 'लिड' गरिरहेको हुन्छ । सबैले सबैकाम गर्नुपर्छ भन्ने छैन, आफ्नो रुची, क्षमता र समय अनुकुल सबैले आफ्नो ठाउँबाट योगदान दिएका हुन्छन् ।" ~ सहि हो यो कुरा !
ReplyDelete