आप्पा शेर्पा फाउन्डेसन तथा स्टोरी साइकलको सहकार्यमा गुगल स्ट्रिट भ्यु'मा खुम्बु क्षेत्रको लुक्ला, नाम्चे बजार, थामे, खुम्जुङ, फोर्चे आदि क्षेत्र र त्यस क्षेत्रमा भएका विभिन्न सम्पदाहरुलाई समेटिएकोछ भनेर गुगलले आफ्नो गुगलम्याप्स ब्लगमा उल्लेख गरेकोछ । त्यस क्षेत्रमा भएका स्कुल, संग्राहलय, होटल, लज, गुम्बा, हिमाल, नदिनाला आदि विविध कुराहरु गुगल स्ट्रिट भ्यु'मा समावेश गरिएकोछ । यसअघि सन् २०१३ मा गुगल'ले खुम्बु क्षेत्रमा भएका केही गुम्बाहरु र सगरमाथा बेसक्याम्प गुगल म्यापमा (स्ट्रिट भ्यु) समावेश गरेको थियो ।
खुम्बु क्षेत्रलाई गुगल स्ट्रिट भ्यु'मा राख्न १३ जना सम्मिलित स्टोरी साइकल'टोलीले १० दिने पदयात्रा तय गरेको थियो । उनीहरुले १० दिनमा ५ वटा गाउँबाट १ हजार भन्दा धेरै 'डेटा पोइन्टस' लिएका थिए ।
गतवर्ष अप्रिल तेस्रो साता खुम्बुमा हिमपहिरो गएसँगै 'डिस्कभरी'ले 'एभरेष्ट अभलान्चे ट्याजिडी' साइट सार्वजनिक गरेकोथियो, जसबाट सगरमाथा चढेको अनुभव (थ्रिडी अनुभव) गर्न सकिन्छ।
जाने हैन त खुम्बु क्षेत्रको भर्चुअल ट्रेक'मा?
तस्विरहरु: गुगल म्याम्प्स, स्टोरी साइकल
आकार पोष्ट गुगल प्ले न्युजस्ट्यान्ड (एन्ड्रोइड / आइओएस) र एप्सझोला (एन्ड्रोइड एप) मा उपलब्ध छ।
Comments
Post a Comment