गुगल'ले खुम्बु क्षेत्रलाई आजबाट गुगल स्ट्रिट भ्यु'मा समावेश गरेकोछ, अब जो कोहीले गुगल स्ट्रिट भ्यु'मार्फत सिधै सगरमाथा सहित विभिन्न ठाउँहरुको अवलोकन/भ्रमण गर्न सक्छन् । आप्पा शेर्पा फाउन्डेसन तथा स्टोरी साइकल को सहकार्यमा गुगल स्ट्रिट भ्यु'मा खुम्बु क्षेत्रको लुक्ला, नाम्चे बजार, थामे, खुम्जुङ, फोर्चे आदि क्षेत्र र त्यस क्षेत्रमा भएका विभिन्न सम्पदाहरुलाई समेटिएकोछ भनेर गुगलले आफ्नो गुगलम्याप्स ब्लग मा उल्लेख गरेकोछ । त्यस क्षेत्रमा भएका स्कुल, संग्राहलय, होटल, लज, गुम्बा, हिमाल, नदिनाला आदि विविध कुराहरु गुगल स्ट्रिट भ्यु'मा समावेश गरिएकोछ । यसअघि सन् २०१३ मा गुगल'ले खुम्बु क्षेत्रमा भएका केही गुम्बाहरु र सगरमाथा बेसक्याम्प गुगल म्यापमा (स्ट्रिट भ्यु) समावेश गरेको थियो । खुम्बु क्षेत्रलाई गुगल स्ट्रिट भ्यु'मा राख्न १३ जना सम्मिलित स्टोरी साइकल 'टोलीले १० दिने पदयात्रा तय गरेको थियो । उनीहरुले १० दिनमा ५ वटा गाउँबाट १ हजार भन्दा धेरै 'डेटा पोइन्टस' लिएका थिए । गतवर्ष अप्रिल तेस्रो साता खुम्बुमा हिमपहिरो गएसँगै