अर्को पटक, जावलाखेलको एउटा डिपार्टमेन्ट स्टोरमा छिर्दा पनि त्यही कार्ड देखाएँ, त्यहाँ झन् गजब भयो । डिपार्मेन्ट स्टोरमा हरेक 'क्याटगोरी'का लागि फरक फरक छुट रहेछ, कार्ड मार्फत । कपडाको लागि छुट्टै, इलेक्ट्रोनिक्स सामानको लागि छुट्टै, ग्रोसरीका लागि छुट्टै छुटको व्यवस्था रहेछ। त्यसअघि उक्त डिपार्टमेन्ट स्टोर छिर्दा १ रुपैयाँ पनि छुट पाइएको थिएन। छुट पाउनु के थियो, 'दिल गार्डेन गार्डेन' भने झैँ भो ।
केही अघिसम्म छुटका कार्डहरुमा खासै विश्वास थिएन तर आफूले चाहेको ठाउँमा कार्डले काम गर्नथालेपछि, 'डिस्काउन्ट' कार्ड पनि चल्दोरै'छ भने झैँ लाग्यो । इन्टरनेट कम्पनी 'उनो भेन्चर'ले निकालेको उनो कार्ड, केही महिनायता नियमित प्रयोग गर्नथालेकोछु । उनोको बारेमा मैले लगभग ६-७ महिना अघि सुनेकोथिँए, अनि करिब ३ महिना पहिले उनो कार्ड लिँए, काम गर्छ कि गर्दैन भन्ने शंका थियो, कारण यस अघिका केही अनुभवहरु राम्रा थिएनन् ।
उनो कार्ड, उनो इन्टरनेटको एउटा सानो अंश मात्र हो । खासमा उनो अनलाइन बिजनेस डिरेक्ट्रि हो, जसमा नेपालका २५ वटा सहरका विजनेसहरु लिस्टिङ गरिएकोछ । खाने ठाउँ, किन्ने ठाउँ, गाडी बनाउने ठाउँ, कपडा सिलाउने ठाउँ देखि लिएर इलेक्ट्रिसियन र प्लम्बर पनि उनोमा लिस्टिङ गरिएकोछ । अर्को अर्थमा, उनो लोकल सर्च इन्जिन हो, जहाँ "विजनेस", "प्रोफेशनल", "डिल्स", "इभेन्ट्स", "डिस्काउन्ट" खोज्न सकिन्छ । हाललाई उनो सर्च, वेबमा मात्र उपलब्ध छ, तर २०१५ को मध्य सम्ममा मोबाइल एप्स पनि आउनेछ ।
उनो कसरी प्रयोग गर्ने?
उनो चलाउनको लागि ब्राउजरमा uno.com.np मा गइ आफूलाई चाहिएको कुरा खोज्न सकिन्छ । खोजिएको कुरा साइटमा लिस्टिङ गरिएको छ भने, वायाँ साइडमा "विजनेस", "प्रोफेशनल", "डिल्स", "इभेन्ट्स", "डिस्काउन्ट" गरि ५ वटा फिल्टर देखिन्छ, जसबाट खोजिएको कुरालाई अझ फिल्टर गर्न सकिन्छ । (आफू त सँधै सर्च थिचिएपछि, डिस्काउन्ट फिल्टर नै थिचिन्छ सुरुमा, भनेको जस्तो ठाउँ र डिस्काउन्ट भेटिएन भने चाँहि , अरु फिल्टर प्रयोग गरिन्छ)। खोजिएको बिजनेस, प्रोफेशनल, डिस्काउन्ट आदिबाट झनै भित्र गएपछि उक्त विजनेसको 'डिटेल' देखिन्छ, जहाँ उपलब्ध डिस्काउन्ट देखि, कुन कुन कार्ड चल्छ, पार्किङ छ कि छैन, कुन स्थानमा छ, के सम्बन्धित 'बिजनेस' हो, फोटो ग्यालरी, रिभ्यु, आदि सबै कुरा देखिन्छ । आफूलाई प्रोफसनल वा बिजनेसको रुपमा पनि उनोमा दर्ता गर्न सकिन्छ ।
उनो कार्ड?
उनो कार्ड, उनो इन्टरनेटको 'डिस्काउन्ट' कार्ड हो । उनो कार्डको लागि साइटमा रजिष्टर गर्नुपर्ने हुन्छ । साइटमा रजिष्ट्रर गरिएपछि तपाईको कार्ड तपाईको घरमै आइपुग्छ तर कार्ड बनाउनको लागि एक हजार रुपैयाँ लाग्छ । एक हजार भनेर आत्तिहाल्नुपर्दैन, त्यसमध्ये ५०० रुपैयाँ तपाईकै आइपेमा ब्यालेन्सको रुपमा आइपुग्छ, अनि कार्ड लिएको समयमा २-३ सयको डिस्काउन्ट कुपन पनि पाउनुहुन्छ । यसअर्थमा कार्डको लागि तपाईले तिरेको मूल्य हुनजान्छ एक सय देखि दुई सय रुपैँया, जुन उनो डिस्काउन्ट कार्ड एक-दुई पटक प्रयोग गर्दैमा असुल उपर हुन्छ ।
Disclosure: I use
Comments
Post a Comment