१४० क्यारेक्टर मात्र लेख्न मिल्ने ट्विटरमा, ट्विटबाट सिधै भिडियो ट्विट गर्न मिल्ने सुविधा थपिएकोछ । यसका अतिरिक्त 'ग्रुप डिएम' सुविधा पनि ट्विटरले थपेकोछ । ट्विटर भन्दा पछि आएका विच्याट, लाइन आदि च्याट मेसेजिङ एपहरुका प्रयोगकर्ता ट्विटरको भन्दा धेरै छन् । ट्विटरमै भएका साथीहरुले पनि समूहमा म्यासेज पठाउनु पर्यो भने, विच्याट, भाइवर जस्ता अर्को मेसेजिङ एपहरु चलाउनुपर्ने बाध्यता थियो । पछिल्ला च्याट एपहरुले गरेको प्रगतिको अनुपातमा, ट्विटरले 'डिएम' (Direct Message) बाट लाभ लिन नसकेको/समयानुकुल सुधार नगरेको, प्राइभेट म्यासेजिङलाई वेवास्ता गरेको, वा भनौँ "माल पाएर पनि चाल नपाएको" आरोप लाग्दै आएको थियो । तर ढिलै सही ट्विटरको वर्षौँ अघिको प्रण अनुरुप, ट्विटरले अघिल्लो साता 'ग्रुप डिएम' सार्वजनिक गरेको हो । ट्विटरको ग्रुप डिएम मार्फत एकपटकमा २० जनासम्म कुरा गर्न सकिन्छ । ट्विटरमा आफूलाई फलो नगरेको व्यक्तिलाई डिएम पठाउन सकिन्न तर डिएम ग्रुुप च्याटमा सहभागी भएका अन्य फलोअर्सहरुले भने एक-आपसमा सबैलाई फलो गरेकै हुनु पर्ने बाध्यता छैन, एक-आपसमा फलो नगरिएको भएपन...