पृथ्वी जयन्ती तथा एकता दिवसको शुभकामना।
नयाँ नेपालको निहुँमा केही वर्ष यता, पृथ्वीनारायण शाह र उनको योगदानलाई अवमुल्यन गरिए झैँ लाग्दैछ, पृथ्वी जयन्ती तथा एकता दिवस मान्न छोडिएकोछ । कसैले मानुन् वा नमानुन् तर २० वर्षको उमेरमा गोरखाका राजा बनेर, नेपाल एकिकरणको अभियान चलाएर, विशाल नेपालको निर्माण गर्ने श्रेय उनैलाई जान्छ । वि. सं १७७९ पौष २७ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरेर गोरखा राज्य विस्तार गर्ने कार्यको सुरुवात गरेकाथिए । त्यही राज्य विस्तारको अभियानबाट विशाल 'नेपाल'को निर्माण भएको हो, त्यसैले त आज सगर्व 'नेपाल' र 'नेपाली' भन्न पाइएकोछ । उनले आफ्नो शासनकालमै १८२५ मा काठमाडौँ र ललितपुर अनि १८२६ मा भक्तपुरमाथि बिजय प्राप्त गरेकाथिए । त्यसअघि काठमाडौँका राजा जयप्रकाश मल्लको आग्रहमा, अंग्रेजी सेनाका कप्तान किन्लाकको नेतृत्वमा आएको टोलीलाई गोरखाली फौजले परास्त गरेर सिन्धुलीगढीबाट नै फर्काइदिएका थियो ।
हामीले पृथ्वीनारायण शाहलाई बिर्सदैँ गएको अवस्थामा, पृथ्वी जयन्तीको अवसर पारेर ग्राफ नेपालले आफ्नो नयाँ इन्फोग्राफिक (तलको फोटो) मार्फत पृथ्वीनारायणको जिवनी सार्वजनिक गरेकोछ । (ठूलो पारेर हेर्न, फोटोमाथि क्लिक गर्नुहोला)
तस्विर स्रोत: ग्राफ नेपाल
त्यो के काठमाडौ उपत्यका जितेपछि यहाँको राजाहरुको चाहिँ के भयो नि?
ReplyDeleteअनि के भन्छ काठमाडौका सेनाहरुले चाहिँ गोरखा माथी "Couter-Attack" किन नगरेको होला है?
त्यो के काठमाडौ उपत्यका जितेपछि यहाँको राजाहरुको चाहिँ के भयो नि?
ReplyDeleteअनि के भन्छ काठमाडौका सेनाहरुले चाहिँ गोरखा माथी "Counter-Attack" किन नगरेको होला है?