कसो-कसो कता-कता
मलाई जिन्दगीको बाटो देखाईदिने
ति पुराना दिन याद
आयो..
धेरै दिनपछि,
सम्झनाका तरेलीहरुमा,
चाैर-बिचको बाटो
धुसुरका मुन्टाहरुले बढार्दै
गाईबाच्छा खेलेको याद आयो..
सर्कस हेर्न
क्लास बंक गरेको
भोलिपल्ट,
ब्ल्याकबोर्डमा
इक्वेसन सल्भ गर्न लाउने,
इक्वेसन सल्भ गर्न लाउने,
गणित सरको याद
आयो..
“किटा! प्राक्टिस पुगेन है
तेरो” भन्दै
ट्वाकसिङ् लाउने,
अंकगणित सरको याद
आयो..
गाईबस्तु चराउन जाँदा,
अंगेरि खाएर
कालोनिलो भएको एकअर्काको
मुख हेर्दै,
गलल्ल हाँसेको याद आयो..
दाँई गर्ने गोरु धपाउदै
परालमा गुडुल्कि खेलेको याद
आयो,
आहा! कस्तो मिठो हुन्थ्यो
मस्याम र चिउराको
खाजा,
साँधेको गुन्द्रुकसँगै खाएको याद आयो...
के याद आएन
भन्नु
धेरै कुरा झल्झलि
याद आयो
मलाई जिन्दगीको बाटो देखाइदिने
Comments
Post a Comment