पछिल्लो केही दिन यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको चर्चा सोसल मिडियमा चलिरहेकोछ । १७ वर्षपछि पहिलोपटक भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गरेकाहुन् । मोदीको ट्विट देखि नेपालको सदनमा दिएको भाषणसम्म हाम्रो लागि चर्चाको विषय बन्यो । मोदीको भ्रमणका कारण कोशीको बाढी पनि सोसल मिडियामा अोझेल परेकोथियो ।
जितबहादुरलाई उनको परिवार सँग पहिलो पल्ट भेटगराइदिँदैछु भनेर मोदीले झुटो बोले भनेर मोदीको बारे नकरात्मक ट्विटहरु आएको भए पनि, अन्य कुराहरुको दाँजोमा यो नगन्य थियो । मोदीको नेपाल भ्रमणको बारेमा करिब ७० प्रतिशत ट्विटहरु २१ देखि ३० वर्षका उमेर समूहले गरेकोथियो, तर महिलाहरुको सहभागिता भने न्युन (करिब २० प्रतिशत) थियो । मोदीको दुई दिने नेपाल भ्रमणमा सबैभन्दा धेरै ट्विट (४७ प्रतिशत) भारतबाट गरिएकोथियो, नेपालबाट भने जम्मा १८ प्रतिशत ट्विटहरु गरिएकोथियो ।
तस्विर: रिपब्लिका, सिम्प्लिफाई ३६०
Nepal trending worldwide with 36K+ Tweets. Maybe Modi's effect! pic.twitter.com/c3tGhUjCNZ
— Aakar Anil (@aakarpost) August 3, 2014
मोदीभ्रमणका कारण ट्विटरमा 'नेपाल' वल्डवाइड ट्रेन्डिङ भयो ।सोसल मिडिया एनालिटिक्स सिम्प्लिफाई ३६० का अनुसार 'मोदीइन नेपाल' भारतमा अघिल्लो दिन ४ घन्टा र पछिल्लो दिन ६ घन्टा ट्रेन्डिङ भएको थियो । सोसल मिडियामा मोदीको नेपाल भ्रमण बारे भएको चर्चाका कारण नेपालले नयाँ उचाइ पाएकोछ, सोमेश वर्मा (@SomeshVerma)ले अंग्रेजी दैनिक रिपब्लिकामा लेख्नुभएकोछ । रिपब्लिका'का अनुसार मोदीको नेपाल भ्रमण सम्बन्धि करिब १० लाखवटा (४ दिनमा) ट्विटहरु प्रकाशित भएकोथियो ।
That's why #Nepal is trending on Twitter. Around 40K Tweets on Nepal. #ModiInNepal (Maybe Modi+Koshi flood) pic.twitter.com/hOIrfHDZRO
— Aakar Anil (@aakarpost) August 3, 2014
सिम्प्लिफाई ३६०का अनुसार ट्विटरमा प्रकाशित भएका करिब ८० प्रतिशत ट्विटहरु सकारात्मक रहेको थियो, भने करिब ५ प्रतिरशत ट्विटहरुमा नकरात्मक टिप्पणी गरिएकोथियो। धर्म, पशुपति मन्दिर, सदनमा दिएको भाषण आदिका बारेमा धेरै ट्विटहरु गरिएकोथियो ।जितबहादुरलाई उनको परिवार सँग पहिलो पल्ट भेटगराइदिँदैछु भनेर मोदीले झुटो बोले भनेर मोदीको बारे नकरात्मक ट्विटहरु आएको भए पनि, अन्य कुराहरुको दाँजोमा यो नगन्य थियो । मोदीको नेपाल भ्रमणको बारेमा करिब ७० प्रतिशत ट्विटहरु २१ देखि ३० वर्षका उमेर समूहले गरेकोथियो, तर महिलाहरुको सहभागिता भने न्युन (करिब २० प्रतिशत) थियो । मोदीको दुई दिने नेपाल भ्रमणमा सबैभन्दा धेरै ट्विट (४७ प्रतिशत) भारतबाट गरिएकोथियो, नेपालबाट भने जम्मा १८ प्रतिशत ट्विटहरु गरिएकोथियो ।
तस्विर: रिपब्लिका, सिम्प्लिफाई ३६०
Comments
Post a Comment