फोन होस् वा इन्टरनेट, नेपाली भाषामा चलाउन खोज्ने, देवनागिरी लिपी मात्र बुझ्ने प्रयोगकर्ताहरुको सङ्ख्या नेपालमा उल्लेख्य मात्रामा छ । नेपाली भाषा प्रेमीहरुलाई खुशीको खबर, जिमेल अब नेपाली भाषामा उपलब्ध भएकोछ । हिजोबाट जिमेल नेपाली लगायत अन्य १२ वटा भाषामा उपलब्ध भएको हो । यो सँगै, जिमेल अब ७१ वटा भाषाहरुमा उपलब्ध भएको कुरा जिमेलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । नेपाली स्वयंसेवकहरुको महिनौँको मेहनत पछि जिमेल नेपालीमा उपलब्ध भएको हो, गतवर्ष डिसेम्बरमा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो । जिमेल नेपाली भाषामा कसरी प्रयोग गर्ने? १) जिमेलमा 'साइन इन' गर्नुस् २) दायाँ छेउको 'गियर आइकन' क्लिक गर्नुस् ३) सेटिङ्स छान्नुस् ४) सेटिङ्स पेजको माथिल्लो भागमा 'जिमेल डिस्प्ले ल्याङ्गवेज' लेखिएको हुन्छ, त्यहाँको 'ड्रप डाउन' मेनुबाट 'नेपाली' भाषा छान्नुस् ५) पेजको तलको बटनबाट सेटिङ सेभ गर्नुस् अब तपाईको जिमेल एकपटक रिलोड हुनेछ, त्यसपछि जिमेल नेपाली भाषामा प्रयोग गर्नसक्नुहुन्छ । जिमेल नेपाली भाषामा भन्नुको मतलब तपाईले जिमेलमा स...