सन् २०१० को विश्वकप फुटबलको ताका ट्विटरले सुरु गरेको ह्यासफ्ल्याग, हिजोबाट फेरि ट्विटरमा देखापरेकोछ ।यसका साथै, ट्विटरले विश्वकपको पलपलको जानकारी दिने #WorldCup2014 टाइमलाइन र म्याचटाइम लाइन (#BRAvsCRO) पनि सार्वजनिक गरेकोछ ।
ह्यासफ्ल्याग
ट्विटरमा विश्वकप खेल्ने देशको सर्टफर्म (३ वटा अक्षर) मा ह्यासट्याग राखेपछि, ट्विटर वेब तथा मोबाइलमा उक्त देशको झन्डाको फोटो देखिन्छ, ट्विटर रंगीचंगी देखिन्छ । ह्यासट्याग राख्दा देशको झन्डा देखिनु नै ह्यासफ्ल्याग हो । जस्तो कि ब्राजिल समर्थकले #BRA लेख्नसक्छन्, ट्विटरले यस्तो देखाउँछ: BRA
#WorldCup र #WorldCup2014 लाई वल्डकप टाइमलाइनको रुपमा ट्विटरले सार्वजनिक गरेकोछ । यी ह्यासट्यागहरु राखेर गरिएको ट्विटहरु उक्त पेजमा देखिनेछन्, जसबाट खेलको रियल टाइममा अपडेट पाउन सकिन्छ । म्याचटाइमलाइनमा भने, तत्काल भइरहेको खेलहरुबारे अपडेट पाउन सकिन्छ । त्यसो त आफूले पनि सोही ह्यासट्यागमा ट्विट गर्न सकिन्छ ।
फेसबुकले पनि 'ट्रेन्डिङ वल्डकप' पेज सार्वजनिक गरेकोछ, जहाँ ट्विटरमा जस्तै #WorldCup #WorldCup2014 आदि ह्यासट्यागबाट रियलटाइम नतिजा थाहा पाउन सकिन्छ ।
(तस्विर: ट्विटर र फेसबुकबाट)
ह्यासफ्ल्याग
ट्विटरमा विश्वकप खेल्ने देशको सर्टफर्म (३ वटा अक्षर) मा ह्यासट्याग राखेपछि, ट्विटर वेब तथा मोबाइलमा उक्त देशको झन्डाको फोटो देखिन्छ, ट्विटर रंगीचंगी देखिन्छ । ह्यासट्याग राख्दा देशको झन्डा देखिनु नै ह्यासफ्ल्याग हो । जस्तो कि ब्राजिल समर्थकले #BRA लेख्नसक्छन्, ट्विटरले यस्तो देखाउँछ: BRA
#BRA refers to Brazil. #ARG for Argentina. #ESP for Spain. #ENG for England. #GER for Germany. #FRA for France. #ITA for Italy. #WorldCup
— Aakar (@aakarpost) June 10, 2014
वल्डकप टाइमलाइन तथा म्याच टाइमलाइन#WorldCup र #WorldCup2014 लाई वल्डकप टाइमलाइनको रुपमा ट्विटरले सार्वजनिक गरेकोछ । यी ह्यासट्यागहरु राखेर गरिएको ट्विटहरु उक्त पेजमा देखिनेछन्, जसबाट खेलको रियल टाइममा अपडेट पाउन सकिन्छ । म्याचटाइमलाइनमा भने, तत्काल भइरहेको खेलहरुबारे अपडेट पाउन सकिन्छ । त्यसो त आफूले पनि सोही ह्यासट्यागमा ट्विट गर्न सकिन्छ ।
The match timeline shows Tweets about specific matches that are happening in real time, with the latest goals, saves, fouls. #WorldCup #BRA
— Aakar (@aakarpost) June 10, 2014
साथै, विश्वकपको समयमा नयाँ खाता खोल्ने वा भनौँ ट्विटरमा साइन अप गर्ने प्रयोगकर्ताहरुलाई आफ्नो प्रोफाइल फोटो र कभर फोटो राख्न ट्विटरले सजिलो पारिदिएकोछ । विश्वकप खेल्ने टिमहरुको फोटोबाट नयाँ प्रयोगकर्ताले आफ्नो प्रोफाइल फोटो, कभर फोटो आदि सजिलै छान्न मिल्छ, जुन ट्विटर भित्रै उपलब्ध छ ।फेसबुकले पनि 'ट्रेन्डिङ वल्डकप' पेज सार्वजनिक गरेकोछ, जहाँ ट्विटरमा जस्तै #WorldCup #WorldCup2014 आदि ह्यासट्यागबाट रियलटाइम नतिजा थाहा पाउन सकिन्छ ।
(तस्विर: ट्विटर र फेसबुकबाट)
Comments
Post a Comment