आज बिहान उज्यालो अनलाइनमा अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै 'फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने' भनेर छापियो । ट्विटरमा उज्यालोको ट्विट देख्नेबित्तिकै खबरमा चाख लागेर, उज्यालोको साइट पुगेँ, समाचार पढेँ, उज्यालोबाट रोयटर्सको भनिएको समाचार पनि पढेँ ।
२-३ दिन अघि मात्रै प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चको हवाला दिँदै 'स्टार्टअप एक्सेलेटर वाइ कम्बीनेटरलाई मार्क एन्डरसनको भेन्चरले किनेको' भन्ने खबरहरु प्रकाशित भएको थियो । टेकक्रन्चले पछि अर्को ब्लग मार्फत, खबरको खन्डन गर्यो । उक्त समाचार टेकक्रन्चले लेखेको नभइ कसैले स्रटयुआरएल (Shrturl) साइट मार्फत टेकक्रन्चकै साइटको कुनै खबर सम्पादन गरेर स्रटयुआरएलमा राखिदिएको थियो । प्राय: पढ्नेहरुले एड्रेसबारको युआरएल हेरेनन्, सबै साइट यथावत सक्कली थियो, त्यही युआरएल र ब्लग बाहेक ।
सायद त्यही टकक्रन्चको ब्लगलाई पच्छ्याइरेको कसैले, स्रटयुआरएलमा रोयटर्सको फेसबुकले चाइनामा अफिस खोल्ने समाचारलाई सम्पादन गरेर नेपालमा फेसबुकले अफिस खोल्ने समाचार बनाइदियो रमाइलो गर्नको लागि, र जालमा पर्यो उज्यालो अनलाइन । उज्यालोको ट्विटसँगै मैले समाचारको भेद खोलिदिँए र उज्यालोले समाचार सच्यायो र माफि पनि माग्यो ।
सायद फेसबुकको अफिसबारेको समाचार अरु मिडियामा पनि आउनसक्छ, वा आइसक्यो । तर यसले के देखाउँछ भने, हामी केही कुरा प्रकाशन, प्रशारण गर्न साँच्चै हतार गर्छौँ, विस्तृतमा उक्तकुराबारे बुझ्न खोज्दैनौँ । यो कुरा बाहिरका व्यक्तिहरुको हकमा पनि लागू हुने रहेछ भनेर, टेकक्रन्चको भनिएको समाचारमा आएको कमेन्टहरु देखेर चाल पाइसकेँ । तर नेपाली मिडियाको सन्दर्भमा यस्ता घटनाहरु झन् धेरै घटिरहेकाछन्, कैयौँ गलत समाचारहरु प्रकाशन, प्रशारण भइरहेका हुन्छन् ।
स्रटयुआरएल टेक्नोलोजी ब्लग द नेक्स्टवेबका डिजाइनरले निर्माण गरेका हुन् । जहाँ जो कसैले साइटको ओरिजिनल कन्टेन्ट लिएर फेक साइट निर्माण गर्नसक्छन् । ओरिजिनल साइटमा भएका टेक्स्ट र फोटोलाई सजिलै परिवर्तन गर्न सकिन्छ, सम्पादन गरिसकेपछि पेज सेभ गरेर, सेयर गर्न सकिन्छ, अरुलाई मज्जैले मूर्ख बनाउन सकिन्छ । उज्यालोको समाचार पछि मैले पनि दुईवटा फेक समाचारहरु बनाएँ, जुन तलको स्क्रिनसटमा देख्न सकिन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिले भुटान भ्रमण गर्ने समाचार थियो ।
बैठकमा सभासदहरु अनुपस्थित हुने समाचार थियो । समाचार कस्तो लाग्यो?
स्रटयुआएरलको यो घटनाले प्राय: इन्टरनेट प्रयोगकर्ताहरु साइट उस्तै देखेपछि कुन ठेगानामा हेर्दैछु भन्ने हेक्का नराख्ने रहेछन् भन्ने देखाउँछ । तर इन्टरनेट प्रयोग गर्दा आफू कुन साइटमा गइरहेकोछु, कुन लिंक क्लिक गरिरहेकोछु भन्ने हेक्का राख्नुपर्छ । यही हेक्का नराख्ने कारण, अधिकांश प्रयोगकर्ताहरु 'फिसिङ'को जालोमा फसिरहेका हुन्छन् । यस्ता कुरा याद गरिएन भने विभिन्न एकाउन्टहरु ह्याक हुने, कम्प्युटरमा भाइरस लाग्ने, अरु त अरु गलत समाचार पढिने, सेयर गरिने पनि हुन्छ ।

Alarming!!! Hello Journos! Reuters news is FAKE! Do a little research. "@Ujyaalo: फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने http://t.co/6YtPjmAnU3"
— Aakar (@aakarpost) June 6, 2014
सायद त्यही टकक्रन्चको ब्लगलाई पच्छ्याइरेको कसैले, स्रटयुआरएलमा रोयटर्सको फेसबुकले चाइनामा अफिस खोल्ने समाचारलाई सम्पादन गरेर नेपालमा फेसबुकले अफिस खोल्ने समाचार बनाइदियो रमाइलो गर्नको लागि, र जालमा पर्यो उज्यालो अनलाइन । उज्यालोको ट्विटसँगै मैले समाचारको भेद खोलिदिँए र उज्यालोले समाचार सच्यायो र माफि पनि माग्यो ।
That's why I like @Ujyaalo. Ujyaalo corrected its news with an apology. Great going. :) pic.twitter.com/7GyzZVfoJs
— Aakar (@aakarpost) June 6, 2014
सायद फेसबुकको अफिसबारेको समाचार अरु मिडियामा पनि आउनसक्छ, वा आइसक्यो । तर यसले के देखाउँछ भने, हामी केही कुरा प्रकाशन, प्रशारण गर्न साँच्चै हतार गर्छौँ, विस्तृतमा उक्तकुराबारे बुझ्न खोज्दैनौँ । यो कुरा बाहिरका व्यक्तिहरुको हकमा पनि लागू हुने रहेछ भनेर, टेकक्रन्चको भनिएको समाचारमा आएको कमेन्टहरु देखेर चाल पाइसकेँ । तर नेपाली मिडियाको सन्दर्भमा यस्ता घटनाहरु झन् धेरै घटिरहेकाछन्, कैयौँ गलत समाचारहरु प्रकाशन, प्रशारण भइरहेका हुन्छन् ।
स्रटयुआरएल टेक्नोलोजी ब्लग द नेक्स्टवेबका डिजाइनरले निर्माण गरेका हुन् । जहाँ जो कसैले साइटको ओरिजिनल कन्टेन्ट लिएर फेक साइट निर्माण गर्नसक्छन् । ओरिजिनल साइटमा भएका टेक्स्ट र फोटोलाई सजिलै परिवर्तन गर्न सकिन्छ, सम्पादन गरिसकेपछि पेज सेभ गरेर, सेयर गर्न सकिन्छ, अरुलाई मज्जैले मूर्ख बनाउन सकिन्छ । उज्यालोको समाचार पछि मैले पनि दुईवटा फेक समाचारहरु बनाएँ, जुन तलको स्क्रिनसटमा देख्न सकिन्छ ।
मोदीको पहिलो विदेश भ्रमण नेपाल http://t.co/iz20pkqZEP | मोदीको पहिलो विदेश भ्रमण भुटान http://t.co/GC3OSBGgjA कुन सही हो?
— Aakar (@aakarpost) June 6, 2014
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिले भुटान भ्रमण गर्ने समाचार थियो ।
बैठकमा सभासदहरु अनुपस्थित हुने समाचार थियो । समाचार कस्तो लाग्यो?
स्रटयुआएरलको यो घटनाले प्राय: इन्टरनेट प्रयोगकर्ताहरु साइट उस्तै देखेपछि कुन ठेगानामा हेर्दैछु भन्ने हेक्का नराख्ने रहेछन् भन्ने देखाउँछ । तर इन्टरनेट प्रयोग गर्दा आफू कुन साइटमा गइरहेकोछु, कुन लिंक क्लिक गरिरहेकोछु भन्ने हेक्का राख्नुपर्छ । यही हेक्का नराख्ने कारण, अधिकांश प्रयोगकर्ताहरु 'फिसिङ'को जालोमा फसिरहेका हुन्छन् । यस्ता कुरा याद गरिएन भने विभिन्न एकाउन्टहरु ह्याक हुने, कम्प्युटरमा भाइरस लाग्ने, अरु त अरु गलत समाचार पढिने, सेयर गरिने पनि हुन्छ ।
Comments
Post a Comment