अघिल्लो महिना ट्विटरले प्रोफाइलको नयाँ डिजाइन सार्वजनिक गर्यो । नयाँ प्रयोगकर्ताहरु भित्र्याउन अनि टिकाउन नसकेको आरोप खेपिरहेको ट्विटरले, नयाँ प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर नयाँ डिजाइन सार्वजनिक गरेको हो। ट्विटरमा धेरै सुनिने गुनासो भनेको, कसैले फलो गर्दैनन्, फलोब्याक पनि दिँदैनन्, फलानोले फलोब्याक गरेन अनफलो गर्छु, फलानाले भाउ खोज्यो त्यसलाई ब्लक हान्छु ! गुनासो सबैको आ-आफ्नै ठाउँमा छ, तर पनि बुझ्नुपर्ने कुरा के हो भने, ट्विटर चलाउनु भनेको फलो गर्नेलाई फलोब्याक गर्नैपर्छ भन्ने होइन । ट्विटर चलाउनेहरु आ-आफ्नै रुची अनुसार ट्विटर चलाउने हुँदा, रुचीका विषयमा ट्विट गर्नेहरुलाई प्राय: ले फलो गर्छन् ।
खासगरी नयाँ प्रयोगकर्ताहरुलाई सुरुमा ट्विटरमा टिक्नको लागि आफ्नो साथी वा सर्कल बनाउनुपर्ने/खोज्नुपर्ने हुन्छ । नयाँ प्रयोगकर्ताहरुले सुरुमा आफ्नो रुचीको विषय ट्विट गर्ने, आफूलाई मन परेका थोरै व्यक्तिहरुलाई फलो गर्नुपर्छ र उनीहरुसँग कुराकानी थाल्नुपर्छ । कुराकानी गर्दैगएपछि, तपाईले पच्छ्याएकाले तपाईलाई फलोब्याक दिन्छन् (कुराकानी भन्नको मतलब प्रसंगमा रहेर गरिएका कुराकानी)। ट्विटर कसरी चलाउँदा रमाइलो हुन्छ भन्ने कुरा पहिले नै यहाँ लेखिसकेकोछु ।
ट्विटरमा तपाईलाई किन कसैले फलो गर्दैनन् भन्ने बारेमा आफूले अनुभव गरेका ५ कुराहरु लेखेको छु ।
१. अन्डा वा छद्म डिपी
ट्विटरमा कसैलाई पच्छ्याउनु पूर्व म उनीहरुको प्रोफाइल हेर्छु । प्रोफाइलमा अन्डाको चित्र छ भने, उनीहरुलाई पच्छ्याउने 'चान्स' अत्यन्तै न्युन भएर जान्छ । कुराकानी धेरै भइसकेको छ भने, कुराकानीबाटै व्यक्तित्व झल्किन्छ, त्यस्तो अवस्थामा छद्म डिपी भएकालाई फलो गर्ने सम्भावना हुन्छ । तर अधिकांश अवस्थामा 'फोटो'ले व्यक्तित्व झल्काउँछ, म यो व्यक्तिसँग कुरा गर्दैछु भन्ने थाहा भयो भने पनि फलो गर्ने सम्भावना हुन्छ । अन्यथा अन्डा वा छद्म डिपी भएकालाई कसैले पनि फलो गर्न रुचाउँदैनन् ।
२. बायो नहुनु
तपाईले प्रोफाइलमा आफ्नो अनुहार देखिने फोटो त राख्नुभएको छ तर नाम र बायो छैन भने, तपाईलाई अरुले फलो गर्ने सम्भावना अत्यन्तै न्युन हुन्छ ।
फोटो र बायो दुबैले कसैको व्यक्तित्वबारे प्रस्ट भइँदैन भने, उक्त व्यक्तिहरुलाई फलो नगर्ने सम्भावना बढि हुन्छ । आफूले भेटेको, चिनेको छ भने बायो अनि नाम नै नभएपनि फलो गर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
तपाई के गर्नुहुन्छ, तपाईको रुची के हो, कस्ता किसिमका ट्विटहरु गर्नुहुन्छ भन्ने कुराहरु वायोमा लेखिएको खन्डमा तपाईजस्तै रुची भएका, तपाईलाई फलो गर्न चाहने जो कोहीलाई तपाईको व्यक्तित्वबारे थाहा हुन्छ र चाँडै फलो गर्ने सम्भावना रहन्छ ।
स्टार्टअप, टेक्नोलोजी, आन्टरप्रेनरसिप, नेपाल आदिको बारेमा ट्विट गर्नेलाई प्राय: मैले पच्छ्याउने गर्छु । फोटो, नाम र वायो अनि केही ट्विटहरु नै 'फलो' गर्नको लागि काफी छ ।
३. फलोइङ रेसियो
फलोअरस् भन्दा धेरै फलोइङ हुँदा पनि, फलो नगर्ने सम्भावना हुन्छ । यस्ता प्रोफाइलहरु मलाई फेक वा स्पाम एकाउन्टहरु हुन् जस्तो लाग्छ, अर्को कुरा यस्ता प्रोफाइलहरुको बायो पनि अपुरो रहेकोहुन्छ ।
यसैले पनि नयाँ प्रयोगकर्ताहरुले सुरुमा थोरैलाई मात्र फलो गर्नुपर्छ, सानो सर्कलबाट कुराकानी सुरु गर्दै नेटवर्क ठूलो बनाउँदै जानुपर्छ । अर्को कुरा, यस्ता ट्विटर एकाउन्ट चलाउनेहरु ट्विट चैँ पढ्छन् तर आफैँ ट्विट चैँ गर्दैनन् भनेर पनि बुझिन्छ, अनि ट्विट नै नगर्नेलाई किन फलो गर्नु?
४. टिमफलो ब्याक
बायोमा लेखिएको हुन्छ, "मलाई फलो गर्नुस्, म फलो ब्याक गर्छु" - टिमफलो ब्याक । यो देख्ने बित्तिकै यिनीहरु 'फलो र अनफलो' कै मात्र हिसाब गरेर बस्छन्, र ट्विटमा 'भ्यालु' दिँदैनन् भनेजस्तो लाग्छ । यस्तो टिमफलोब्याकलाई फलोअरको गन्ति गर्ने बाहेक अरुले फलो गर्न रुचाउँदैनन् ।
५. अटो ट्विट
फेसबुक र इन्स्टाग्रामा पोस्ट गरिएको फोटोको लिंकहरु अटोमेटिक ट्विट गर्ने, दिनहुँ यतिले फलो र अनफलो गर्यो भन्ने किसिमको अटो ट्विट गर्ने ट्विटर एकाउन्टहरुलाई पनि प्राय: फलो गर्न रुचाउँदैनन् । फलो गरिएको छ भनेपनि अनफलो गरिन्छ ।
अन्त्यमा,

This is why people unfollow you on Twitter? pic.twitter.com/5xv4tTZSro
— Aakar (@aakarpost) January 20, 2014
अन्त्यमा,
If you're following someone on Twitter, just thinking he or she will follow you back. Stop! You're doing it wrong. #socialmedia 1
— Aakar (@aakarpost) May 2, 2014
Engage in meaningful conversation instead! They'll follow you back one day. #socialmedia 2
— Aakar (@aakarpost) May 2, 2014
ट्वीटरमा बरिष्ठ/कनिष्ठ को कित्ता छुट्टयाउने, अर्थपूर्ण बहसमा भाग नलिने, आफ्नो कुनै बिचार नै नभएका, फलो/अनफलोमा रुवाबासी आदि इत्यादि.. गर्ने हाम्रा नेपाली प्रयोगकर्ताहरुले माथीको लेखको सार बुझिदिए धेरै सहज हुनेथियो !
ReplyDeleteमेरो पनि त्यही कुरा बुझाउने प्रयाश हो ।
ReplyDeleteमलाई त खत्रा लाग्यो ।
ReplyDeleteSpecially we only engage with our interest on twitter, that's the way we going to be more interactive, when using twitter... no matter how many following and followers, if you have good concentration on your twitter post i am pretty sure they will follow you back someday. Another thing is, we can buy twitter followers in the today's market in very cheaper price (in fact, that doesn't make sense to me)
ReplyDeleteI am not following you, but i know about tweets #It_matters !
change facebook page name http://blastsoftwares.blogspot.com/2014/03/facebook-page-name-changer-2014.html
ReplyDelete