म जहिले सोच्थेँ, सगरमाथा बेसक्याम्प कस्तो छ, खुम्बु आइसफल कहाँ छ, हिलारी स्टेप कस्तो देखिन्छ आदि इत्यादि । फोटो र चलचित्रमा धेरै पटक सगरमाथा हेरियो तर सगरमाथाको खासै भेउ पाउन सकिएको थिएन ।
अप्रिल तेस्रो साता खुम्बुमा हिमपहिरो गएसँगै 'डिस्कभरी'ले केही हप्ता पहिले 'एभरेष्ट अभलान्चे ट्याजिडी' साइट सार्वजनिक गरेकोछ, जसबाट घरै बसेर सगरमाथा चढेको अनुभव (थ्रिडी अनुभव) गर्न सकिन्छ। सगरमाथा बेसक्याम्पबाट सुरु हुने ट्रेक, खुम्बु आइसफल, हिलारी स्टेप हुँदै सगरमाथाको टुप्पामा पुगेर टुंगिन्छ । सगरमाथाको टुप्पाबाट हिमालहरुको दृश्यावलोकन पनि मज्जाले गर्न सकिन्छ, सायद यसै कारण पनि होला, सबैजना सगरमाथा चढ्न मरिहत्ते गरेका ।
साइटमा, खुम्बुमा गएको हिमपहिरोको पनि वर्णन गरिएकोछ, ब्याकग्राउन्डमा मान्छेहरु बोलेको, अनि हिमालको चिसो स्याँठको आवाजको अनुभव गर्नसकिन्छ, ट्रेकभरि नै । साइटको वाँया भागमा उचाइको जानकारी देखिन्छ, बाटोलाई रातो धर्सोले देखाइएको छ । बेसक्याम्प देखि टुप्पासम्मको यात्रा कठिन रहेछ भन्नेकुरा डिस्कभरीको थ्रिडी ट्रेक गरेपछि अनुभव भयो ।
यहाँबाट कम्प्युटरबाटै सगरमाथा चढेको अनुभव बटुल्नुहोस् । बाँकी फोटोहरु यता छन् । तपाईको सगरमाथाको यात्रा कस्तो रह्यो?

खुम्बुमा गएको हिमपहिरो |
यहाँबाट कम्प्युटरबाटै सगरमाथा चढेको अनुभव बटुल्नुहोस् । बाँकी फोटोहरु यता छन् । तपाईको सगरमाथाको यात्रा कस्तो रह्यो?
Comments
Post a Comment