सोसल नेटवर्किङ साइट फेसबुकले, ४५० मिलियन प्रयोगकर्ता भएको मोबाइल च्याट एप (कम्पनी) "ह्वाट्सएप" १६ बिलियन डलरमा किन्ने घोषणा गरेकोछ । फेसबुकव्दारा जारि विज्ञप्ति अनुसार फेसबुकले व्हाट्सएपलाई ४ बिलियन डलर 'क्यास' र १२ बिलियन डलर बराबरको फेसबुक सेयर दिनेछ। यसबाहेक फेसबुकले ३ बिलियन डलर आगामी ४ वर्षमा व्हाट्सएपका संस्थापक र कर्मचारीहरुलाई फेसबुक स्टकको रुपमा दिनेछ ।
@aakarpost १९ बिलीयन डलर भन्या १९ खर्ब नेपाली रूपैया, लगभग नेपालको ४ बर्षको बजेट ;)
— Akur Rimal (@fluctuating) February 20, 2014
विगत केही समययता भएका खरिदहरु मध्ये फेसबुक र व्हाट्सएपको डिल सबैभन्दा ठूलो हो । ट्विटरमा हामीले गुगल, फेसबुक, माइक्रोसफ्ट, याहु आदिले खरिद गरेको कम्पनीहरुबारे यसरी यसलाई हिसाब गरेका थियौँ ।
१ ह्वाट्सएप = २ स्काइप = ६ नेस्ट = १८ टम्लर = १९ इन्स्टाग्राम = २१ भाइबर = १९ बिलियन डलर
MT @ishwari: 1 WhatsApp = 2 Skype = 21 Viber = 19 Instagram = 6 Nest = 19 Billion.
— Aakar Anil (@aakarpost) February 19, 2014
फेसबुकले इन्स्टाग्राम जस्तै व्हाट्सएपलाई पनि ह्वाट्सएपकै ब्रान्डमा राख्ने बताएकोछ । एउटा रमाइलो कुरा के भने, सन् २००९ मा व्हाट्सएपका सहसंस्थापक ब्रायनले फेसबुकमा जागिर नपाएका रहेछन्, तर आजकै उनकै कम्पनी फेसबुकले १९ बिलियन डलरमा खरिद गरेकोछ ।
केही गरि यो खरिद सम्झौता, विविध कारणहरुले पास नभएमा फेसबुकले १ बिलियन डलर क्यास र १ बिलियन डलर बराबरको फेसबुक सेयर हर्जना स्वरुप व्हाट्सएपलाई तिर्नुपर्नेछ ।
ह्वाट्सएप जस्तै एप "भाइबर" गतहप्ता मात्रै जापनिज कम्पनीले ९०० मिलियन डलरमा खरिद गरेको थियो । यस हिसाबले हेर्दा "व्हाट्सएप" निकै भाग्यमानी मान्नुपर्छ । फेसबुकले २०१२ मा सबैलाई चकित पार्दै इन्स्टाग्राम १ बिलियनमा खरिद गरेकोथियो, अहिलेको १९ बिलियन डलरको खरिद सम्झौताले त झन् तहल्कै पिटेकोछ । केही समयपहिले स्न्यापच्याटले फेसबुकको ३ बिलियन डलरको अफर अस्विकार गरेको थियो ।
बाँकी कुराहरुलाई मैले तलको स्टोरीफाइमा समेट्ने प्रयास गरेकोछु ।
तस्विर: टेकक्रन्च
Comments
Post a Comment