इन्द्र दह नाम सुन्दा, एउटा सुन्दर पोखरीको कल्पना गरेको थिँए । डाँडाको माथि जंगलमा छ भनेपछि, दहको कल्पना झनै सुन्दर बनेको थियो । जंगलको बिचमा पोखरी, रङ्गी बिरङ्गी माछाहरु, मन्दिरहरु आदि आदि ।
हिँड्न भनेपछि रमाईलो लाग्छ, केही हप्ता पहिले मात्रै पनि घान्द्रुक सम्म पुगेर आइयो । अस्तिको शनिबार इन्द्र दह हाइकिङ जाने प्लान बनेको थियो, केहि दिन अघि मात्रै । काठमाडौँको भिडभाड, अझ भनौँ पछिल्लो समय बढेको धुँवा धुलोबाट केही छिनको लागि भने पनि प्रत्यक्ष राहत मिल्ने, हाइकिङ जाने प्लान अन्तर्गत साँढे सात बजे कलंकी चोक पुगियो । तर सबै साथीहरु जम्मा हुन करिब १ घन्टा नै लाग्यो, बिहान कलंकीको पुल छेवैको चियापसलमा चिया पिउँदै बिताइयो ।
दिउँसो डाँडाको माथि पुगियो, बलम्बुको रिन्छेन गुम्बा, तोरीबारीहरु, चियापसल र जंगल हुँदै । माथि पुग्दा हाम्रा @kakabaa का साथीले खानेकुराको बन्दोबस्त गरिसक्नुभएको रहेछ -- लोकल कुखुरा । पुग्ने बित्तिकै खाजा अनि दह घुमेर आएपछि खाना खाने सहमति भयो तर खाजा नै यति धेरै खाइयो कि खाना बल्लतल्ल सकाइयो । सँधै हाइकिङ गइरहने हामीलाई, यो पटक पिकनिक गएझैँ रमाईलो भयो ।
नेपाल एकिकरण अभियानका एक महत्वपूर्ण व्यक्ति काजी कालु पाँडेलाई इन्द्रदह नजिकै समाधिस्थ गरिएको रहेछ । पुष २७, एकता दिवसको दिन कालु पाँडेको समाधिस्थलमा पुग्नु संयोग पनि हुनगयो, हाइकेहरुको परिचयात्मक कार्यक्रम पनि त्यहीँ गरियो । सँगै मनकामना मन्दिर पनि रहेछ । समाधिस्थल र मन्दिर घुमेर, इन्द्रदह तिर लागियो तर दहमा पानी रहेनछ । सायद वर्षायाममा मात्र पानी हुँदो हो ।

Awesome collection Aakarpost :-)
ReplyDelete