Skip to main content

गुगल ट्रान्सलेटमा अब नेपाली पनि - ट्रान्सलेसनका गल्ति सच्याएर नेपाली भाषा राम्रो बनाउन सहयोग गरौँ

ईन्टरनेटमा नेपाली भाषाको लागि यो हप्ता विशेष रह्यो । रोमनाइज्ड नेपाली युनिकोडमा आधारित एन्ड्रोइड एप 'हाम्रो नेपाली किबोर्ड' यसैहप्ता गुगल प्लेस्टोरमा सार्वजनिक भयो भने गुगलले आफ्नो ट्रान्सलेसन टुलमा नेपाली भाषा समावेश गर्यो।
Read --> Best Nepali Keyboard for Android - Hamro Keyboard
गुगल ट्रान्सलेसन टुलमा नेपाली भाषा समावेश भएसँगै, हामी विश्वका विभिन्न ८० वटा भाषासँग ईन्टरनेटको माध्यमबाट जोडिन पुगेकाछौँ ।  यो पटक नेपाली, पञ्जावी, मंगोलियन आदि नौ भाषालाई ट्रान्सलेसन टुलमा समावेश गरिएको, गुगलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । अब नेपाली भाषामा लेखिएको साइटहरुलाई गुगलले 'हिन्दी' को 'सट्टा' नेपाली उल्लेख गर्नेछ । साथै अब इन्टरनेटमा देखिने अधिकांश कुराहरु पनि नेपाली भाषामा पढ्न सकिनेछ भने नेपाली भाषामा लेखिएका कुराहरु पनि अन्य भाषा बोल्ने/लेख्नेहरुले उनीहरुको आफ्नै भाषामा पढ्न पाउनेछन् । जस्तो, अब नेपालीले 'चिनिया' भाषामा लेखिएको कुराहरु नेपालीमा पढ्न सक्छन्, अनि नेपालीमा लेखिएका कुराहरु 'चिनिया'हरुले आफ्नै भाषामा पढ्नसक्छन्।


गुगल नेपाली ट्रान्सलेट पर्फेक्ट छ त?

गुगल डेभ्लपर ग्रुप काठमाडौँ लगायत अन्य साथिहरुको लगातारको प्रयास पछि गुगल ट्रान्सलेटमा नेपाली भाषा त आइपुगेको छ । तर अझ यसमा धेरै गल्तिहरुछन्, गुगल नेपाली ट्रान्सलेट पर्फेक्ट छैन । अब यसलाई सुधार्ने जिम्मा हामी सबै नेपाली भाषालाई मन पराउने व्यक्तिहरुको हो ।

गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरेको सम्बन्धमा मैले गुगलका नेपालस्थित 'कन्ट्रि इन्जिनियरिङ कन्सल्टेन्ट' सरोज ढकाललाई सम्पर्क गरेको थिँए ।  जवाफमा गुगल दक्षिण एसियाकी कम्युनिकेशन हेड मिरियम बुब्लिलले "भर्खरै गुगल ट्रान्सलेटमा नेपाली समावेश गरिएकोले यसबारे धेरै भन्नुपर्ने कुरा केही नरहेको" बताइन् । साथै, गुगलमा नेपाली ट्रान्सलेट पर्फेक्ट छैन भन्ने मेरो जिज्ञासामा, "गुगल ट्रान्सलेटमा समय सँगै सुधार हुँदै जाने" जानकारी मिरियमले दिइन् । गुगल ट्रान्सलेटले कसरी काम गर्छ यहाँ गएर पढ्न सकिन्छ

गुगल ट्रान्सलेटमा नेपाली भाषा सुधार गर्न कसरी सहयोग गर्ने?

गुगल ट्रान्सलेटमा नेपाली भाषा सुधार गर्न हजारौँ भोलुन्टियरहरु आवश्यक छन् । हामी आफैँले नै नेपाली भाषा सुधार गर्नसक्छौँ, गुगल ट्रान्सलेटलाई सल्लाह दिनसक्छौँ । गुगल ट्रान्सलेटमा भोलिन्टियर बन्न इच्छुकहरुले यहाँबाट भोलिन्टियरको लागि साइन अप पनि गर्नसक्नुहुन्छ ।

त्यसबाहेक गुगल ट्रान्सलेट गर्दा गलत अर्थ लाग्ने शब्दहरु भेटियो, ट्रान्सलेसन मिलेन भने त्यहीँबाट पनि सही शब्द आफूले दिएर गुगल ट्रान्सलेटलाई सुधार गर्न सकिन्छ । आज दिउँसो ट्विटरमा केही रमाइला ट्रान्सलेसनहरु देखियो जुन रमाइला त थिए तर गलत अर्थ दिइरहेकाथिए ।
जस्तो कि, 'we are Gorkhali' भन्दा गुगल ट्रान्सलेटले 'हामी फिलिपिन्सबाट हो' भन्ने ट्रान्सलेसन देखायो, जुन आफैँमा गलत छ । त्यसलाई मैले दायाँछेउमा रहेको 'रेट ट्रान्सलेसन'मा 'क्लिक' गरेर, ट्रान्सलेसन गलत भयो भन्दै गुगललाई रिपोर्ट गरेँ अनि सही शब्द के हुन्छ भनेर गुगललाई सल्लाह पनि दिँए ।

त्यसो त गुगलले नेपालीलाई अंग्रेजी र अंग्रेजीलाई नेपालीमा रुपान्तरण गर्न सहयोग पनि मागिरहेकोछ । यहाँबाट पनि आफ्नो भाषालाई राम्रो बनाउन गुगललाई सुझाव दिन सकिन्छ ।

Comments

  1. thanks to google as well you too aakar bro for perfect blogging . आकार ब्रो एउटा कुरा सोध्न मन लागि हाल्यो यहि बेलामा - यो गुगल इन्पुट टूल बाट टाईप गर्दा अरु त सबै भेटियो तर हाम्रो नेपालीको फुलस्टप(पूर्णविराम) चै भेटिन हउ मैले.... अहिले सम्म काम चलाउको लागि यो ठाडो धर्सो " | " प्रयोग गरि रहेको छु | ठ्याक्कै मिल्ने चै भेटिन्न ? थाहा भएमा यसो जानकारी गराउन नु है

    ReplyDelete
  2. धन्यवाद ।

    गुगल इनपुट टुलको बारेमा खासै धेरै जानकारी छैन । तर कम्प्युटरको लागि हो भने रोमन युनिकोड टुल राख्दा हुन्छ, त्यसमा सबै कुरा पर्फेक्ट छ । --> http://www.aakarpost.com/2007/12/romanized-unicode.html

    अनि एन्ड्रोइड फोन हो भने, हाम्रो किबोर्ड राख्नुहोला । पूर्णविराम लगायतमा समस्या छैन । --> http://tech.aakarpost.com/2013/12/best-nepali-keyboard-for-android-hamro-keyboard.html

    ReplyDelete
  3. Mashable is now a shape, because of link popularity with
    backlinks !!

    You can Get
    instant Backlinks
    at social
    bookmarking site
    of http://www.mspidy.com

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

My First Post on Blog

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

SLC Result 2070 Published [Download the Results]

The result of the SLC (School Leaving Certificate) examinations 2070/2071 that was held last year has been published today on Friday Evening. According to the Office of the Controller of Examinations, Sanothimi 43.92% students have passed the SLC examination. Altogether 566,085 students had appeared in the exam. You can download the SLC Result of 2070 in .pdf format from here: 1) SLC Result 2070 Regular.pdf 2) SLC Result 2070 Exempted.pdf How to check SLC Result? # Download/Click above Files/Links # Open File and Press Ctrl+F # Box will appear, Insert your symbol number and Search Files To view the results with the marks (mark sheet), you can visit following sites: www.moe.gov.np www.doe.gov.np www.soce.gov.np slc.edusanjal.com slc.ntc.net.np Disclaimer! The record of the Office of the Controller of the examination will be official.

Subscribe to Aakar Post