अनलाइनमा केही दिन यता अमेजनको ड्रोन, गुगलको रोबट र आकाशिएको बिटकोइनको मुल्यको चर्चा छ । यस ब्लगमा यो हप्ता इन्टरनेटमा चर्चित रहेका यिनै विषय तथा केही रमाइला/उडन्ते ट्विटहरु राखेकोछु ।तल राखिएका ट्विटहरुलाई मनोरञ्जनको रुपमा मात्र लिइयोस् भन्ने मेरो आग्रह छ ।
१.
अमेजनले ड्रोनबाट प्याकेज डेलिभरी गर्ने सिस्टमको परिक्षण गरिरहेको कुरा यो हप्ता सार्वजनिक भएकोछ। अमेजनका सिइओ जेफ बेजोजले ६० मिनेट नामक एक टेलिभिजन कार्यक्रम मार्फत 'अमेजन प्राइम एयर'को खुलासा गरेका हुन् । बेजोजका अनुसार परिक्षणमा रहेको यो प्रविधी २०१५ देखि अमेरिकाको केही शहरहरुमा सुरु हुनेछन् । साइन्स फिक्सन् जस्तो लाग्ने यी कुराहरु अव वास्तविकतामा परिणत हुँदैछन् ।
तपाई अमेरिकी शहरमा हुनुहुन्छ भने २०१५ को आगमन सँगै तपाईले अमेजनमा किनेका प्याकेजहरु कुनै व्यक्तिको सट्टा हवाईमार्ग मार्फत एमेजनका ड्रोनहरुले तपाईको घरसम्म ल्याइपुर्याइदिनेछन् । यसका माध्यमबाट प्याकेजहरु समयमै र छिटो 'डेलिभरी' गर्न सकिने जेफ बेजोजको विश्वास छ । अधिक जानकारीको लागि तलको यो अमेजन एयर प्राइम भिडियो हेर्नुहोस् ।
२.
अमेजनले ड्रोनको कुरा निकालिरहँदा गुगल एक्सल्याब मार्फत गुगलग्लास, ड्राइभरविहिन कार, बलुन इन्टरनेट आदि विभिन्न प्रविधिमा काम गरिरहेको गुगलको रोबटको पनि चर्चा चुलिएकोछ । न्युयोर्क टाइम्सका अनुसार एन्ड्रोइडका संस्थापक एन्डी रुविन, गुगलको रोबट निर्माणको नेतृत्व गरिरहेकाछन् ।
यही 'मुनसट' प्रोजेक्टका लागि गुगलले आधा दर्जनभन्दा धेरै स्टार्टअपहरु 'एक्वायर' पनि गरिसकेकोबाट गुगल रोबोटिक्सको मामलामा 'सिरियस' छ भन्ने देखिएकोछ । गुगलको रोबटहरु प्रयोगमा आएपछि अहिलेका धेरै कामहरु अटोमेटेड हुनेछन्, काम रोबटले गर्नेछन् ।
३.
हामीले अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको मूल्य घटेको कुरा गरिरहँदा अनलाइनमा भने 'बिटकोइन' (Bitcoin) को चर्चा चुलिएकोछ । भर्चुअल मुद्राको रुपमा चर्चा कमाइरहेको बिटकोइनको मूल्य केही दिन अघि १ हजार डलर नाघेकोछ । बिटकोइन भर्चुअल मुद्रा हो, जसको उत्पादन इन्टरनेटमा हुन्छ र इन्टरनेटबाटै खर्च गर्न सकिन्छ । यसका अलावा हिजोआज विभिन्न होटल, रेष्टुरेन्ट, कफी सप आदिले पनि 'बिटकोइन'मा आफ्ना सेवा तथा उत्पादन किनबेच गर्न थालेकाछन् । बिटकोइनबारे जान्नको लागि तलको भिडियो हेर्नुहोला ।
तस्विर: अमेजन, न्युयोर्क टाइम्स

ईन्टरनेटमा हामीलाई अपत्यारिलो लाग्ने कुराहरुको चर्चा हुँदा र यी अपत्यारिलो लाग्ने कुराहरु वास्तविकतामा परिणत हुने तरखर गरिरहँदा अबको १० वर्ष पछिको समय कस्तो हुन्छहोला भनेर अनुमान गर्न सहज छैन । ड्राइभरविनाका कारहरु सडकमा देखिनेछन्, आँखामा गुगल ग्लास, हातमा स्मार्टवाच हुनेछन्, अमेजनका ड्रोनहरुले सामाग्री ढुवानी गर्नेछन् । 'वेयरेबल कम्प्युटिङ'को विकास हुँदै गइरहेको सन्दर्भमा भोलिका दिनमा हाम्रो मोबाइल यही रुपमा रहला भन्न कठिन छ ।
त्यसो त हामी खरिदविक्रीको लागि 'बिटकोइन' या 'बिटकोइन' जस्तै अन्य कुनै प्रविधिको प्रयोग गर्छौँ होला । अहिलेका म्यानुफ्याक्चरिङ कम्पनीहरु थ्रिडि डिजाइन सपमा परिवर्तन हुनेछन् । हामी कुनै सामाग्री भन्दा पनि थ्रिडी डिजाइनहरु किन्नेछौँ र त्यसलाई थ्रिडि प्रिन्ट गरेर आफ्नो काममा प्रयोग गर्नेछौँ । हुन त थ्रिडि प्रिन्ट र अमेजनका ड्रोनहरु आफैँमा अलिक अमिल्दा कुराहरु देखिन्छन् तर कहिँ न कहिँ, कुनै बेला यिनै कुराहरु संसारमा हुनेछन् । ती कुराहरु आफ्नै आखाँले सायद देख्न पाइएला र प्रयोग गर्न पनि पाइएला ।हिजो यस्तै ड्रोनहरुका बारेमा केही उडन्ते ट्विटहरु गरियो, र केही साथीहरु सँग वार्तालाप पनि गरियो । सायद कुनै दिन हामीले यस्ता खबरहरु सुन्नेछौँ र यस्ता समस्याबाट गुज्रने छौँ होला। अहिलेको लागि यी ट्विटहरु हेर्नुहोस् ।
Comments
Post a Comment