ट्विटर, फेसबुक, इन्स्टाग्राम, गुगल प्लस आदि चलाउनेहरुका लागि यो सिम्बोल " # " नयाँ होइन। पहिले नम्बर/पाउन्ड सिम्बोल भनेर चिनिने # लाई ट्विटरमा प्रयोग गर्न थालेसँगै ह्यासट्याग भन्ने गरियो । ट्विटरमा एउटै विषयमा कुरा गर्दा # सिम्बोल सँगै उक्त विषय/शब्द लेखौँ भनेर गरिएको ट्विटबाट ट्विटर ह्यासट्यागको थालनी भएको थियो ।
how do you feel about using # (pound) for groups. As in #barcamp [msg]?
— Chris Messina™ (@chrismessina) August 23, 2007
ट्विटरमा ह्यासट्यागको सुरुवात सन् २००७ मा भएपनि, यसको व्यापक प्रयोग हुन भने केही समय लागेको थियो। ट्विटरको ह्यासट्यागको शैलीलाई इन्स्टाग्राम, गुगलप्लस, फेसबुक आदिले पनि अनुसरण गरिसकेकाछन् । ट्विटरमा चलाइने 'क्याम्पेन', 'ट्विट च्याट' आदिमा ह्यासट्यागको विशेष महत्व रहन्छ । जनमत बुझ्नका लागि पनि ह्यासट्याग महत्वपूर्ण माध्यम हो । जस्तोकि अबको दुई हप्तामा नेपालमा हुन गइरहेको संविधान निर्वाचनका सन्दर्भमा गरिएका अधिकांश ट्विटहरुमा #NepalVotes का साथै #NepVote आदि ह्यासट्यागहरु प्रयोग गरिएकोछ। यी दूई ह्यासट्याग फलो गरिएको खण्डमा निर्वाचन सम्बन्धि भइरहेका विविध कुराहरु थाहा पाउन सकिन्छ ।
हप्ता दिन अघि मात्रै पनि #SundayMorningLoveYou ह्यासट्याग राखेर धेरै ट्विटहरु गरिएको थियो । फलो फ्राइडे #FF पनि ह्यासट्यागको गतिलो उदाहरण हुनसक्छ । पपुलर भएका ह्यासट्यागहरु ट्विटरको ट्रेन्डिङ टपिक नि बन्न सक्छन् । ह्यासट्यागबारे अझ धेरै जानकारी लिन ट्विटरको सपोर्टपेज (Using hashtags on Twitter) हेर्न सक्नुहुन्छ ।
हामी ट्विटरमा ह्यासट्याग आउनुभन्दा पहिले # लाई विभिन्न रुपमा चिन्ने गर्थ्यौँ तर अब # लाई जहाँ देखेपनि हामी हत्तपत्त ह्यासट्याग नै भन्नेगर्छौँ ।पत्यार लाग्दैन भने, २० पिक्सेल को ह्यासट्याग सम्बन्धि तलको रमाइलो कार्टुन हेर्नुस् ।;)